मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेताहरूको चेतावनी

1 वर्ष पहिले प्रकाशित

Smrititimes

 


साउन १८ गते

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ।

आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेसी, जनजातिलगायत पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए।


लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरूले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए। संविधान बनाउनेहरूबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ। ठाकुरले मधेसी समुदायहरूले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने धारणा राखे।


त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद् अन्त्य नभए विद्रोह हुने बताए। उनले सुकुम्बासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानुन बनाउन खोजेको आरोप लगाए। यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए।

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए। देशका सबै ठाउँमा बस्ने सबै समुदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने उनले बताए। उनले सबैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भदौ २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ। कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बताइएको छ ।
गत चैतमा घोषणा भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

24 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले