राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १३ गते ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एबं धनुषा जिल्ला प्रभारी डा. राजीव झा को बिषेश उपस्थिति रहेको थियो।
बैठकमा केन्द्रिय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
बैठकले जिल्ला कार्यसमिति लाई हाललाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ। साथै, युवा समिति जिल्ला संयोजकमा किशन साहलाई मनोनयन गरिएको छ। एक साताभित्र जिल्लाको पदाधिकारीलाई पूर्णता दिन र सो प्रक्रियामा जिल्ला स्तिथत केन्द्रिय कार्यकारिणी सदस्यहरूको सल्लाहमा एक सप्ताह भित्र मनोनयन गर्ने जिल्ला अध्यक्ष राजेश चौधरी राजुलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष डा. राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले माओवाद, माक्र्सवाद, लेनिनवाद जस्ता आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेलेको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र देशलाई धनी बनाउन र विश्व सामु चिनाउन सक्षम हुने धारणा राख्नुभयो।
त्यसैगरी पार्टीका प्रवक्ता रमण पाण्डेले मधेसी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गर्नुभयो। साथै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग समेत गर्नुभयो।
जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन आफु जिल्लाको अध्यक्षको हैसियतमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लामा दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति लगायत सबै समुदायलाई समेट्दै सम्मान दिलाउने प्रतिबद्धता जनाउनु भयो।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठनको सफलताका लागि अनुशासन अपरिहार्य हुने बताउनु हुदै मधेस आन्दोलनका सहिदलाइ सम्मान गर्नु पर्ने बताउनु भयो। केन्द्रिय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अहिलेसम्म एकल चरित्रको भएको उल्लेख गर्दै ३१ प्रतिशत मधेसी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्यको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गर्दै राज्यलाई समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो।
स्वागत मन्तव्य जिससको पुर्ब उपसभापति दीपक झाले राख्नुभएको थियो।
बैठकलाई निष्कर्षमा पु¥याउँदै जिल्लाको आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन व्यापक एकता र संगठन विस्तार गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा राम जीवन साह,बिजय यादब,बिजय राय,सरगुन पासमान,शिव शंंकर राउत लागायतले मन्तव्य राख्नु भएको थियो।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
12 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
12 घन्टा पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
4 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
1 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
1 महीना पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..