सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका सेवा विस्तार
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आकस्मिक उपचारदेखि आईसीयू, एनआईसीयू र शल्यक्रियासम्मका सेवा सञ्चालनमा ल्याएको छ । यसअघि ओपीडी, अल्ट्रासाउन्ड, इको, ल्याब, प्याथोलोजी र एक्सरे सेवा दिँदै आएको अस्पतालले अब करिब ५० शैयाको क्षमतामा थप स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको हो।
अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. राजिब कुमार झाका अनुसार नयाँ संरचनासँगै सामान्य प्रसूति, शल्यक्रिया, ट्रमा व्यवस्थापन, आकस्मिक उपचार, आईसीयू, एनआईसीयू र जनरल वार्ड सञ्चालनमा ल्याइएको छ । स्थानीय बिरामीलाई सामान्य उपचारका लागि समेत अन्य शहरका अस्पतालमा रेफर गर्नुपर्ने अवस्था घटाउने उद्देश्यले सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ । सिया मेडिकेयरले आगामी दिनमा डायलाइसिस र न्युरोट्रमा सेवासमेत सञ्चालनमा ल्याउने तयारी गरेको डा. झाले जानकारी दिनुभयो । आइबार पारिवारिक सदस्यहरुको उपस्थितीमा डा.झाले आफ्ना बुवा र छोरीको हातबाट इमर्जेन्सी तथा आइसीयु सेवाको उद्घाटन गराउनुभएको छ ।
अस्पतालले स्वास्थ्य सेवासँगै सरसफाइ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। विशेषज्ञ चिकित्सकबाट प्रदान गरिने उपचार, प्याथोलोजी तथा विभिन्न स्वास्थ्य परीक्षणमा गुणस्तर कायम गर्ने विषयलाई अस्पतालले आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।
अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर र शुल्कबीच सन्तुलन कायम गर्ने नीति लिएको जनाएको छ। जनकपुरधाममा प्रचलित शुल्कलाई आधार बनाएर सेवाको मूल्य निर्धारण गरिएको अस्पतालको भनाइ छ।
ल्याब परीक्षण, स्वास्थ्य परीक्षण, आईसीयू, अक्सिजनलगायतका सेवाको शुल्कलाई सकेसम्म सर्वसुलभ बनाउने प्रयास गरिएको मेडिकल डाइरेक्टरले बताए। उनका अनुसार अस्पतालको उद्देश्य अरू संस्थाभन्दा अत्यधिक महँगो वा सस्तो सेवा दिनुभन्दा आवश्यक गुणस्तर कायम गर्दै उचित मूल्यमा उपचार उपलब्ध गराउनु हो । सेवा विस्तारसँगै अस्पतालले आफ्नो प्याथोलोजी विभागलाई पनि आधुनिक उपकरणसहित सञ्चालन गरिरहेको जनाएको छ।
प्रयोगशालामा पूर्ण स्वचालित मेसिनसहितका उपकरण प्रयोग गरिएको र हाल ‘सी ग्रेड’मा ल्याब दर्ता रहेको अस्पतालले जनाएको छ । मेडिकल डाइरेक्टरका अनुसार प्रयोगशाला परीक्षणको विश्वसनीयताका लागि नियमित क्वालिटी कन्ट्रोल र उपकरणको क्यालिब्रेसन अनिवार्य हुन्छ। बिरामीको उपचारमा ल्याब रिपोर्टले महत्वपूर्ण भूमिका खेल्ने भएकाले परीक्षणको शुद्धता र विश्वसनीयतामा कुनै सम्झौता नगर्ने अस्पतालको भनाइ छ ।
डा. झाले नयाँ प्रविधिका उपकरणको निर्धारित समयअनुसार क्वालिटी कन्ट्रोल र क्यालिब्रेसन गरिनुपर्ने बताउँदै प्रयोगशाला सेवामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । बिरामीले परीक्षणका लागि तिरेको शुल्कअनुसार सही र भरपर्दो रिपोर्ट पाउनु अस्पतालको जिम्मेवारी भएको उहाँको भनाई छ ।
चिकित्सकसमेत रहेका अस्पताल सञ्चालकले उपचारमा प्रयोग हुने ल्याब रिपोर्टको महत्वलाई ध्यानमा राख्दै आफ्नै संस्थाको प्रयोगशालाबाट उपलब्ध हुने रिपोर्टको गुणस्तरमा विशेष निगरानी गरिएको बताउनुभयो । अस्पतालले आगामी दिनमा थप विशेषज्ञ चिकित्सक, अत्यावश्यक उपकरण तथा विशिष्ट स्वास्थ्य सेवा थप गर्दै जनकपुरधामलाई उपचारका लागि अन्यत्र निर्भर हुनुपर्ने अवस्था कम गर्ने लक्ष्य लिएको जनाएको छ ।
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
15 घन्टा पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
15 घन्टा पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..
16 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
2 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
6 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
7 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
21 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
29 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
30 दिन पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
2 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..