जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अनुगमन, म्याद गुज्रेका खाद्य पदार्थ फेला
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
असार १० गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्रको संयुक्त अनुगमनका क्रममा विभिन्न खाद्य स्वच्छता सम्बन्धी कमजोरी फेला पारेको छ ।
बुधबार अनुगमनका क्रममा जनकपुरधामको रमणन्द चोकस्थित मिथिला थालीमा म्याद समाप्त भएको १०० ग्रामको एक प्याकेट बेकिङ पाउडर फेला परेको थियो। साथै, किचनको सरसफाइमा कमी रहेको र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण नगरिएको पाइएको कार्यालयले जनाएको छ।
अनुगमनमा खटिएका खाद्य निरीक्षक प्रविण कुमार तिवारीले म्याद गुज्रेका खाद्य पदार्थ प्रयोग नगर्न, किचनको सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य स्वच्छता कायम गर्न निर्देशन दिनुभयो ।
त्यसैगरी, क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिमा गरिएको अनुगमनका क्रममा लेबल नभएका पाउरोटीका तीन प्याकेट तथा म्याद गुज्रेको डीडीसी दूधका आधा लिटरका छ वटा प्याकेट फेला परेका थिए।
अनुगमन टोलीले रिसोर्ट सञ्चालकलाई लेबल नभएका तथा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गर्न लगाएको थियो। साथै, खाद्य निरीक्षक प्रमोद बुढाथोकीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य स्वच्छता कायम गर्न, फ्रिजमा खाद्य पदार्थ भण्डारण गर्दा शाकाहारी, मांसाहारी, पाकेका तथा नपाकेका खाद्य पदार्थ छुट्टाछुट्टै राख्न तथा सबै खाद्य सामग्रीमा लेबलिङ गरी व्यवस्थित भण्डारण गर्न निर्देशन दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सम्पन्न उक्त अनुगमनमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, खाद्य अनुसन्धान अधिकृत रमेश कुमार दाहाल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा पत्रकार बटुकनाथ झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक विन्दाराय यादव लगायतको सहभागिता रहेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
5 दिन पहिले
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
5 दिन पहिले
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
6 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
6 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
6 दिन पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..
8 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
8 दिन पहिले
नगराईन नगरपालिकामे विश्व स्तनपान सप्ताहक अवसर पर जनचेत..
नगराईन, साउन २१ गते । “दिगो जीवनक स्वस्थ शुरुआत ः प्रभावकारी स्तनपान लेल सभक साथ” भन्ने मूल नाराक संग विश्व ..
9 दिन पहिले
विदेह नगरपालिकामे सामुदायिक विपद् प्रतिकार्य प्रशिक्ष..
जनकपुरधाम, साउन २० : विदेह नगरपालिकामे बुधदिन विष्णुदल गण, महेन्द्रनगरक नेपाल आर्मीक टोलीद्वारा सामुदा..
10 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
19 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
1 महीना पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..