धनुषा ४ मा त्रिपक्षीय प्रतिष्पर्धा : जोगिएला त महासेठको विरासत ?

4 वर्ष पहिले प्रकाशित

Smrititimes

स्थानीय निर्वाचनको मत परिणामले हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवार कांग्रेसका महेन्द्र यादवको अवस्था बलियो देखिएको छ।

धनुषा- धनुषा निर्वाच क्षेत्र नं. ४ प्रतिनिधि सभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवारहरु पुन ः चुनावी मैदानमा उत्रिनु भएको छ।
सत्ता गठन्धन काँग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादव बीच नै यस पटक पनि त्रिपक्षीय भिडन्त देखिएको छ ।

हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतो सहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् तर मुख्य प्रतिष्पर्धा काँग्रेस, एमाले र जसपाका उम्मेदवार बीच नै हुने देखिएको छ ।

धनुषा निर्वाच क्षेत्र नं. ४ बाट तीन पटक चुनाव जिति सकेका नेकपा एमालेका सचिव रघुबीर महासेठलाई यस पटक बिरासत जोगाउन सजिलो देखिदैन।

एमाले र जसपा बीच गठबन्धन भएपनि दुबै दलको आ-आफ्नै उम्मेदवारहरु छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार भएकोले बलियो देखिन्छ।

२०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो । तत्कालिन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको थियो।

महासेठ र महाजन दुबैले अघिल्लो चुनावका सहयात्री गुमाइ सक्नुभएको छ। त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुबै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ।

त्यसैगरी एमाले र जसपा बीच चुनावी गठबन्धन भएपनि दुबैको आ-आफ्नै उम्मेदवार भएपछि सत्तागठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

एमाले र जसपा बीच गठबन्धन भएपनि दुबै दलको आ-आफ्नै उम्मेदवारहरु छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार भएकोले बलियो देखिन्छ।

एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ।
जबकी एमाले र जसपाका सहमती अनुसार धनुषा-४ को प्रतिनिधिसभासँगै प्रदेश सभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । एमाले सचिव महासेठ भन्नुहुन्छ, ‘पहिले सहमति भयो, तर जसपामा विद्रोहको कुरा उठ्यो । जसपाका साथीहरुले हाम्रो पार्टीमा विद्रोह हुने भयो भनेपछि हामीले ठीकै छ । दुईमा मित्रवत प्रतिस्पर्धा हुँदैछ भने अर्कोमा पनि होस् भन्यौं ।’
जसपा, धनुषाका अध्यक्ष पशुपति यादवले दुबैले छाड्न नसक्ने भएपछि तालमेल हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘एमालेले रघुवीरजीलाई छाड्न नसक्ने, हामीले महादेवजीलाई छाड्न नसक्ने भयो । त्यसैले मित्रवत प्रतिस्पर्धा गर्ने भयौं ।’
अर्को तर्फ नेकपा एसका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा ख बाट टिकेट दिने एमालेमा प्रवेश गराएका थिए तर उनलाई टिकट नदिएपछि उहाँको समर्थकहरु बिच्चकिएका छन्।

तर सत्ता गठबन्धन प्यानल सहित एका तिर छ । सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुधन महतो उम्मेदावर छन् । वन उद्यागेग पर्यटन प्रदेश मन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुनुहुन्छ।

त्यसैगरी चुनावको मुखमा केहि स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रवल छ । जसपाले टिकट नदिएपछि विद्रोह गरेर काँग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायाण यादवको कारण जसपालाई ठूलो क्षति हुने र काँग्रेसलाई फाइदा पुग्ने विश्लेषण भइरहेको छ भने काँग्रेसलाई पनि यो क्षेत्रमा सन्तोष यादव एमालेमा प्रवेश गर्दा क्षति पुगेको छ । तर उनि निस्किँदा शेषनारायणको प्रवेशले त्यसको क्षतिपूर्ति गरेको काँग्रेसको बुझाइ छ ।
उत्ता एकीकृत समाजवादीका सोमप्रसाद शर्माको प्रवेश र सन्तोष यादवको प्रवेशले एमाले फाइदा पुगेको भएपनि शर्मालाई अन्तिम समयमा टिकट नदिएर हरिनारायण महतोलाई टिकट दिंदा शर्माको समर्थकहरु रुष्ट भएका छन् ।

तथापी चुनावमा विगत झै त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन भएपनि रघुवीर र महाजनका लागि भने महेन्द्र ठूलो चुनौती देखिन्छन्।

यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणामले हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवार कांग्रेसका महेन्द्र यादवको अवस्था बलियो देखिएको छ।

धनुषा क्षेत्र नं. ४ अन्तर्गत पर्ने पाँचवटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नरपालिकाको बहुसंख्यक वडा पनि जितेको छ ।

एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९,१३,१४,१९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ ।

