धनौजी गाउँपालिकामा नागरिक सहायता कक्ष स्थापना

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन २८ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा मंगलबार नागरिक साहायता कक्षको स्थापना गरिएको छ । सो पालिकाका पाँच वटै वडाअध्यक्षहरुको उपस्थितीमा अध्यक्ष राजकुमार साहले नागरिक सहायता कक्षको उद्घाटन गर्नुभयो । सो उद्घाटन गर्दै उहाँले पहिला सेवाग्राहीलाई पहिला फोटो कापी समेत गराउन महगो पर्दा अबउपरान्त उनिहरुलाई सजिलो हुने बताउनु भयो ।

नागरिक सहायता कक्ष स्थापनाका कार्यबिधि केहि समय पहिला नै गाउँ कार्यपालिकाबाट पास भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले नागरिक सहायता कक्ष स्थापनामा बढी खर्च नपर्ने भएकाले पालिकाले यसलाई निरनतरता दिने बताउनु भयो ।

तत्काल सपोर्ट नेपालले कार्यालय व्यवस्थपनका लागि सहयोग गरेकोमा धनयवाद दिदै उहाँले पछि पालिकाले नै नागरिक सेवा कक्ष नाम दिएर यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सपोर्ट नेपालको प्राविधिक सहयोग तथा धनौजी गाउँपालिकाको सहकार्यमा नेपालमा शान्तिपुर्ण र समावेशी समुदायका लागि सशक्तिकरण परियोजना अन्तरगत सो नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

स्थापना भएको नागरिक सहायता कक्षबाट अब स्थानीयबासीले पालिकाका सम्बन्धमा सामान्य जानकारी पाउनुका साथै तीन प्रति प्रिन्ट पनि सेवाग्राहीलाई निःशुल्क रुपमा प्रदान गरिने परियोजनाका धनुषा जिल्ला कार्यक्रम संयोजक सत्रुघन महतोले जानकारी दिनुभयो । नागरिक सहायता कक्षका लागि कुर्वे वस्ट्रोको सहयोगमा सपोर्ट नेपालले एक थान प्रिन्टर, टेवल, कापेर्ट, कुर्सी, स्टेण्ड फेन लगायतका सामानहरु सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

पालिकाले सो कक्षका लागि एक जना कर्मचारी समेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नागरिक सहायता कक्ष स्थापना भएपछि सो पालिकाका सेवाग्रहीलाई आवश्यक पर्ने सूचना तथा फोटोकापी प्रदान लगायतका पालिकाका सामानय जानकारीहरु सेवाग्रहीलाई प्रदान गर्ने उहााले जानकारी दिनुभयो । सो नागरिक सहायता कक्ष स्थापना देखि उद्घाटन सम्म परियोजनाका महोत्तरी कार्यक्रम संयोजक प्रकाश ठाकुरको बिशेष सक्रियता रहेको थियो । नेपाल सरकारको स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हरेक स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने उल्लेख भएपनि धेरै पालिकामा अझै स्थापना हुन सकेको छैन ।

12 comments
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..

22 घन्टा पहिले

सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..

22 घन्टा पहिले

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

22 घन्टा पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

5 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

7 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

7 दिन पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

5 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

7 दिन पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

8 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

17 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

23 दिन पहिले

अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..

जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..

1 महीना पहिले