जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

7 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार ५ गते ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घोषणा गरिएको छ । सो पालिकाका उपप्रमुख कमला सहगलको प्रमुख आतिथ्यमा वडा नं. ४ खजुरीका २० तथा वडा नं. ३ प्रखे महुवाका ३५ घरलाई सो घोषणा गर्दै अवउपरान्त ती घरहरुमा सरसफाईका सबै सूचक देखिने प्रतिबद्धता समेत जाहेर गरिएको छ । पुर्ण सफा र स्वच्छ घोषणा भएका घरहरुमा सरसफाईमा सहुलियत हुने उद्देश्यले जनहि प्लाष्टिकको बाल्टिन, विर्को, मग,शौचालय सफा गर्ने ब्रस दुई थान, साबुन ४ थान, शौचालयमा प्रयोग गर्ने चप्पल एक था, हार्फिक २ थान लगायतका सामानहरु समेत वितरण गरिएको कार्यक्रम अधिकृत बन्दना यादवले जानकारी दिनुभयो ।

वडा न.. ३ वडाध्यक्ष तथा वडास्तरिय खानेपानी ,सरसफाई स्वच्छता समन्वय समितिका संयोजक विशुनदेव साह बानियाको अध्यक्षतामा भएको सो घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख कमला सहगलले सामाजिक विकास र अनुसन्धान केन्द्रले आमा समुहका सदस्यहरुलाई सरसफाईका लागि महिनौ देखि दिएको तालिमको मुर्त रुप हेर्नमा आएको भन्दै यसलाई निरन्तर राख्न सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष मन्जु यादवले सरसफाईले घर परिवारका सदस्यहरुमा रोग नलाग्नुका साथै यो सभ्याताको सूचक समेत रहेकाले बाँकी रहेका घरधुरीहरुलाई समेत पुर्ण सरसफाईका लागि बाँकी रहेका कामहरु गर्न आग्रह गर्नुभयो ।

प्लान इन्टरनेसन नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा जनकनन्दिनी गाउँपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशत्तल वालिका परियोजना अन्तरगत सरसफाईका क्षेत्रमा समेत विगत ८ महिना देखि आमा समुहको सक्रियतामा ति वडाहरुमा सरसफाईका क्षेत्रमा समेत काम भई उक्त घोषणा गरिएको परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । ती वडाहरुमा रहेको आमा समुहका सदस्यहरुका घरमा सरसफाईका लागि स्टिकर टाँस गरी महिनौ लगाएर उनिहरुलाई पुर्ण सरसफाईका बारेमा जानकारी दिई ६ वटा सूचक जस्तै शौचालयको प्रयोग, स्वच्छ खाना, महिनाबारीको बारेमा विस्तृत जानकारी,खानेपानी सुद्धिकरण, घर आँगन सरसफाई लागयतका सूचक समम पुग्न टोलस्तरमा समन्वय समिति गठन गरि ति सुचकका बारेमा जानकारी गराएको श्रेष्टले जानकारी दिनुभयो ।

आमा समुहमा रहेका सदस्यहरुलाई सुचकका बारेमा जानकारी दिई वासको स्टिकर सेमत घरमा टाँस गरेपछि टोलवाससिसिका सदस्यहरुले सिकेका कुरालाई व्यवहारमा लागु गरेको आधारमा वडास्तरमा अनुगमन गरी ९३ घर वडा नंं ३ र ९२ घर वडा नं. ४ मा कार्यक्रम संचालन भएपनि पुर्ण सरसफाई योग्य मा ५५ वटा घर रहेको आधारमा घोषणा गरेको उहाँले बताउनु भयो । पुर्ण सफा तथा स्वच्छ घोषणा भएका घरका महिलालाई वडास्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिको तर्फबाट प्रशंसा पत्र तथा सो काममा सक्रियता देखाएका वासच्याम्पियनहरुलाई समेत प्रशंसापत्र समेत वितरण गरिएको छ ।

वडा नं. ४ का अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा सो सामानहरु वितरण गरिएको छ । वडास्तरीय सरसफाईका लागि बाँकी रहेका घरहरुमा शौचालय नभएकाले यस प्रक्रियामा सहभागी नगराएको भन्दै कार्यक्रम संयोजक श्रेष्ठले सरसफाईका सबै सूचक लागु भएपछि अगामी आर्थिक वर्षमा समेत छुटेकाहरुलाई सामान तथा प्रशंसापत्र वितरण गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा केन्द्रका कोषाध्यक्ष रामबाबु साह, वडा सदस्यहरु, परियोजना अन्तरगत सो गाउँपालिकाका वडा नं. ३ का सामाजिक परिचालक अनुज कापड़, वास चेम्पियन, महिला स्वस्थ्य स्वयंसेविका लगायतका स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

12 comments
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..

24 घन्टा पहिले

सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..

24 घन्टा पहिले

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

1 दिन पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

6 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

7 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

8 दिन पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

6 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

8 दिन पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

9 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

17 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

23 दिन पहिले

अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..

जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..

1 महीना पहिले