धनौजीमा टोलविकास संस्था र नागरिक सहायता कक्ष संचालन हुने
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन ११ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा टोल विकास संस्था तथा नागरिक सहायता कक्ष स्थापना गर्ने विषयमा आइतबार कार्यबिधि तथा निर्देशिका पारित गरिएको छ । स्थानीय सरकार संचालन ऐनको अधिनमा रहेर धनौजी गाउँपलिकाको टोल विकास संस्था कार्यविधि र नागरिक सहायता कक्ष निर्देशिका सम्बीन्ध पारिकाका पदाधिकारी, कर्मचारीहरु बिच छलफल गरी पारित गरिएको छ ।
जालु आर्थिक वर्ष सो पालिकाको पाँच वटा वडाहरु मध्ये २ वटा वडामा टोल विकास संस्था तथा गाउँपलिकामा नागरिक साहायता कक्ष स्थापना गरिने सहमति भएको छ । स्थानीय नागरिक र स्थानीय सरकार बीच समन्वय र सहकार्यमा जनसहभागिता लगायत सार्वजनिक सेवा प्रबाहमा गरिब, बञ्चित र सिमान्तकृत समुदायहरुको सहज पहुँचका लागि सो पालिकामा संचालनमा रहेको ‘सशक्तिकरण’ परियोजना अन्तरगत आइतबार सो पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले टोल विकास संस्था( गठन तथा परिचालन) कार्यविधि २०८२ तथा नागरिक सहायता कक्ष स्थापना र संचालन निर्देशिका २०८२मा हस्ताक्षर गरेका छन् । कुर्वे उस्थ्रोको सहयोग तथा सपोर्ट नेपालको आयोजनामा संचालित सो परियोजना अन्तरगत सर्ब सहमतिबाट पारित गर्ने निर्णय गरिएको छ ।
धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवको प्रमुख आतिथ्यमा भएको टोल विकास संस्था र नागरिक सहायता कक्ष निर्देशिका पारित सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले यो निर्देशिका पारित भएपछि पालिकाको विभिन्न वडामा स्थापना गरी आम नागरिकलाई वडास्तरमा विकास निर्माण देखि अन्य सबै प्रकारको साकारात्मक काममा यो समितिले सहकार्य गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले कार्यबिधि तयार भएपछि नागरिक सहायता कक्ष र टोलविकास संस्था दर्ता भई यसले नागरिकको सेवामा सहजता हुने बताउनु भयो ।
सहजकर्ताले स्थानीय भाषामा सहजीकरण गर्नेभएकाले यो काम आमनागरिकको हितमा हुने उहाँको भनाई थियो । यो गठन पछि यसले टोलमा संचालन हुने विकास निर्माणको काम, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, टोलको सरसफाई, छाडा चौपाया व्यवस्थापन, सार्वजनिक सम्पत्तीको संरक्षण, शैक्षिक तथा स्वास्थ्य संस्थाको गणस्तर सुधार,जन्म, मृत्यु, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता वितरण लगायतका काममा सहजीकरण गरी तत्काल आएका समस्याहरुलाई समाधान गर्न पहल गर्ने,टोललाई वातावरणमैत्री, बाल मैत्री, पोषण मैत्री,पुर्ण सरसफाईयुक्त बनाउन पहल गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरु मनाउन पहल गर्ने लगायतका काम टोल विकास संस्थाले गर्ने आयोजक सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले जानकारी दिनुभयो ।
नागरिक सहायता कक्षबाट सेवा प्रवाहको लागि स्थानीय भाषामा सहजीकरण गर्ने, सेवाग्राहीलाई सहुलियतका लागि निवेदन लेखिदिने, फारम भर्ने, टाइपिङ, फोटोकाँपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवा तथा सार्वजनिक निकायमा सेवा प्रबाहको क्रममा आम नागरिकलाई सहजहुने वातावरण बनाउन पहल गर्ने सपोर्ट नेपालका शसक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो । संस्थाका कार्यक्रम प्रवन्धक सरस्वती शेर्पा तथा धनुषा संयोजक शत्रुघन महतोले टोल विकास संस्थाको कार्यविधि तथा नागरिक सहायता कक्षको निर्देशिका बनाई प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रवन्धक शेर्पा प्रस्तुत गर्नुभएको निर्देशिका तथा कार्यविधिमा पालिकाका पाँच वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरुले सल्लाह दिई पारित गरी हस्ताक्षर गर्नुभयो ।
निर्देशिका पारित भएपनि अब धनौजी गाउँपालिकामा टोल विकास संस्था गठन तथा नागरिक साहायता कक्ष समेत कार्यान्वयनमा आउने पालिका अध्यक्ष राजकुमार साहले जानकारी दिनुभयो । उक्त कार्यक्रमको सहजिकरण सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले गर्नुभएको थियो ।
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
11 दिन पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
11 दिन पहिले
धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..
जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..
11 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
13 दिन पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
14 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
17 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
17 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
1 महीना पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 महीना पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
1 महीना पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
1 महीना पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
2 महीना पहिले