मधेश प्रदेशसभा आज बैठकमा बस्दै, सभामुखविरुद्धको अविश्वास प्रस्ताव प्रक्रियामा अघि बढाउने तयारी
2 महीना पहिले प्रकाशित
Smrititimes
२०८२ मंसिर ३
मधेश प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकलाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ। सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाउन प्रदेशसभा सभामुखस्थानीय कार्यभार सम्हालेकी उपसभामुख बबिताकुमारी राउत इसरले बैठक आह्वान गरेकी हुन्।
उपसभामुख इसरले दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सांसद तथा सचिवालयका सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन आग्रह गरेकी छन्। उनले सभामुखविरुद्ध पदीय आचरणविपरीत गतिविधि भएको भन्ने प्रस्तावमाथि छलफललाई आजकै कार्यसूचीको मुख्य एजेण्डा रहेको जनाइन्।
मंगलबार विपक्षी दलका ३२ जनाले संयुक्त रूपमा उपसभामुखलाई पत्र बुझाउँदै तत्काल बैठक बोलाउन अनुरोध गरेका थिए। माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहका अनुसार २५ प्रतिशत सदस्यको हस्ताक्षर आवश्यक पर्ने प्रक्रियामा ३२ हस्ताक्षर पर्याप्त भएकाले उपसभामुखले नियमावलीअनुसार बैठक बोलाएको स्पष्ट छ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र सहित सात दलको समर्थनमा यो माग प्रस्तुत गरिएको हो।
बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समिति बसेर आजको एजेण्डा र संवैधानिक प्रक्रिया तय गरिने उपसभामुख इसरले बताइन्। उनका अनुसार अविश्वास प्रस्ताव अघि बढाउन कानुनी रूपमा ७ दिनको समयसीमा रहन्छ, जसको अन्तिम दिन मंसिर ३ नै भएकाले बैठक बोलाउन बाध्य भएका हुन्।
तर, कार्यक्रममा सहजता ल्याउन सभामुखतर्फबाट सहयोग नआएको तथा प्रक्रियामा अनावश्यक जटिलता सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। उपसभामुख इसरका अनुसार प्रदेशसभा सचिवालयका धेरै कर्मचारी आफ्नो मोबाइल स्विच अफ राखेर ‘सम्पर्कविहीन’ भएका छन्। सचिवालय सभामुखको निर्देशनमा मात्रै सञ्चालन हुने प्रवृत्तिले समस्या बढाएको आरोप पनि उनले लगाइन्। त्यहाँकै निजी सचिव बलराम मण्डलले भने मंसिर ३ को बैठकबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको दाबी गरे।
७ दलका ६४ सांसदको समर्थनमा २७ कात्तिकमा दर्ता गरिएको अविश्वास प्रस्तावमा सभामुख मण्डलले संसद सञ्चालनमा नियम र मर्यादा उल्लंघन गरेको आरोप लगाइएको छ। प्रस्तावमा उल्लेख अनुसार सभामुखले एक दलको निर्देशनअनुसार सभा संचालन गरेको, विपक्षी दल अनुपस्थित हुँदा पनि बैठक अघि बढाएको, २२ कात्तिकको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत संसदीय दलका नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, मुख्यमन्त्रीसमेतलाई अभिव्यक्ति दिन रोकिएको आदि विषय पदीय अनुकूल आचरणविपरीत मानिएको छ।
प्रस्ताव दर्ताका क्रममा सांसदहरूसँग कुटपिट गरिएको र उनीहरूलाई उपसभामुखको कोठामा कैदजस्तै गरिएको आरोपसमेत विपक्षी दलले लगाएका छन्। घटनापछि प्रहरीले नै हस्तक्षेप गरी उनीहरूलाई बाहिर निकाल्नुपरेको थियो। नयाँ दर्ता रजिस्टर ल्याएर पुनः प्रस्ताव दर्ता गरिएको हो। सभामुख विवादित भएपछि सात दलीय गठबन्धनले ७४ सांसदसहित प्रदेशसभा परिसरमै वैकल्पिक बैठक बसेर राजनीतिक दबाब सिर्जना गरेको थियो। अविश्वास प्रस्ताव अघि बढाउन प्रदेशसभामा दुईतिहाइ बहुमत आवश्यक पर्छ। आज बस्ने बैठकले प्रस्ताव प्रक्रियागत रूपमा अघि बढ्ने वा नबढ्ने भन्ने प्रमुख निर्णय गर्नेछ, जसले मधेश प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
4 दिन पहिले
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
4 दिन पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
4 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
9 दिन पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
11 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
11 दिन पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
14 दिन पहिले
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
15 दिन पहिले
महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..
जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..
27 दिन पहिले
कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्..
मङ्सिर २४ गते काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणक..
27 दिन पहिले
मधेश प्रदेशक मुख्यमन्त्री यादवक द्वारा पद सँ इस्तीफा
अगहन १७ गते जनकपुरधाम । मधेश प्रदेशक मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पद सँ इस्तीफा दऽ देलथि । मधेश प..
1 महीना पहिले
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मंसिर ३, २०८२जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरु..
2 महीना पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..