ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
9 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष बनाई स्वरोजगार बनाउन सफल भएका छन् । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सन् २०२३ मार्च देखि २०२५ दिसम्बर सम्म संचालन भएको दक्ष युवा परियोजना अन्तरगत जिल्लाको सबैला नागरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका ती युवाहरुलाई दक्ष बनाइएको ज्वासका अध्यक्ष मन्दाकिनी कर्णले जानकारी दिनुभयो । सो परियोजनाको आइतबार जिल्ला स्तरीय परियोजना समापन बैठकमा बोल्दै अध्यक्ष कर्णले परियोजना अन्तरगत १८ देखि २४ वर्ष समुहका युहरुलाई सिप सिकाई स्वरोजगार बनाउन लक्ष्य अनुसार काम गरिएको बताउनु भयो ।
अध्यक्षताको आसनबाट बोल्दै कर्णले उद्देश्य अनुसार तालिम पाएका युवाहरु सफल भएको बताउनु भयो । सिप सिकेका युवाहरु अगामी दिनमा निरन्तर रुपमा आर्थिक उपार्जन तिर लाग्ने उहाँले आशा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मंडलको प्रमुख आतिथ्यमा भएको परियोजना समापन बैठकमा परियोजनाका कार्यक्रम संयोजक विशाल कर्णले आफुहरुले गरेका सम्पुर्ण कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
परियोजनाले ३ सय ५० जना युवाहरुलाई आवश्यक सीप, स्रोत र साधन प्रदान गरी दीयो आयआर्जनका अवसर सृजना गरेको जानकारी गराउनु भयो । परियोजना अन्तरगत २ सय १९ जना जना सहभागीहरुलाई श्रमबजारको माग अनुसार विभिन्न व्यवसायीक सीप जस्तै ड्राइभिङ, हेभी इक्युपमेन्ट अपरेटर,ब्युटिसीयन, सिलाईकटाई, कम्प्युटर अपरेटर, इलेक्ट्रिसियन,वेटर सेवा,लेखा तथा बुक किपिङ, मोटरसाइकल तथा एसी मेकेनिक, चारपाँग्रे सवारी मरम्मत लगायतका तालिम प्रदान गरी अधिकांशले रोजगार तथा स्वरोजगार भई आर्थिक उपार्जनमा लागेको कर्णले जानकारी दिनुभयो । परियोजना अन्तरगत ८ जना अपाङगता भएका व्यक्ति सहित एक सय ६२ जनालाई तालिम प्रदान गरी ८३ हजारको दरले एक करोड ३४ लाख ३३ कजार ६ सय १८ रुपैया परियोजना अन्तरगत सहयोग गरी स्वरोजगार बनाउन सफल भएको बताउनु भयो ।
त्यस्तै एक सय ५७ जनालाई डिजिटल प्लेटफर्म प्रयोग सम्बन्धी क्षमता विकास तथा १६ जनालाई नागरिकता बनाउन सहजीकरण गरिएको कार्यक्रम संयोजक कर्णले जानकारी दिनुभयो । परियोजना अबधीमा ६ करोड ३७ लाख ३० हजार ९३ मध्ये ६ करोड ३६ लाख ७७ हजार ४ सय ६४ रुपैया खर्च भएको जानकारी दिदै उहाँले विभिन्न क्षेत्रमा युवालाई दक्ष बनाई आम्दनीको स्रोत व्यवस्थापनमा सहयोग गरेको बताउनु भयो । संस्थाका परियोजना अनुगमन तथा मुल्यांकन अधिकृत सुष्मिता ठाकुरले संचालन गर्नुभएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, प्रहरी उपरिक्षक रुगमबहादुर कुवर,प्लानइन्टरनेशनलका इन्द्र बहादुर हायु,शहिदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिँह, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रममा ज्वासका कार्यकारी निर्देशक राजन नेपाल,विष्णु भंडारी, कोषाध्यक्ष रामदत्त ठाकुर, परियोजना संचालन भएका पालिकाहरुका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु, संस्थाका सामाजिक परिचालन अधिकृतहरु ल्गायतको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले