मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्वमा समावेशी विकासको अभियान

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, बैशाख २६
मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक सहभागिता बढाउने उद्देश्यले “अधिकारमा आधारित वकालत र अपाङ्गता आन्दोलनमार्फत रूपान्तरणका लागि युवा नेतृत्वका कार्यहरू” नामक यात्रा परियोजना सुरु गरिएको छ।

तीन वर्षे अवधिको यो परियोजना नेत्रहिन युवा सङ्घ नेपाल को आयोजनामा तथा सीबिएम ग्लोबल डिसएबिलिटी इन्क्लुजनको सहकार्यमा सञ्चालन भइरहेको हो। परियोजनाबारे जानकारी दिन जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, मानवअधिकारकर्मी तथा अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै मधेश प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक विकास समितिकी सभापति रुपा यादव ले अपाङ्गता भएका व्यक्तिको समान पहुँच र अवसर सुनिश्चित गर्न पर्याप्त बजेट आवश्यक रहेको बताइन्। प्रदेश सरकारले आगामी बजेट निर्माण गरिरहेको सन्दर्भमा अपाङ्गता समावेशी कार्यक्रमलाई प्राथमिकता दिन पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन्।

उनले भौतिक पूर्वाधारमा मात्र सीमित विकासले समावेशी समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचयुक्त संरचनामा विशेष ध्यान दिनुपर्ने बताइन्।

धनुषाको मिथिला नगरपालिका की उपप्रमुख सुनिता सिंह बुढाथोकी ले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र अधिकार सुनिश्चित गर्न सहकार्य गर्ने बताइन्। उनले “अपाङ्गता परिचयपत्र वितरण मात्र पर्याप्त नभई समग्र विकासमा जोड दिनुपर्छ” भन्ने धारणा राखिन्।

कार्यक्रममा सम्झाना साह ले संस्थाले विभिन्न साझेदारमार्फत अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि, नेतृत्व विकास र समावेशी समाज निर्माणमा गरिरहेको कामबारे जानकारी दिइन्।

परियोजनाको प्रस्तुतीकरण गर्दै कार्यक्रम संयोजक निलु महर्जन ले यो अभियान मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक–एक स्थानीय तहमा सञ्चालन भइरहेको जानकारी दिइन्। सन् २०२६ अप्रिलदेखि २०२९ मार्चसम्म सञ्चालन हुने परियोजनाले स्थानीय अपाङ्गता अधिकार संस्था सशक्तीकरण, प्रमाणमा आधारित पैरवी, समावेशी नीति निर्माण तथा सकारात्मक सामाजिक दृष्टिकोण प्रवद्र्धनमा काम गर्नेछ ।
उनका अनुसार परियोजनाको मुख्य लक्ष्य अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीयदेखि संघीय तहसम्म समावेशी नीति, योजना र बजेट निर्माणमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नु हो।

कार्यक्रममा स्पाइनल इन्जुरी संघ नेपाल का केन्द्रीय सल्लाहकार सुशिल साह ले सरकारी तथा निजी भवनहरू अझै अपाङ्गतामैत्री नभएकाले दैनिक जीवनमा ठूलो समस्या भोग्नुपरेको गुनासो गरे। उनले यात्रा गर्दा शौचालय, प्रतीक्षालय र सार्वजनिक संरचनामा पहुँच अभावका कारण अपाङ्गता भएका व्यक्तिहरूले घामपानीमा समेत कष्ट सहनुपरेको बताए।

कार्यक्रमको सञ्चालन नेत्रहिन युवा सङ्घका संस्थापक अध्यक्ष कलाधर भण्डारी ले गरेका थिए। कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवन, पहुँचयुक्त पूर्वाधार र समान अवसर सुनिश्चित गर्न सरकार तथा समाज दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

12 comments
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

10 घन्टा पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

10 घन्टा पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..

10 घन्टा पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..

2 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

6 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

6 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

10 घन्टा पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..

10 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

9 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

22 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..