कमला नगरपालिकामा “सशक्त बालिका परियोजना” अन्तरगत अनुगमन सम्पन्न

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ ४ गते । धनुषाको कमला नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत कमला नगरपालिका वडा नं. १, २ र ३ का विभिन्न समूहहरूमा नगरपालिका स्तरीय अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
अनुगमनका क्रममा कमला नगरपालिका वडा नं. ३ पर्सास्थित “माँ सन्तोषी परिवर्तनका सम्बाहक किशोर–किशोरी समूह” मा आयोजित कार्यक्रममा नगर प्रमुख विशेश्वर यादवले विद्यार्थीहरूले पढाइसँगै आफ्ना अधिकारका विषयमा पनि सचेत भई बोल्नुपर्ने बताउनुभयो । त्यसैगरी वडा नं. १ मंगराहाका पुरुष समूह तथा वडा नं. २ तेलयाहाका स्वस्थ आमा समूहका सदस्यहरूलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले दुबरकोटमा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । उहाँले सुत्केरी गराउन त्यहाँ जान आग्रह गर्दै आवश्यक परे पालिकाको एम्बुलेन्समार्फत जनकपुरधामसम्म निःशुल्क सेवा उपलब्ध गराइने बताउनुभयो। साथै केही दिनभित्र स्वास्थ्य चौकीहरूमा औषधि उपलब्ध गराइने र निकट भविष्यमा गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिने आश्वासन दिनुभयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग कमला नगरपालिकाको समन्वय तथा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहले विद्यार्थीहरूसँग पालिकाबाट उपलब्ध गराइने सेनेटरी प्याड, शैक्षिक सामग्री तथा छात्रवृत्तिका विषयमा जानकारी लिनुभएको थियो। अधिकांश विद्यार्थीहरूले नियमित रूपमा सेनेटरी प्याड, आइरन चक्की तथा छात्रवृत्ति रकम नपाएको गुनासो गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत साहले परियोजना सञ्चालनपछि समूहहरूमा आएको परिवर्तनका विषयमा समेत जानकारी लिनुभएको थियो । अनुगमन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सर्वदेव यादव , वडा नं. २ का वडाध्यक्ष ठक्कु यादव, वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव , स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुर, स्वास्थ्य शाखा सह–संयोजक अमरेश कुमार यादव लगायतको सहभागिता रहेको थियो । त्यसैगरी सपोर्ट नेपालका सदस्य गंगा प्रसाद साह, सशक्त बालिका परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत अनिल साह, लेखा तथा प्रशासन प्रमुख ब्रह्म नारायण चौधरी, कार्यक्रम अधिकृत रिमा झा लगायतको उपस्थिति रहेको थियो ।

सपोर्ट नेपालका तर्फबाट वडा नं. १ का फिल्ड सुपरभाइजर आशिष सिंह दनुवारले पुरुष समूहमा बालबालिकाको पाँच प्रकारका विकास, खानेपानी तथा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकाको उचित विकासका लागि आमा र बाबु दुवैको समान सहभागिता आवश्यक रहेको भन्दै अभिभावकहरूलाई तालिमसमेत प्रदान गरिएको बताउनुभयो । वडा नं. १ हथलेटवा स्थित खानेपानी, स्वच्छता तथा सरसफाइ समितिका अध्यक्ष रामसुन्दर ठाकुरले समुदायमा शौचालय निर्माण र सरसफाइ अभियान प्रभावकारी बनेको बताउनुभयो।

खुला स्थानमा दिसापिसाब गर्दा हुने स्वास्थ्य समस्याबारे तालिम पाएपछि समुदायमा सरसफाइप्रति चेतना बढेको उहाँको भनाइ थियो । तेलयाहाका आमा समूहका सदस्यहरूले गर्भावस्थामा नियमित पोषणयुक्त खाना खाने, स्वास्थ्य जाँच गराउने, आइरन चक्की सेवन गर्ने तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने विषयमा जानकारी पाएको बताएका थिए । परिवर्तनका सम्बाहक सहजकर्ता आशा कुमारी यादवले बालविवाह लगायतका सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो। छात्रा अञ्जली कुमारी यादवले कक्षामार्फत बालविवाह र भागी विवाह गलत भएको तथा आफ्ना अधिकारका लागि अघि बढ्नुपर्ने शिक्षा पाएको बताइन् । त्यस्तै “माँ सन्तोषी परिवर्तनका सम्बाह केन्द्र” का छात्र सीताशरण कुमार यादवले कक्षामार्फत सामाजिक व्यवहार र चेतना सम्बन्धी ज्ञान हासिल गरेको बताए । कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड सुपरभाइजर बेचन सिंहले गर्नुभएको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले