मधेश प्रदेशसभा आज बैठकमा बस्दै, सभामुखविरुद्धको अविश्वास प्रस्ताव प्रक्रियामा अघि बढाउने तयारी
10 महीना पहिले प्रकाशित
Smrititimes
२०८२ मंसिर ३
मधेश प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकलाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ। सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाउन प्रदेशसभा सभामुखस्थानीय कार्यभार सम्हालेकी उपसभामुख बबिताकुमारी राउत इसरले बैठक आह्वान गरेकी हुन्।
उपसभामुख इसरले दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सांसद तथा सचिवालयका सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन आग्रह गरेकी छन्। उनले सभामुखविरुद्ध पदीय आचरणविपरीत गतिविधि भएको भन्ने प्रस्तावमाथि छलफललाई आजकै कार्यसूचीको मुख्य एजेण्डा रहेको जनाइन्।
मंगलबार विपक्षी दलका ३२ जनाले संयुक्त रूपमा उपसभामुखलाई पत्र बुझाउँदै तत्काल बैठक बोलाउन अनुरोध गरेका थिए। माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहका अनुसार २५ प्रतिशत सदस्यको हस्ताक्षर आवश्यक पर्ने प्रक्रियामा ३२ हस्ताक्षर पर्याप्त भएकाले उपसभामुखले नियमावलीअनुसार बैठक बोलाएको स्पष्ट छ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र सहित सात दलको समर्थनमा यो माग प्रस्तुत गरिएको हो।
बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समिति बसेर आजको एजेण्डा र संवैधानिक प्रक्रिया तय गरिने उपसभामुख इसरले बताइन्। उनका अनुसार अविश्वास प्रस्ताव अघि बढाउन कानुनी रूपमा ७ दिनको समयसीमा रहन्छ, जसको अन्तिम दिन मंसिर ३ नै भएकाले बैठक बोलाउन बाध्य भएका हुन्।
तर, कार्यक्रममा सहजता ल्याउन सभामुखतर्फबाट सहयोग नआएको तथा प्रक्रियामा अनावश्यक जटिलता सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। उपसभामुख इसरका अनुसार प्रदेशसभा सचिवालयका धेरै कर्मचारी आफ्नो मोबाइल स्विच अफ राखेर ‘सम्पर्कविहीन’ भएका छन्। सचिवालय सभामुखको निर्देशनमा मात्रै सञ्चालन हुने प्रवृत्तिले समस्या बढाएको आरोप पनि उनले लगाइन्। त्यहाँकै निजी सचिव बलराम मण्डलले भने मंसिर ३ को बैठकबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको दाबी गरे।
७ दलका ६४ सांसदको समर्थनमा २७ कात्तिकमा दर्ता गरिएको अविश्वास प्रस्तावमा सभामुख मण्डलले संसद सञ्चालनमा नियम र मर्यादा उल्लंघन गरेको आरोप लगाइएको छ। प्रस्तावमा उल्लेख अनुसार सभामुखले एक दलको निर्देशनअनुसार सभा संचालन गरेको, विपक्षी दल अनुपस्थित हुँदा पनि बैठक अघि बढाएको, २२ कात्तिकको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत संसदीय दलका नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, मुख्यमन्त्रीसमेतलाई अभिव्यक्ति दिन रोकिएको आदि विषय पदीय अनुकूल आचरणविपरीत मानिएको छ।
प्रस्ताव दर्ताका क्रममा सांसदहरूसँग कुटपिट गरिएको र उनीहरूलाई उपसभामुखको कोठामा कैदजस्तै गरिएको आरोपसमेत विपक्षी दलले लगाएका छन्। घटनापछि प्रहरीले नै हस्तक्षेप गरी उनीहरूलाई बाहिर निकाल्नुपरेको थियो। नयाँ दर्ता रजिस्टर ल्याएर पुनः प्रस्ताव दर्ता गरिएको हो। सभामुख विवादित भएपछि सात दलीय गठबन्धनले ७४ सांसदसहित प्रदेशसभा परिसरमै वैकल्पिक बैठक बसेर राजनीतिक दबाब सिर्जना गरेको थियो। अविश्वास प्रस्ताव अघि बढाउन प्रदेशसभामा दुईतिहाइ बहुमत आवश्यक पर्छ। आज बस्ने बैठकले प्रस्ताव प्रक्रियागत रूपमा अघि बढ्ने वा नबढ्ने भन्ने प्रमुख निर्णय गर्नेछ, जसले मधेश प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
12 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
12 घन्टा पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
4 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
1 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
1 महीना पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..