सवैला नगरपालिकाको प्रारम्भिक बाल विकास तथा संरक्षण रणनीति मस्यौदामाथि छलफल सम्पन्न

3 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २६ गते । सवैला नगरपालिकाको प्रारम्भिक बाल विकास तथा संरक्षण रणनीतिको मस्यौदामाथि समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। योजना इन्टरनेशनल नेपालको साझेदारी तथा जानकी महिला जागरण समाज –ज्वास) द्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रारम्भिक बाल विकास तथा संरक्षण रणनीतिको मस्यौदामा समावेश गरिएका विषयवस्तुहरूमाथि विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले मस्यौदामा उल्लेखित व्यवस्था, लक्ष्य, उद्देश्य तथा कार्यान्वयन पक्षका विषयमा सुझाव प्रदान गरेका थिए। छलफलका क्रममा प्राप्त सुझावहरूलाई समेट्दै मस्यौदामा आवश्यक परिमार्जन, तथ्यांकको शुद्धीकरण तथा थप विषयवस्तु समावेश गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अद्यावधिक तथ्यांक, सूचना तथा आवश्यक सुझावहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, रणनीतिलाई थप परिष्कृत गरी विधायन समितिमा छलफलका लागि पेश गर्ने र समितिको सिफारिस पश्चात आगामी कार्यपालिका बैठकबाट पारित गर्ने निर्णय समेत गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, बाल विकाससँग सम्बन्धित सरोकारवालाहरू तथा योजना इन्टरनेशनल नेपाल, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा र जानकी महिला जागरण समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले प्रारम्भिक बाल विकास क्षेत्रमा स्थानीय सरकारको स्पष्ट रणनीति निर्माण हुनुले बालबालिकाको समग्र विकास, संरक्षण तथा गुणस्तरीय सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा रणनीतिलाई यथाशीघ्र अन्तिम रूप दिई कार्यान्वयनमा लैजान सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले