विदेहमा ‘सशक्त बालिका परियोजना’को समीक्षा ः बालविवाह न्यूनीकरणदेखि पोषण सुधारसम्म सकारात्मक संकेत

4 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ १२ गते ।
धनुषा जिल्लाको विदेह नगरपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजनाको पालिका स्तरीय परियोजना सम्बन्धि वार्षिक समीक्षा गोष्ठी मंगलबार पालिकाकै सभा हलमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग बिदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडिआरसी) एवम् सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)को संयुक्त आयोजनामा भएको सो समिक्षा बैठकमा सहभागीहरुले परियोजनाबाट स्थानीय स्तरमा धेरै परिवर्तन भईरहेकाले बाँकी रहेका वडाहरुमा समेत यस्तो कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।

सीएफडब्लुएका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सो समिक्षा बैठकमा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत टोल राज उपाध्यायले विगत दुई वर्षमा भएको काम सराहनीय रहेको भन्दै बाकी रहेका वडाहरुमा थप काम गर्नुपर्ने बताउनु भयो । उहाँले परियोजना अनतरगत भएका २८ वटा कार्यक्रमहरुले लक्षित वर्गमा पर्नेको साकारातमक प्रभावको बारेमा रिपोर्ट बनाउन आग्रह गर्दै बाँकी काममा पालिकाले समन्वय गर्ने बताउनु भयो । जुन रुपमा प्लानले गरेको काम र जनाताले गरेको विस्वासलाई कम नगर्न बाँकी रहेको वडामा समेत बढी प्रभावकारीताका साथ काम गर्न आग्रह गर्नुभयो । एसडिआरसीका अध्यक्ष मञ्जु कुमारी यादवले स्वागत मन्तव्य राख्नु भएको सो बैठकमा बोल्दै स्वास्थ्य शाखा प्रमुख मनोहर यादवले परियोजना अन्तरगत सररफाईका साथै प्राङगारिक मल उत्पादन गरी करेसाबारीमा तयार गरिएको पोषण युक्त तरकारीको प्रयोग गाउँघरमा बढेको बताउनु भयो ।
ठाडी स्वास्थय चौकीका ईचार्ज विनोद शर्माले पालिकाको नगरसभाबाट बजेट विनियोजन गरी जनस्वास्थ्यका क्षेत्रमा नीतिगत रुपमा अगाडी बढ्न व्यापक अन्तरक्रिया गरी काम गर्नुपर्ने बताउनु भयो । त्यस्तै एकराही स्वास्थ्य चौकीका ईचार्ज रामविलास पण्डितले परियोजना संचालन भएको वडाहरुमा आमा समुह सक्रिय भएपछि वडा नं. २ र ८ बाहेक अन्य वडाले स्वास्थ्यमा फर्को मारेको बताउनु भयो ।

आम जनमानसमा सरसफाई सम्बन्धि जनचेताना भएपछि विदेह नगरपालिकाका सरुवा रोगमा कमि आएको दावी गर्नुभयो । सो बैठकमा बोल्दै वडा नं. ६ का वडाध्यक्ष जय राम मंडलले परियोजना संचालन भएपछि बालबालिकाको लागि पोषण, शिक्षा , आमा समुहमा जनचेताना लगायतका धेरै पक्षमा विकास भएको बताउनु भयो । यसले समाजलाई अगाडी बढाउन सहयोग गर्ने भएकाले पालिकाको बजेटबाट समेत यस्ता कामहरु अगामी दिनमा गर्नुपर्ने धारण राख्नु भयो । सो बैठकमा सशक्त वालिका परियोजनाका एसडिआरसीका कार्यक्रम संयोजक विवश श्रेष्ठले वर्ष भरि गरिएको गतिविधिहरु कार्यपत्र मार्फत प्रस्तुत गर्नुभएको थियो ।

बालबालिका, किशोरीहरु विशेष गरी बालिका र युवतीहरुलाई वालविवाह तथा जबर्जस्ती बिवाहबाट मुक्त भई बाँच्न पाउने अधिकार यो परियोजनाको मुख्य लक्ष्य रहेको बताउनु भयो । ३ वर्ष मुनिका वालबालिकाका अधिभभावक तथा तिनिहरुका प्रमुख सेवा प्रदायक यो परियोजनाको लक्षित समुह रहेका छन् । प्रारम्भिक बाल विकासको अवधारणा,अवस्था,परियोजनाको वार्षिक लक्ष्य र उपलब्धिहरु,गरिएका कामहरु, सिकाई लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै सीएफडब्लुएका तर्फबाट कार्यक्रम संयोजक मोमताज राय भाटले प्रस्तुतीकरण गर्दै बाल प्रत्याभूत परियोजना अन्तरगत बालबालिकाहरुका लागि भएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै सशक्त वालिका परियोजना अन्तरगत सीएफडब्लुएले संचालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एसडिआरसीका परियोजनाका कार्यक्रम अधिकृत रियाज अहमदले कार्यक्रमका विषयमा जानकारी गराउनु भएको थियो । सो समिक्षा बैठकमा विभिन्न वडाका वडाध्यक्ष, वडासदस्यहरु, विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरु,दुबै संस्थाका परियोजनाका कार्यक्रम अधिकृत, फिल्ड सुपरभाइजर लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा दुबै संस्था अन्तरगत परियोजना संग सम्बनिधत सम्पुर्ण क्रियाकलापहरुको बारेमा लक्ष्य, उपलब्धीमा आधारित रही छलफल गरिएको थियो । साथै अगामी दिनमा छुटेका वडाहरुलाई समेत समेट्नुका साथै लक्षित समुहहरुलाई एकतृत गरी अगामी क्रियाकलापहरु अझ प्रभावकारीताका साथ गर्ने सुझाब दिएको छ । परियोजनाको माध्यमबाट विगत वर्षको तुलनामा यस वर्षमा विभिन्न सुचकहरुमा सुधार भएको बैठकमा जानकारी गराईको थियो । कार्यक्रमको संचालन फिल्ड सुपरभाइजर जिवछ दासले गर्नुभएको थियो । यो परियोजना विदेह नगरपालिकाको वडा नं. २,३,५,६,७,८ र ९ मा संचालित छन् ।

 

 

12 comments
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 घन्टा पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 घन्टा पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

20 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

20 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

2 दिन पहिले

जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..

जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..

2 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

20 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

20 घन्टा पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

4 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

7 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

8 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

15 दिन पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..