धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन
11 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ९ गते ।
स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.३ झोझीमा टोल विकास संस्था गठन भएको छ । स्थानीय रामबृक्ष साहको अध्यक्षतामा गठित ११ सदस्यीय टोल विकास संस्थाको उपाध्यक्षमारिना देवीठाकुर बड़ही, सचिवमा मुकेश यादव, कोषाध्यक्षमा रिंकु देवी मंडल तथा सदस्यहरुमा रामकली देवी मुखिया, ललिता देवी मुखिया, सिँहासन देवी यादव,श्याम मुखिया, पल्टु महरा, सुलेमान कवाडी तथा मटरु साह रहेका छन् ।
सो वडाका वडाध्यक्ष राम नारायण यादवको अध्यक्षतामा टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उपस्थित भएका स्थानीयबासीहरुबाट सर्व सम्मतीबाट समिति गठन भएको हो । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत उक्त टोलमा भैरब टोल विकास संस्था गठन गरिएकोे सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो ।
उक्त समिति गठन पछि पदाधिकारीहरु संग संस्थाको गठन पछिका कामहरुका बारेमा छलफल भएको उक्त कार्यक्रममा सहभागी कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो । संस्था गठन भएपछि सहभागीहरुलाई संस्थाका कार्यबिधिका बारेमा विधिवत जानकारी गराई धनौजी गाउँपालिकाबाट कार्यविधि स्विकृत गराई टोल विकास संस्थाको विधान बनाई पारित गरी वडा कार्यालयबाट सिफारिस समेत लिई पालिकामा दर्ता गराउने निर्णय सर्बसम्मतबिाट भएको कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो ।
उक्त टोल विकास संस्थाले गर्नुपर्ने कार्यहरुका बारेमा सहभागीहरुलाई कार्यक्रम संयोजकद्वय ठाकुर र महतोले जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा सपोर्ट नेपालका सदस्य गंगा प्रसाद साह, धनौजी गाउँपालिका वडा नं ३ का वडा सदस्यहरु दिनेश मुखिया , रोहित कुमार मुखिया, पालिकाका उद्यम विकास सहजकर्ता फेकन यादव तथा धनौजी गाउँपालिकामा स्थापना भएको नागरिक सहायता कक्षका कर्मचारी बिणा मंडल लगायतको स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
टोल विकास संस्थाले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, अमनचयन, सहिष्णुता, भाईचार कायम गर्न सहयोग गर्ने, टोलमा संचालन हुने विकास निर्माणका योजनाहरु तर्जूमा, कार्यान्वयन र सुररिवेषण तथा अनुगमनमा सहयोग गर्ने,टोलमा हुने धार्मिक कार्यक्रम, मेला ,पर्व तथा समारोहको व्यवस्थापन गर्ने,कानुन बमोजिम तिर्नुपर्ने कर, दस्तुर,सेवाशुल्क बुझाउने कार्यमा सहजीकरण गर्ने,टोलमा हुने सार्वजनिक कामको नियमन गर्ने लगायतका विभिन्न २९ वटा कामहरु गर्नुपर्नेछन् । यो भन्दा पहिला आइतबार वडा नं. ५ बहुअर्वाको पासमान टोलमा सल्हेश टोल विकास संस्था गठन भएको थियो ।
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
1 दिन पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
1 दिन पहिले
नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, ..
नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, उपभोक्ता पर बढ़त दबाव १ साउन, काठमांडू। नव आर्थिक वर्षक श..
10 दिन पहिले
महोत्तरीमा २३ लाखभन्दा बढीका अवैध सामग्री नियन्त्रणमा
जनकपुरधाम असार ३२ गते । महोत्तरीमा सुरक्षा निकायको संयुक्त कारबाहीका क्रममा रु. २३ लाख ४४ हजार बराबरका अवैध सामग..
11 दिन पहिले
धनुषामा फरार ८ अभियुक्त पक्राउ, राज्यकोषमा लाखौं रुपैया..
जनकपुरधाम असार ३२विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका ८ जना प्रतिवादीलाई धनु..
11 दिन पहिले
भन्सार छलीका ११ लाख १६ हजारका कपडा धनुषा प्रहरीको नियन्त..
जनकपुरधाम असार ३२ । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी भित्र्याइएका अनुमानित ११ लाख १६ हजार रुपैयाँ ब..
11 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
21 दिन पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
21 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 महीना पहिले
सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..
जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..