यो क्षेत्रमा पर्ने ४२ वटामा पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा अलि कम बढी काँग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ । यधपी काँग्रेस पहिलो दलको रुपमा छ । थोरै मात्र मतले एमाले दोश्रोमा छ । काँग्रेसले २६ हजार १५९ र एमालेले २४ हजार ३९४ मत पाएको छ । तेश्रोमा जसपाले ८ हजार ३८८, चौथोमा एकीकृत समाजवादीले ८ हजार १६४ र क्रमशः माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १९५० मत पाएको चुनावी तथ्यांक छ । गत स्थानीय चुनावी मतको आधारमा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र अन्य भन्दा शक्तिाशाली देखिन्छन् । काँग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार ९९२ मत सत्ता गठबन्धनसंग रहेको हिसाब छ । एमाले र जसपाको अलग अलग प्रतिस्पर्धाले चुनाव जित्न महेन्द्रलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ ।

सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार महेन्द्र यादवले स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउनुहुन्छ। “काँग्रेसले पाँच पालिका मध्ये साढे ४ वटा जितेको छ । एकलै ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष छ । गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो” उहाँले भन्नुभयो ।

महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभुती र विगतमा यस क्षेत्रबाट जितेका महासेठको व्यवहारले जनता असन्तुष्ट नभएको बताउनुभयो । उहाँले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरु गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गर्नुभयो । “जनता नजिकबाट मलाई चिन्छ्न् बुझ्छन् । म सानैदेखि दुख गरेर नेता भएको हुँ । जनसम्पर्क राम्रो छ । मेरो प्रतिस्पर्धी रघुवीर सामन्ती स्वभावका हुन् । राजनीतिलाई धन्धा बनाएका छन् । श्रीमान श्रीमती दुबै मन्त्री हुँदा राम्रो काम गर्न सकेनन् । जनतामा राम्रो छाप छैन । पञ्चायतकालमा हेमबहादुर मल्ल र शारदा मल्ला जस्तै श्रीमान श्रीमति नै पैसाको बलमा नेता बनेका छन् । नागरिकता मधेशको ठूलो समस्या छ । तर उनी विरुद्धमा छन्” पूर्व मन्त्री समेत रहेका उम्मेदवार महेन्द्रले भन्नुभयो, “जनताले रघुवीरको विकल्प चाहन्छन् । यस कारण जनताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु ।”

कांग्रेस उम्मेदवार महेन्द्रले जसपाका उम्मेदवार महाजन यादवलाई उम्मेदवार समेत मान्न तयार हुनुहुन्न। यादव समुदायको भोट काट्नको लागि एमाले उम्मेदवार महासेठले महाजनलाई डमी उम्मेदवारका रुपमा खडा गरेको उहाँको दाबी छ । तर यस क्षेत्रमा बलियो प्रभाव भएका जसपाका नेता शेषनारायण यादवलाई कांग्रेस प्रवेश गराएर प्रदेश सभा (क) को उम्मेदवार बनाएका महेन्द्र भन्नुहुन्छ, “महादेव डमी उम्मेदवार हो भनेर जनताले थाहा पाइसके, उनीहरुले मेरो भोट रोक्न सक्दैनन् ।”

तर रघुवीर महासेठले आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्रे, खोलाहरुमा पुल लगायतको विकास निर्माण गरको हुँदा जनताले फेरी पनि आफूलाई जिताउने दाबि गर्नुहुन्छ। “पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो । तर म निर्वाचित भएपछि छोटो समय मै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे । एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन । त्यसैले म प्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ” उहाँले भन्नुहुन्छ ।

स्थानीय तहमा पनि काँग्रेस भन्दा थोरै मत मात्र एमालेको कम आएको र सत्ता गठबन्धनका काँग्रेस तथा एकीकृत समाजवादीबाट ठूलो संख्यामा प्रभावशाली नेताको विद्रोह भएकोले आफू जित्ने दोश्रो आधार रहेको रघुवीरको दावी छ ।

यता, जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने को दावी गनुहुन्छ । उहाँले विगतमा रघुवीर र महेन्द्र सांसद मन्त्री हुँदा समेत जनभावना अनुसार काम र विकास गर्न नसकेकाले यसपटक आफूलाई जनताले रोज्ने बताउनुभयो । “रघुवीर र महेन्द्रलाई जनताले नजिकबाट चिनि सकेका छन् । पटक पटक सांसद मन्त्री हुँदा समेत जनअपेक्षा अनुसार काम गर्न सकेनन् । उनीहरुप्रति जनतामा वितृष्णा छ” महाजनले भन्नुभयो, “म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ । ममाथि जनताको ठूलो विश्वास र भरोसा छ । विगतमा झिनो मतले मात्र पराजित भए । यसपटक जनताले ठूलो मतान्तरले जिताउछ । म आशावादी छु ।”

साभार : शिरीष न्युज

12 comments
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

15 घन्टा पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

15 घन्टा पहिले

भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..

जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..

15 घन्टा पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

15 घन्टा पहिले

सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..

जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..

21 घन्टा पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

1 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

7 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

28 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

28 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..