‘सशक्त बालिका परियोजना’को वार्षिक समिक्षा बैठक सम्पन्न

3 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ १४ गते ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजनाको पालिका स्तरीय परियोजना सम्बन्धि वार्षिक समिक्षा गोष्ठी बुधबार पालिकाकै सभा हलमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग जनकनन्दिनी गाउँपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडिआरसी) एवम् सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)को संयुक्त आयोजनामा भएको सो समिक्षा बैठकमा सहभागीहरुले परियोजनाबाट स्थानीय स्तरमा धेरै परिवर्तन भईरहेकाले बाँकी रहेका वडाहरुमा समेत यस्तो कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।
एसडिआरसीका अध्यक्ष मञ्जु कुमारी यादवको अध्यक्षतामा भएको सो समिक्षा बैठकमा सन् २०२५ को जुलाई देखि २०२६ को मई महिना सम्म जनकनन्दिनी गाउँपालिकामा एसडिआरसी र सीएफडब्लुए द्वारा संचालित सशक्त वालिका परियोजना अन्तरगतको सम्पुर्ण क्रियाकलापहरुको बारेमा लक्ष्य र उपलब्धिमा आधाररित बिस्तृत छलफल गरिएको थियो । सो बैठकमा खुल्ला छलफल अन्तरक्रियाका क्रममा उपस्थित पालिका उप्रममुख, जनप्रतिनिधि र सरोकारबलाहरुले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र बाँकी रहेका वडा नं. ५ मा समेत यो परियोजना संचालन गर्नुपर्ने माग राखेका थिए ।
सो बैठकमा सशक्त वालिका परियोजनाका एसडिआरसीका कार्यक्रम संयोजक विवश श्रेष्ठले वर्ष भरि गरिएको गतिविधिहरु कार्यपत्र मार्फत प्रस्तुत गर्नुभएको थियो । बालबालिका, किशोरीहरु विशेष गरी बालिका र युवतीहरुलाई वालविवाह तथा जबर्जस्ती बिवाहबाट मुक्त भई बाँच्न पाउने अधिकार यो परियोजनाको मुख्य लक्ष्य रहेको बताउनु भयो । ३ वर्ष मुनिका वालबालिकाका अधिभभावक तथा तिनिहरुका प्रमुख सेवा प्रदायक यो परियोजनाको लक्षित समुह रहेका छन् । प्रारम्भिक बाल विकासको अवधारणा,अवस्था,परियोजनाको वार्षिक लक्ष्य र उपलब्धिहरु,गरिएका कामहरु, सिकाई लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै सीएफडब्लुएका तर्फबाट कार्यक्रम संयोजक मोमताज राय भाटले प्रस्तुतीकरण गर्दै बाल प्रत्याभूत परियोजना अन्तरगत बालबालिकाहरुका लागि भएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै सशक्त वालिका परियोजना अन्तरगत सीएफडब्लुएले संचालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा एसडिआरसीका परियोजनाका कार्यक्रम अधिकृत रियाज अहमदले कार्यक्रमका विषयमा जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रमको त्रैमासिक तथा अर्धवार्षिक रुपमा वडास्तरी तथा पालिका स्तरीय रिपोर्टहरु प्रत्याभूत बालिकाहरुको डाटा दिनुपर्ने विषयमा छलफल भएको थियो । सो कार्यक्रममा बोल्दै जनकनन्दिनी गाउँपालिकाका उपप्रमुख कमला सहगलले यो कार्यक्रम समुदायमा प्रभावकारी भईरहेकाले यसलाई निरनतरता दिई बाँकी रहेका वडामा समेत संचालन गर्न आग्रह गर्नुभयो । उहाँले आफुले पनि सबै वडामा अनुगमन गर्दा बालबालिका तथा स्वास्थ्य आमा समुह लगायतका लक्षित वर्गमा साकारात्मक परिवर्तन आएको बताउनु भयो ।
छलफल उठेका प्रश्नहरको जवाफ सहयोगी संस्था प्लान इन्टरनेशनलका तर्फबाट सहभागी हुनु भएका मिहिर कुमार झाले दिनुभएको थियो । सो कार्यक्रममा पालिकाका मेयर दिपिन देव यादव, सीएफडब्लुएका अध्यक्ष महेन्द्र प्रसाद यादव,शिक्षा शाखा प्रमुख ऋिषिकेश यादव,स्वास्थ्य शाखाका प्रमुख सिकिन्दर साह वडा नं. २ का अध्यक्ष अब्दुल मल्लिक,वडा नं. १ का स्वास्थ्य चौकी प्रमुख दयानन्द ठाकुर, लगायतकाले मन्तव्य राख्नु भएको थियो । सो समिक्षा बैठकमा विभिन्न वडाका वडाध्यक्ष, वडासदस्यहरु, विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरु,दुबै संस्थाका परियोजनाका कार्यक्रम अधिकृत, फिल्ड सुपरभाइजर लगायतको सहभागिता रहेको थियो ।

 

12 comments
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 घन्टा पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 घन्टा पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

20 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

21 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

2 दिन पहिले

जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..

जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..

2 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

20 घन्टा पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

21 घन्टा पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

4 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

7 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

8 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

15 दिन पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..