कमला नगरपालिकामा सशक्त वालिका परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

3 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २१ गते ।
धनुषा जिल्लाको कमला नगरपालिकामा संचालित सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण बिहिबार सम्पन्न भएको छ । सपोर्ट नेपालको संयोजकत्वमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तरगत कमला नगरपालिका वडा नं. १,२,३ र ४ मा भएका कामहरुका बारेमा सरोकारबला सबै पक्ष संगको उपस्थितीमा सामाजिक लेखा परिक्षण समपन्न भएको छ । सपोर्ट नेपालका कार्यवाहक अध्यक्ष सुनिल कुमार मल्लिकको अधयक्षता तथा कमला नगरपालिकाका मेयर विशेश्वर यादवको प्रमुख आतिथ्यमा भएको सो परिक्षणमा सहभागीहरुले परियोजना अन्तरगत वडास्तरमा सरसफाई, करेसाबारी, बालिकालाई सशक्तिकरण, स्वास्थ्य आमा समुह लगायतका विभिन्न पक्षहरुलाई लाभ भएकाले उक्त परियोजनालाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक संजीब कुमार जोशीले एक वर्ष भित्र भएका कामहरुको प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले परियोजनाको लक्ष्य, समष्टिगत उद्देशय,उद्देश्य, लक्षित समुह,उपलब्धि,असल अभ्यास तथा सिकाईको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । परियोजनाका फिल्ड सुपरभाइजर बेचन सिँहले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा परियोजनाका अनुगमन मुल्यांकन अधिकृत अनिल साहले प्रारम्भिक बालविकास सम्बन्धि भएका क्रियाकलापहरुको बजेट सहितको जानकारी गराउनु भएको थियो ।

त्यस्तै कार्यक्रम अधिकृत रिमा झाले परियोजना अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य अधिकार समबन्धि भएका क्रियाकलापहरुको बारेमा सविस्तार जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विज्ञ मिहिर कुमार झाले आफुहरुको कार्यालय जनकपुरधाममा नै रहेकाले यो परियोजना समाप्त भएपनि अन्य कुनै नयाँ विषयमा पालिकामा काम गर्ने आश्वासन दिनुभएको थियो उहााले परियोजना समाप्त हुनलागेपनि पालिकाले अहिले सम्म भएको कामहरुको सिकाइका आधारमा बाँकी वडा तथा अहिलेको परियोजनास ंचालन भएको वडाहरुमा यस्ता गतिविधिहरुको निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको थियो ।

परियोजना संचालन भएदेखि चार वडामा परिवर्तन देखिएको सो वडाका अध्यक्षहरु, योजना शाखाका प्रमुख,स्वास्थ्य शाखाका कर्मचारीहरु,वडाध्यक्षहरु आमा समुह, सीओसी च्याम्पियनहरु, अभिभावक समुह लगायतका सहभागीहरुले बताएका थिए । सो कार्यक्रममा परियोजनाका फिल्ड सुपरभाइजरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार धर्वेन्द्र झाले गनुृभएको थियो । सामाजिक लेखा परिक्षणमा सहभागी सरोकारबलाहरुले यो परियोजनाले समाजमा धेरै परिवर्तन भएको बताउदै यसले बालिकाहरुको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका जानकारी दिएका थिए । उक्त सामाजिक लेखा परिक्षण संतोषजनक रहेको स्थानीयवासीको भनाई छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले