सिओसी सहजकर्ताहरुलाई तिन दिने प्रशिक्षक प्रशिक्षण सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ३ गते ।
धनुषा जिल्लाको शहीदनगर नगरपालिका तथा कमला नगरपालिका विभिन्न वडामा संचालन हुने परिवर्तनका संबाहक कक्षाका सहजकर्ता एवम् कर्मचारीहरुलाई सपोर्ट नेपालले तिन दिने पुर्नताजगी तालिम प्रदान गरेको छ । प्लान इन्टरनेशन नेपालको साझेदारी, सीप सूचना समाज नेपाल(सिसो नेपाल)को प्राविधिक सहयोग तथा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त वालिका परियोजना अनतरगत परिवर्तनका सम्बाहकका सहजकर्ता तथा कर्मचारीहरुका लागि प्रशिक्षक प्रशिक्षण सम्बनिध उक्त पुर्नताजगी तालिम प्रदान गरिएको छ ।
सो तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथी कमला नगरपालिकाका मेयर विशेश्वर यादवले सपोर्ट नेपालले सशक्त वालिका परियोजना अन्तरगत ४ वटा वडामा कर्याक्रम संचालन गरेकोमा अगामी दिनमा सो पालिकाको सबै वडामा परियोजना संचालन गर्न आग्रह गर्नु भयो । पालिकाले गर्न नसकेका क्षेत्रमा संस्थाले समस्या पहिचान गरी पालिकाको समग्र विकासका लागि गरिएको कामको सहराहना गर्नु भयो ।
वालविवाह रोक्न आफुहरुले गरेको प्रयासले केहि कमि आएपनि शिक्षाको आभावमा अहिले पनि वालविवाह हुने गरेको स्विकार गर्दै उहाँले तालिममा सिकको कुराहरुलाई सहजकर्ताहरुले व्यवहारमा लागु गरी बालविवाहबाट हुने शारीरिक समस्याहरुका बारेमा समेत समाजका किशोरकिशोरीहरुलाई जानकारी गराउन आग्रह गर्नुभयो । सो तालिमको समापत्र सत्रमा बोल्दै सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले लैँगिक समानता, यौनिकता, परिवार नियोजन लगायतका १६ वटा विषय समेटेर तयार पारिएको किताव समेत प्रकाशनको अन्तिम चरणमा रहेको जानकारी दिदै ति कितावमा भएको विषयहरु समाजमा रहेका बालबालिका तथा किशोरकिशोरीहरुलाई बुझाउने काम सिओसी सहजकर्ताहरुले गर्नुपर्ने बताउनु भयो । सो कार्यक्रमको अध्यक्षता गर्नु भएका सपोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिकले तालिममा सहभागीहरुले लँैगिकता, परिवार नियोजनका साधनको प्रयोग लगायतका विषयमा महिलाहरुले समेत खुलेर कुरा गर्नु तालिमको सफलता रहेको बताउनु भयो ।
उहाँले अगामी दिनमा थप सक्रियताका साथ काम गर्ने समेत आफुहरुको योजना रहेको बताउनु भयो । यस्ता परियोजना लामो समयावधीका लागि भए समाजमा थप सहयोग पुग्ने उहाँले बताउनु भयो । सो तालिममा सहभागी भएकाहरुलाई क्षमता अभिबृद्धि गरी यसले कार्य क्षेत्र भरी रुपानतरणको नमुना र लैँगिक समानताको प्रवद्र्धन गर्ने र किशोर किशोरीहरुको संलग्नताबाट विद्यमान सामाजिक नियमहरु प्ािरवर्तन गर्ने उद्देश्य रहेको सपोर्ट नेपालका अनुगमन मुल्यांकन अधिकृत अनिलकुमार साहले जानकारी दिनुभयो ।
उक्त तालिममा सहभागीहरुलाई परियोजनाको बारेमा र कक्षाको बारेमा बिस्तृत जानकारी गराउनुका साथै हानिकारक परम्परागत सोच, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउने , यौन तथा प्रजनन अधिकार तथा महिनावारी स्वच्छता व्यवस्थापन, किशोरावस्था, गर्भपतन,परिवार नियोजन, लिङग र लैँगिकता तथा यौवतावस्थाका बेला हुने शारीरिक परिवर्तन, लिङ्गमा आधारित हिँसा,किशोरावस्थामा हुने यौन झुकाव, लैँगिक पहिचान र लैँगिक अधिकार,बृहत यौनिक शिक्षा, यौन संक्रमण लगायतका विषयमा सहभागीहरुलाई सिसो नेपालका कार्यकारी निर्देशक बृहतर यौनिकता शिक्षा विज्ञ खुमानन्द सुवेदी, सहजकर्ता सबिता कुमारी दास तथा अन्जना मंडलले प्रशिक्षण दिनु भएको थियो ।
उक्त तालिममा सहभागीहरुले विभिन्न वडामा बनेका किशोर किशोरीहरुको समुहमा कक्षा संचालन गर्ने उद्देशयले सो सिओसी सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको सपोर्ट नेपालका कार्यक्रम अधिकृत रिमा झाले जानकारी दिनुभयो । सो तालिमको समापनमा सीओसी सहजकर्ता अशोक यादव तथा किरण कुमारी शर्माले आफुहरुले प्राप्त गरेको जानकारीका विषयमा अवगत गराउनु भएको थियो । कार्यक्रममा सपोर्ट नेपालका कर्मचारी बेचन कुमार सिँह,पप्पु कुमार मिश्र लगायतको सहभागिता रहेको थियो । तालिममा सहभागी भएका हरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
1 दिन पहिले
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
1 दिन पहिले
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन
जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..
4 दिन पहिले
धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..
जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..
4 दिन पहिले
मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..
जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..
4 दिन पहिले
गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण
जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..
5 दिन पहिले
मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..
जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..
4 दिन पहिले
एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..
जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..
5 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
17 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
19 दिन पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
20 दिन पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
28 दिन पहिले