जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाले मात्र नियमित औषधि लिदै
2 महीना पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम
बैसाख २८ गते ।
मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अवरोध चिर्दै, एड्सप्रतिको अभियानलाई रूपान्तरण गरौं मुल नाराका साथ एचआईभी रोकथाम सम्बन्धि कार्यक्रम संचालन भईरहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका क्षयकुष्ठ तथा एचआईभीका फोकल पर्सन राजबीर यादवले जानकारी दिनुभयो । एड्स हेल्थकेयर फाउण्डेशन नेपाल( एएचएफ नेपाल)को सहकार्यमा सोमबार जनकपुरधाममा भएको पत्रकारहरु संगको अन्तरक्रियामा बोल्दै यादवले आर्थिक वर्ष २०८१– ८२ मा ७६ हजार ११६ जनाको एचआईभी जाँच गर्दा मधेशको पोजेटिभ रेट ०.६ प्रतिसत रहेको जानकारी गराउनु भयो ।
उहाँका अनुसार मधेश प्रदेशमा अहिले ४ हजार ६ सय ८० जना एचआईभी संक्रमितले विभिन्न ११ वटा साइटबाट सेवा पाईरहेका छन् भने संक्रमितबाट जन्मेका एक सय ७५ जना कावा बालबालिकाहरु समेत सेवा लिईरहेका छन् । यो वर्ष एचआईभी संक्रमितका कारण नेपालमा ५ सय ३९ र मधेशमा एक सय १४ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका स्वासथय तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले एचआईभीको उपचार संगै समुदाय स्तरमा जनचेतना फैलाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले धनुषाबाट बढी बैदेशिक रोजगारमा युवाहरु गएकाले यहाँ प्रवासी कामदारहरुको असतर्कताका कारण संक्रमित बढी रहेको बताउनु भयो ।
बिदेशमा असुरक्षित तरिकाले त्यहाँका महिला संग यौन सम्पर्क गर्दा एचआईभी संक्रमित भएर युवाहरु घर आउदा उनले आफ्ना पत्नी र नवजात शिशुलाई समेत सार्ने भएकाले एक जनाको कारण अबोध बालबालिका र निरिह महिला समेत एचआईभी संक्रमित भईरहेको अवस्थाको बारेमा सचेतना फैलाउन आग्रह गर्नुभयो । सो कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा. जामुन सिँहले अस्पतालले एक हजार भनदा बढी एचआईभी संक्रमितलाई नियमित ओषधी दिइरहेको बताउदै समाजले जाहे केहि वर्ष मै यो रोगको रोकथाम गर्न सकिने बताउनु भयो । उहाँले जाँचको दायरा बढाउनु पर्ने कुरामा जोड दिनुभयो ।
मधेश प्रदेश मा एचआईभी तथा एड्स नियन्त्रणका लागि सरकारी तथा सामुदायिक तहबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। राष्ट्रिय रणनीतिअनुसार सन् २०३० सम्म नेपालमा एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखिएको छ भने सन् २०२६ सम्म “९५–९५–९५” लक्ष्य हासिल गर्ने अभियानलाई तीव्र बनाइएको छ ।
राष्ट्रिय रणनीतिअनुसार एचआईभी संक्रमितमध्ये ९५ प्रतिशतले आफ्नो संक्रमण अवस्थाबारे जानकारी पाउने, पहिचान भएकामध्ये ९५ प्रतिशत उपचारमा पहुँच हुने र उपचारमा रहेका ९५ प्रतिशत संक्रमितको भाइरल लोड न्यून अवस्थामा पु¥याउने लक्ष्य तय गरिएको छ। साथै, संक्रमित आमाबाट बच्चामा संक्रमण सर्ने अवस्था उन्मूलन गर्ने, नयाँ संक्रमण ९० प्रतिशतले घटाउने तथा शून्य भेदभाव कायम गर्ने उद्देश्य राखिएको छ ।
विशेषगरी सुईमार्फत लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी समुदाय, वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कारागारका कैदीहरू उच्च जोखिम समूहमा रहेका छन्।
मधेश प्रदेशमा उपचार र सेवा विस्तार
मधेश प्रदेशका विभिन्न स्वास्थ्य संस्थाबाट एचआईभी सम्बन्धी निःशुल्क परामर्श, परीक्षण तथा उपचार सेवा सञ्चालन भइरहेका छन्। नवजात शिशुको रगत परीक्षण, भाइरल लोड जाँच, यौनरोग तथा अवसरवादी संक्रमणको उपचार, औषधि आपूर्ति व्यवस्थापन र परामर्श सेवा नियमित रूपमा उपलब्ध गराइँदै आएको छ । नारायणी अस्पताल मा विशेष एआरटी सेवा सञ्चालन हुँदै आएको छ। साथै समुदायस्तरमा भेटिएका संक्रमितलाई उपचारमा जोड्ने, भाइरल लोड परीक्षणका लागि नमुना संकलन तथा ढुवानीमा सहयोग गर्ने कार्य पनि भइरहेको छ । एचआईभी संक्रमित १८ वर्षमुनिका बालबालिकालाई मासिक नगद सहयोग कार्यक्रमसमेत सञ्चालनमा रहेको छ । यसका अतिरिक्त, समुदायमा आधारित हेरचाह, लक्षित समूहमा कण्डम तथा लुब्रिकेन्ट वितरण, हानि न्यूनीकरण कार्यक्रम र प्रि–एक्सपोजर प्रोफिल्याक्सिस (पीआरईपी) सेवाको विस्तार गरिएको छ।
संक्रमण घट्दो, चुनौती अझै बाँकी
विश्वव्यापी रूपमा सन् १९८१ देखि २०२३ सम्म करिब ९ करोडभन्दा बढी मानिस एचआईभीबाट संक्रमित भइसकेका छन् भने ४ करोडभन्दा बढीको एड्सका कारण मृत्यु भइसकेको छ। यद्यपि पछिल्ला वर्षहरूमा नयाँ संक्रमण घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
मधेश प्रदेशमा पनि परीक्षण र उपचार सेवाको पहुँच विस्तारसँगै संक्रमितहरू उपचारमा नियमित आउन थालेका छन्। सेन्टर अफ एक्सेलेन्स, एआरटी साइट तथा भाइरल लोड परीक्षण केन्द्रहरूको विस्तारले सेवामा सहजता थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
कोभिड–१९ जस्ता विषम परिस्थितिमा समेत एआरभी औषधिको होम डेलिभरी, बहुमहिने औषधि वितरण र ओएसटी सेवाको व्यवस्था गरिएको थियो, जसले उपचार निरन्तरतामा सहयोग पुगेको बताइएको छ ।
लाञ्छना र भेदभाव अझै ठूलो समस्या
स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूका अनुसार एचआईभी संक्रमितप्रति हुने लाञ्छना, डर र सामाजिक विभेद अझै पनि चुनौतीका रूपमा रहेको छ। संक्रमित व्यक्तिको अधिकार, सम्मान र समान व्यवहार सुनिश्चित गर्न समुदायस्तरमा थप सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ ।
विशेषगरी वैदेशिक रोजगारीका लागि लामो समय घरबाहिर बस्ने व्यक्तिहरू अझै सेवाको पहुँचभन्दा बाहिर रहेको जनाइएको छ। प्रदेशस्तरमै भाइरल लोड परीक्षण सेवा नियमित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
आगामी आवश्यकता
विशेषज्ञहरूका अनुसार एचआईभी नियन्त्रण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय सरकारको अपनत्व बढाउनुपर्ने, स्वास्थ्य संस्थामा आपूर्ति व्यवस्थापन नियमित गर्नुपर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने देखिएको छ।
त्यस्तै, एचआईभी संक्रमित तथा जोखिम समूहका व्यक्तिहरूको जीविकोपार्जनसँग जोडिएका आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र समुदायस्तरमा भेदभावविरुद्ध व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको छ।
सरकार, समुदाय, स्वास्थ्य संस्था र सरोकारवालाहरूबीचको सहकार्य बलियो बनाउन सकेमा “सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने” राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
एएचएफ नेपाल सन् २००८ देखि नेपालमा एचआईभी÷एड्सको रोकथाम, परीक्षण, र निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको एक प्रमुख संस्था हो। यसले नेपाल सरकारको २० वटा एआरटी क्लिनिक र साझेदार संस्थाहरू मार्फत सेवा दिँदै आएको छ । एएचएफ नेपालका मुख्य कार्यहरूःनिःशुल्क सेवाः एचआईभी परीक्षण, एआरटी उपचार, र परामर्श सेवाहरू।रोकथामः कण्डम वितरण र सुरक्षित यौन शिक्षा।स्वास्थ्य सेवाः एचआईभी संक्रमित आमाबाट जन्मिएका शिशुहरूको सुरक्षा र उपचार।सहकार्यः नेपाल सरकारसँग समन्वय र सहयोग रहेका छन् ।
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
7 घन्टा पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
7 घन्टा पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
1 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 दिन पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
13 दिन पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
16 दिन पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
1 महीना पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
2 महीना पहिले
नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..
जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..
5 महीना पहिले
कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..
जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..
5 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..
मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाको भूम..
जनकपुरधाम असार ४ गते ।मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाको आयोजनामा तथा कुर्वे उस्त्रोको सहयोगमा “म..
सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..
जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..