जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अनुगमन, म्याद गुज्रेका खाद्य पदार्थ फेला

4 महीना पहिले प्रकाशित

Smrititimes



जनकपुरधाम,
असार १० गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्रको संयुक्त अनुगमनका क्रममा विभिन्न खाद्य स्वच्छता सम्बन्धी कमजोरी फेला पारेको छ ।
बुधबार अनुगमनका क्रममा जनकपुरधामको रमणन्द चोकस्थित मिथिला थालीमा म्याद समाप्त भएको १०० ग्रामको एक प्याकेट बेकिङ पाउडर फेला परेको थियो। साथै, किचनको सरसफाइमा कमी रहेको र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण नगरिएको पाइएको कार्यालयले जनाएको छ।

अनुगमनमा खटिएका खाद्य निरीक्षक प्रविण कुमार तिवारीले म्याद गुज्रेका खाद्य पदार्थ प्रयोग नगर्न, किचनको सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य स्वच्छता कायम गर्न निर्देशन दिनुभयो ।
त्यसैगरी, क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिमा गरिएको अनुगमनका क्रममा लेबल नभएका पाउरोटीका तीन प्याकेट तथा म्याद गुज्रेको डीडीसी दूधका आधा लिटरका छ वटा प्याकेट फेला परेका थिए।
अनुगमन टोलीले रिसोर्ट सञ्चालकलाई लेबल नभएका तथा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गर्न लगाएको थियो। साथै, खाद्य निरीक्षक प्रमोद बुढाथोकीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य स्वच्छता कायम गर्न, फ्रिजमा खाद्य पदार्थ भण्डारण गर्दा शाकाहारी, मांसाहारी, पाकेका तथा नपाकेका खाद्य पदार्थ छुट्टाछुट्टै राख्न तथा सबै खाद्य सामग्रीमा लेबलिङ गरी व्यवस्थित भण्डारण गर्न निर्देशन दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सम्पन्न उक्त अनुगमनमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, खाद्य अनुसन्धान अधिकृत रमेश कुमार दाहाल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा पत्रकार बटुकनाथ झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक विन्दाराय यादव लगायतको सहभागिता रहेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

24 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

24 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

1 महीना पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

1 महीना पहिले