बहुअर्वामा टोल विकास संस्था गठन

1 वर्ष पहिले प्रकाशित

Smrititimes



जनकपुरधाम
भदौँ ८ गते ।
स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्वाको पासमान टोलमा टोल विकास संस्था गठन भएको छ । विगत साउन ११ गते सो पालिकामा टोल विकास संस्था गठन विषयमा कार्यबिधि २०८२ पारित भई तत्काल दुई वटा वडामा संस्था गठन गर्ने निर्णय अनुसार शिव श.कर राउत बेलदारको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

वडाध्यक्ष याकुव कवारीको अध्यक्षतामा टोल विकास संस्था गठन तथा परिचालन समबन्धि अभिमुखिकरण कार्यक्रममा सो टोलमा रहेका विभिन्न जातिहरुको बिचबाट समिति गठन गरिएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत उक्त टोलमा सलहेश टोल विकास संस्था गठन गरिएको छ ।

उक्त संस्थाका उपाध्यक्षमा गिता देवी राउत, सचिवमा नथुनी पासमान, कोषाध्यक्षमा खुश्बु कुमारी तथा सदस्यहरुमा जयमाला देवी, रिना कुमारी, राजवती पासमान, उमेश प्रसाद साह,संजिला कुमारी राउत, शिवदयाल राउत तथा रामनारायण ठाकुर हजाम रहेको सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो ।

उक्त समिति गठन पछि पदाधिकारीहरु संग संस्थाको गठन पछिका कामहरुका बारेमा छलफल भएको उक्त कार्यक्रममा सहभागी कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो । संस्था गठन भएपछि सहभागीहरुलाई संस्थाका कार्यबिधिका बारेमा विधिवत जानकारी गराई धनौजी गाउँपालिकाबाट कार्यविधि स्विकृत गराई टोल विकास संस्थाको विधान बनाई पारित गरी वडा कार्यालयबाट सिफारिस समेत लिई पालिकामा दर्ता गराउने निर्णय सर्बसम्मतबिाट भएको कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो ।

उक्त टोल विकास संस्थाले गर्नुपर्ने कार्यहरुका बारेमा सहभागीहरुलाई कार्यक्रम संयोजकद्वय ठाकुर र महतोले जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा धनौजी गाउँपालिका वडा नं. ५ का वडा सदस्यहरु विशुनदेव मंडल, अनिता महरा तथा प्रमिला देवी तथा धनौजी गाउँपालिकामा स्थापना भएको नागरिक सहायता कक्षका कर्मचारी बिणा मंडल लगायतको सहभागिता रहेको थियो । उक्त टोल विकास संस्था वडा नं. ५ को अन्य टोलमा समेत पछि गठन गरिने आयोजकले जनाएको छ ।

टोल विकास संस्थाले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, अमनचयन, सहिष्णुता, भाईचार कायम गर्न सहयोग गर्ने, टोलमा संचालन हुने विकास निर्माणका योजनाहरु तर्जूमा, कार्यान्वयन र सुररिवेषण तथा अनुगमनमा सहयोग गर्ने,टोलमा हुने धार्मिक कार्यक्रम, मेला ,पर्व तथा समारोहको व्यवस्थापन गर्ने,कानुन बमोजिम तिर्नुपर्ने कर, दस्तुर,सेवाशुल्क बुझाउने कार्यमा सहजीकरण गर्ने,टोलमा हुने सार्वजनिक कामको नियमन गर्ने लगायतका विभिन्न २९ वटा कामहरु गर्नुपर्नेछन् ।

12 comments
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

11 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

11 दिन पहिले

धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..

जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..

11 दिन पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

13 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

14 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

17 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

17 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

1 महीना पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 महीना पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

1 महीना पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

1 महीना पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

2 महीना पहिले