ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जारी गरे विज्ञप्ती
9 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस २ गते ।
विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट विज्ञप्ती जारी भई विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार अव्यवस्थित ई–रिक्साका कारण जनकपुरधाम नगर क्षेत्र अस्त–व्यस्त भएको, सवारी दुर्घटना बढेको, ई–रिक्सा चालकहरुले दुव्र्यवहार गरेको, भाडा अधिक उठाएको, एम्बुलेन्स, औषधी बोकेको सवारी साधन संचालनमा बाधा पुगेको, जथाभावी पार्किङ्ग तथा यत्रतत्र सवारी चढाए–उतारेका कारण पैदल यात्री समेतलाई कठिनाई भएको भन्दै विगतमा ई–रिक्सा व्यवस्थापनका लागि पटक–पटक बैठक बसि आवश्यक निर्णय समेत भएको जनाइएको छ ।
उक्त विर्णय अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ ले टाँगा, अटो रिक्सा, ई–रिक्सा लगायतका सवारी साधनहरुको करको दर निर्धारण, दर्ता, नियमन आदि गर्ने अधिकार स्थानीय गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई दिएको कानूनी व्यवस्था अनुसार दर्तामा आउन आग्रह समेत गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ लाई टेकेर जनकपुरधाम उपमहानगरपालिकाले ’कर तथा गैर कर सम्बन्धी ऐन २०७७ को दफा २ बमोजिम विद्युतीय रिक्सा दर्ता, अनुमति, नविकरण तथा नियमन कार्यविधि २०७९ जारी गरि ई–रिक्सा दर्ता प्रकृया सुरु गरि सकेको छ ।
सम्बन्धित पक्षको गुनासो सम्बोधन गर्न यस जनकपुरधाम उपमहानगरपालिकाले मिति २०८२ अषाढ १३ गते जनकपुरधाम उपमहानगरपालिका, जनकपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय धनुषा, नगर क्षेत्रका संघ संस्थाहरु, सामाजिक अभियन्ताहरु तथा ई–रिक्सा युनियन समेतको उपस्थितीमा सर्वपक्षीय बैठक बसि नगर क्षेत्र भित्र ई रिक्साको बढ्दो चाँपलाई कम गर्न सुव्यवस्थित रुपमा ई रिक्सा संचालन गर्न ’विगतमा ई–रिक्सा व्यवस्थापन सम्बन्धी भएका निर्णयहरु बमोजिम जनकपुरधाम उपमहानगरपालिकामा दर्ता नभएका ई–रिक्साहरु परिक्रमा सडकभित्र प्रवेश निषेध गर्ने साथै परिक्रमा क्षेत्रभित्र प्रवेश गर्नेहरुलाई आर्थिक ऐन तथा कार्यविधि बमोजिम जरिवाना गर्ने निर्णय भएको जानकारी गराइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र भित्र ई–रिक्सा संचालनमा रोक लगाएको होईन, व्यवस्थित मात्र गर्न खोजेको हो । जनकपुरधामलाई सफा, सुन्दर तथा व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो । ई–रिक्सा संचालनलाई मर्यादित तथा व्यवस्थित बनाउन ई–रिक्सा चालकहरुसंगै सम्पूर्ण नगरवासीलाई आग्रह गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले