तराई मधेश छठमय
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मिथिलाञ्चल तथा तराई मधेशसहित विगत केही वर्ष यता देशकै साझा पर्वको रूप ग्रहण गर्दै गएको छठको विधि आजबाट शुरु भएको छ ।चार दिनसम्म चल्ने छठ पर्व अन्तर्गत आज अरवे नहाय खाय अर्थात अरवा अरवाईन विधि सम्पन्न भएको छ । व्रतीहरूले आज नदी, तलाउ, जलाशयमा स्नान गरेर चाखो तथा शुद्ध खाने कुरा खाएका छन् ।भोलि पञ्चमी तिथिका दिन खरना पर्व हुनेछ । व्रतीले दिनभरि उपवास बसेर साँझपख प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर, पुरी पकाएर केला सहितको सामाग्रीहरू छठी मैयाँलाई अर्पण गरेर आफू पनि नुनरहित प्रसाद नै ग्रहण गरी खरना विधि गर्दछन् ।
छठको तेस्रो दिन अर्थात षष्ठी तिथिका दिनभरि निराहार बसेर अस्ताउँदो सूर्यलाई नदी, तलाउ एवं सरोवरमा पुगेर प्रथम अर्घ दिने कार्यक्रम छ । यस दिन जनकपुरधाम सहितका कतिपय ठाउँमा बिहानैदेखि छठ घाटमा डाला सहितको प्रसाद सामाग्री राख्ने गरिन्छ भने कतिपय ठाउँमा दिउँसो मात्र प्रसादहरू घाटमा लाने गरिन्छ ।चौथो दिन अर्थात सप्तमी तिथिका दिन पुनः उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि छठ पर्व विधिवत् समापन हुन्छ भएपछि व्रतीहरूले करिब ४८ घण्टा उपवास पश्चात् परना अर्थात् नुन सहितको खाना अर्थात खरना खाने गर्दछन् ।छठ पर्वमा बाँसको ढाकी, टपरी, डगरी, माटोको कोसिया कुरबार, हाती लगायतको भाडा पर्वणहरूमा विभिन्न प्रकारका प्रसाद सामग्रीहरु राखेर सूर्यलाई अर्घ दिने चलन छ । प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं अन्य प्रकारको वनस्पति, मिठान्न तथा फलफूल सूर्य देवता अर्पण गर्ने चलन रहेको छ ।
अर्घ दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान् अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।छठ पर्वको पूजा सामग्री जोरजाम, किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई सिँगार्ने काम भइरहेको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरूलाई नवदुलही झैँ सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।अहिले गाउँघर, सहर बजार, गल्लीमा गुन्जिरहेको छठ पर्वको नाना थरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।साभार : रेडियो नेपाल
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
7 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
7 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
7 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
7 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
7 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
7 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
7 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
14 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
15 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
15 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
23 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

