‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि समितीको सभापति सम्म’
12 महीना पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
प्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सवाल, कहिले चुरे संरक्षणको मुद्दा । उनका शब्दमा वर्षौँको संघर्ष, पीडा र जनताको प्रत्यक्ष अनुभूति मिसिएको हुन्छ । उनी हुन् धनुषाको लालगडमा जन्मिएकी, जनयुद्धको मोर्चादेखि खुला राजनीतिसम्मको यात्रा तय गरेकी प्रदेश सभा सदस्य शारदा पहाडी ।
उनका भावनामा संघर्षका वर्षौंदेखि संचित पीडा मिसिएको हुन्छन् । प्रदेशसभाका बैठकहरूमा उनको आवाज प्रायः सुनिन्छ—कहिले दलित समुदायको सवाल, कहिले चुरे संरक्षणको मुद्दा । उनी हुन् धनुषाको लालगढ़मा जन्मिएकी, जनयुद्धको मोर्चादेखि खुल्ला राजनीतिसम्मको यात्रा तय गरेकी शारदा पहाडी ।
शारदा पहाडीको जन्म धनुषा जिल्लाको लालगढ़मा भएको थियो । पाँच भाइबहिनीमध्ये कान्छी भएर जन्मिएकी उनी, बाल्यकालको उज्यालो बिहानजस्तै सरल र सामान्य जीवन बिताइन् । घरको आर्थिक अवस्था सामान्य भएपछि उनलाई पढाईको लागी खासै संघर्ष गर्नु परेन ।
लालगडमै उनले आफ्नो प्राथमिक शिक्षा पूरा गरिन् । तर गाउँमा माध्यमिक विद्यालय नभएपछि, उनले २ किलोमिटर टाढा रहेको बडरितर्फको बाटो रोज्नुप¥यो । त्यो बाटो उनका लागि केवल दूरी होइन, भविष्यको ढोका थियो—जहाँ हरेक पाइला ज्ञानतर्फको यात्रा थियो ।
जनकपुर हाइस्कुल (आ.आ.र.) मा इन्टर अध्ययन गरिरहेको बेला उनको जीवनमा ठूलो मोड आयो । मानौँ उनको जीवनपथमा नयाँ नदी मिसियो र त्यसले उनको धारलाई अर्को दिशा दियो । कक्षा १२ को छात्रा हुँदाहुँदै उनी राजनीतितर्फ मोडिईन । जनसेनामा होमिए पनि उनमा पढ्ने अठोट बाकी नै थियो । त्यसैले युद्धबाट फ्रकिएपछि उच्च शिक्षा हासिल गरिन् ।
राजनीतिक यात्रामा उडान
२०६१ साल, जब देशमा जनयुद्ध चर्किरहेको थियो, शारदाले आफ्ना सपनासँगै आफ्नो सम्पूर्ण अस्तित्व संघर्षमा होमाइन् । जनसेनामा मेडिकल फाँटमा काम गर्दै उनले पहाडका डाँडा–काँडामा अनगिन्ती पाइला टेकिन् । तराईको समथल मैदानमा हुर्केकी उनलाई उकालो–ओरालो सजिलो थिएन, तर सपनाको उचाइ अझ अग्लो थियो ।
उनले २०६१ सालमा नै जनवादि विवाह गरिन । जनयुद्धमा मेडिकल फाटमा काम गरेको शारदा पहाडी बताउछिन् । उनी केहि समयमा नै माओवादीको जनसेना बाट फक्रिइन र उनले खुल्ला राजनीतिको बाटो रोजिन् ।
विवाहको किस्सा रमाइलो भएको सुनाउदै शारदा पहाडी भन्छिन “घरमा नै राजनीतिक वातावरण भएको कारण मलाई पनि त्यो प्रेरणा मिल्यो ।” उनकी दिदिको पनि जनवादी विवाह भएको थियो । उनका भिनाजुको साथि घरमा आइरहने भएकाले उनका श्रीमान सँग उनको चिनजान भएको थियो र उनले पछि जनवादी विवाह गरिन् । श्रीमान राजनीतिमा भएकाले उनले पनि राजनीतिको बाटो राजिन र युद्धमा होमिइन् ।
राजनीतिमा होमिनुको कारण श्रीमान मात्र कारण नभएको उनी बताउछिन् । “मैले समाजमा जुन विभेद देखेको दिए दलित र गैरदलित, गरिव र धनी र राज्य व्यवस्थाको जुन विभेद थियो त्यसले परिवर्तको हिंसा म पनि बन्न पर्छ भनेर मेरो भित्री मनले भन्यो र त्यो नै मेरो राजनीतिमा लाग्नुको कारण थियो ।” हुन त उनको पारिवारिक वातावणले पनि उनलाई राजनीतिमा होमिन प्रेरणा पनि मिल्यो र सहजता पनि भयो । छोरीले घरको काममा मात्र खुम्चिनु पर्छ भन्ने सोच भन्दा धेरै माथि उठिसकेको थियो उनको पारिवारिक वातावरण जसले गर्दा छोरी भएकै कारण राजनीतिमा लाग्दा भोग्नु पर्ने दुख उनले भोग्न परेन् ।
तराईमा समथल मैदानमा हिडेकी उनलाई जनयुद्धताका पहाडका उकालो डाँडाकाँडामा हिड्न त्यति सजिलो थिएन । तर खोटाङ, सिन्धुलीका डाँडाकाँडा भन्दा अल्ला थिए उनका सपना । उनमा अठोट थियो “मेरो यो संघर्षले नै यो समाज परिवर्तन गर्न योगदान दिने छ ।” जनयुद्धमा होमिएको सानो समयमा नै उनी घर फकिइन् तर उनले झोलामा बोकेर ल्याएकी थिइन् राजनीति र जनताका मुद्धा जसले गर्दा पछि उनी जिल्लाको राजनीतिमा सक्रिय भइन् ।
प्रदेशसभासद देखि समितीको सभापति सम्म
माओवादी शान्ति प्रकियामा आए पछि उनी प्रदेशसभाको समानुपातिक सुचिमा परिन । त्यसले उनलाई फेरि पनि राजनीतिमा सक्रिय गरायो । देश संघियतामा गयो । उनले प्रदेश वाहिर रहदा उनले देशमा अब सबै ठिक हुने र देशले विकासको गति लिने सोचेकी थिइन् । तर प्रदेशसभाको अनुभन उनका लागी तितो बन्यो उनले सोचको जस्तो प्रदेशसभाले काम गर्न नसकेको उनको अनुभव छ । उनी भन्छिन् “ देशमा संघियता आएपछि परिर्वत हुने र जनताले यसको प्रतक्ष लाभ लिन सक्नेछन् सोचेको थिए तर प्रदेशसभामा छिरेपछि अझै जनताले सुविधा पाउन नसकेको देखे”
संघियतामा सरकार बनाउन बहुमत चाहिन्छ । प्रदेश देखि केन्द्रसम्म जसको बहुमत छ उसकै सरकार बन्छ त्यसले गर्दा चाहेर पनि केहि कुराहरु आफुले गर्न नसकेको उनको अनुभव छ । उनी निसास छिन् आफैले संघर्ष गरेर ल्याएको संघियता देखी । उनी भन्छिन “ मैले साचेको संघियता र व्यवहारमा फरक रहेछ । ”
आशा र गुनासो
सरकारले आफ्नो अनुकुलतामा सदन चलाउने उनको गुनासो छ । संख्याको राजनीतिले गर्दा जनताका धेरै सवाल उठाउन चाहाना हुँदाहुँदै पनि त्यसो गर्न नसकेको उनको गुनासो छ । उनी भन्छिन् हामि हाम्रो जिम्मेवारमा प्रतिबद्ध छौँ तर सरकारले आफ्नो अनुकुलतामा अधिवेशन चलाउछ ”
उलले अझै पनि जनताको मुद्धा छोडेकी छैनन् । उनले दलित देखि चुरे संरक्षणका हरेक विषयमा पश्न गरिरहेकी छन् । प्रश्न सोध्ने आफ्नो जिम्मेवारीमा आफु दिनरात खटेको तर सरकार आफ्नो उत्तरदायित्व निभाई नरहेको उनको गुनासो छ । अव उनलाई लाग्न थालेको छ जो सरकारमा छ उही नै शक्तिशाली र उसले नै आफ्नो इच्छाले सरकार चलाउने रहेछ ।
अवस्था परिवर्तनका निम्ति संघर्ष
उनी प्राकितिक स्रोत र वातावरण समितीको सभापति छिन् । प्रदेशमा वन ऐन भएको र चुरे संरक्षणको लागी छुटै ऐन ल्याउनका लागी पहल गरिरहेको उनी बताउछिन् । निति समितीले नबनाउने तर आफु यसको लागी पहलमा लागेको उनी बताउछिन् ।
जनयुद्धको कठिन राजनिति बाटो रोजेकी शारदा पहाडीका लागी आजको खुल्ला राजनिति पति त्यति सजिलो छैन् । जनताका जुन मुद्धा बोकेर जनयुद्धमा हिडकी थिइन आज जनताका तिनै आवाव बोकेर प्रदेशसभा छिरकी छन् । हिजो उनको लडाई र संघर्ष व्यवस्था परिवर्तनका लागी थियो आजको उनको लडाई अवस्था परिवर्तनका लागी बनेको छ । त्यहि भएर त उनी प्रदेशसभामा सुनाइरहन्छिन् जनताका आवाज गरिरहन्छिन् जनताका प्रश्न ।
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
7 घन्टा पहिले
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
7 घन्टा पहिले
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
1 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
1 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
3 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
4 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
10 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
11 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
14 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..