विश्व वातावरण दिवसमा शहीद नगरपालिकाको विद्यालयमा १०० विरुवा रोपियो

5 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम
जेठ २६ गते— विश्व वातावरण दिवसको अवसरमा धनुषाको शहीद नगरपालिका–स्थित श्री जनता इकाई माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन्।
व्इब् को आर्थिक सहयोग तथा ह्याविटयाट नेपालको साझेदारीमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत शहीद नगरपालिका, जिल्ला वन कार्यालय धनुषा, जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त वित्तीय संस्था, थ्रीजिरो क्लब तथा श्री जनता इकाई माध्यमिक विद्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
सहारा नेपालका धनुषा जिल्ला संयोजक राममनोहर मोचीका अनुसार विद्यालय परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न जातका विरुवा रोपिएको हो। विद्यालयका कृषि संकाय संयोजक तथा कृषि प्रशिक्षक जितेन्द्र मण्डल र सहारा नेपालका उदयपुर जिल्ला अधिकृत सोमा कोइरालाको प्राविधिक सहयोगमा कृषि संकायमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
वृक्षारोपणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सहारा नेपालकी युवा तथा सरोकारवाला अधिकृत विमला गुरुङले पछिल्लो समय बढ्दो कार्बन उत्सर्जनका कारण वातावरणीय चुनौती थपिएको उल्लेख गर्दै वृक्षारोपणले वातावरण संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक प्रदीप साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद नगरपालिकाकी उपप्रमुख सुनिता महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै वृक्षारोपण मानव जीवन र भावी पुस्ताको कल्याणसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्य भएको बताउनुभयो । साथै, रोपिएका विरुवाको संरक्षण र संवद्र्धन गर्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो।

सहारा नेपालका सिरहा जिल्ला अधिकृत रामभरोसी महतोले सञ्चालन गर्नुभएको अन्तरक्रियामा ह्याविटयाट नेपालका माधव चौरेलले होम्स नेपाल परियोजना तथा संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा सहभागी जीवन विकास लघुवित्त वित्तीय संस्थाले विद्यालयलाई फोहोर व्यवस्थापनका लागि एक थान बकेट तथा फरवार्ड लघुवित्त वित्तीय संस्थाले १० थान झाडु हस्तान्तरण गरेका थिए।
वातावरण संरक्षणप्रति विद्यार्थी र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले हरित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

 

12 comments
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

11 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

11 दिन पहिले

धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..

जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..

11 दिन पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

13 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

14 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

17 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

17 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

1 महीना पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 महीना पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

1 महीना पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

1 महीना पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

2 महीना पहिले