जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
6 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसहित जनकपुरधाममा आज एक भव्य ‘जनकपुर वाक’ कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेश प्रहरी, मिथिला वारियर्स क्रिकेट टिम र परिक्रमा सामुदायिक सेवा केन्द्र जनकपुरधामको संयुक्त आयोजनामा आयोजना गरिएको वाक मार्च रामानन्द चौकदेखि जानकी मन्दिर हुँदै गंगासागर तटसम्म निकालिएको थियो।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाशंकर चतुर्वेदी, प्रदेश सांसद राम अशीष यादव, मिथिला वारियर्सका अध्यक्ष तथा छाला तथा सौन्दर्य विशेषज्ञ डा. प्रसन्न झा, र परिक्रमा सामुदायिक सेवा केन्द्रका संयोजक रणजीत राय लगायत समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सयौं स्थानीय नागरिक, सुरक्षाकर्मी, विद्यार्थी, महिला समूह, समाजसेवी र पत्रकारहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले जनकपुरबासीहरूमा सुरक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति जागरूकता बढाएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमको समापन गंगासागर तटमा आयोजित विशेष समारोहमार्फत गरिएको थियो। सो अवसरमा डा. प्रसन्न झा ले प्रहरीका जवान तथा अधिकृतहरूलाई स्वस्थ जीवनशैली र मानसिक सन्तुलनको महत्वबारे जानकारीमूलक सम्बोधन गर्नुहुँदै, “सशक्त शरीर र सकारात्मक सोच सुरक्षाकर्मीको मेरुदण्ड हो,” भन्ने सन्देश दिए।
त्यस्तै, डिआईजी चतुर्वेदी ले नागरिक समाज र सुरक्षाकर्मीबीचको सहकार्यले सामाजिक रूपान्तरणमा बलियो प्रभाव पार्ने बताउँदै, “यस्ता कार्यक्रमहरू समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्ने सेतु बन्न सक्छन्,” भन्ने धारणा राखे।
सांसद राम अशीष यादव ले कार्यक्रमको प्रशंसा गर्दै, “शान्ति, सद्भाव र सहिष्णुताका लागि प्रहरी र नागरिक समाजको संयुक्त पहलकदमी अत्यन्त प्रेरणादायी छ,” भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।
‘जनकपुर वाक’ ले न केवल स्वास्थ्य र सामाजिक चेतना फैलाउने काम गरेको छ, तर सुरक्षाकर्मी र नागरिकबीच सहकार्य र विश्वासको नयाँ उदाहरण पनि प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ।
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
24 घन्टा पहिले
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
24 घन्टा पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
1 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
6 दिन पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
7 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
8 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
6 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
8 दिन पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
9 दिन पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
17 दिन पहिले
प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..
जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..
23 दिन पहिले
अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..
जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..
1 महीना पहिले