गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फरार

2 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल क्लिनिकमा अनुगमन गरेको छ । अनुगमनका क्रममा क्लिनिक बन्द अवस्थामा भेटिएपछि सञ्चालकको उपस्थितिबारे समेत प्रश्न उठेको छ ।

काउन्सिलको टोली क्लिनिक सञ्चालनका लागि आवश्यक दर्ता तथा अनुमति, कार्यरत चिकित्सकको नेपाल मेडिकल काउन्सिलमा भएको दर्ता, स्वास्थ्यकर्मीको शैक्षिक योग्यता र सेवा सञ्चालनसम्बन्धी अन्य कानुनी कागजात जाँच गर्न गौशाला पुगेको थियो । तर, टोली पुग्दा क्लिनिक बन्द रहेको र सञ्चालकसमेत सम्पर्कमा नआएको काउन्सिलले जनाएको छ ।

डेन्टल क्लिनिक तथा स्वास्थ्य संस्था सञ्चालनमा स्थानीय तहको भूमिका समेत महत्वपूर्ण हुने भएकाले घटनाले गौशाला नगरपालिकाको स्वास्थ्य शाखा तथा सम्बन्धित नियमनकारी निकायले निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन, दर्ता र मापदण्ड पालना भए/नभएको विषयमा कति प्रभावकारी रूपमा निगरानी गरिरहेको छ भन्ने प्रश्न उठाएको छ ।

स्थानीय तहबाट स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक अनुमति, दर्ता, पूर्वाधार, जनशक्ति तथा सेवा मापदण्डको अनुगमन हुनुपर्ने भए पनि कतिपय निजी स्वास्थ्य संस्थामा नियमित अनुगमनको अभाव देखिने गरेको स्थानीयस्तरमा गुनासो रहँदै आएको छ । यस्तो अवस्थामा संघीय नियमनकारी निकायले आएर अनुगमन गर्नुपर्ने अवस्थाले स्थानीय स्वास्थ्य प्रशासनको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

काउन्सिलले उक्त क्लिनिकमा कानुनी प्रक्रिया पूरा भए/नभएको, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको योग्यता र सम्बन्धित निकायमा उनीहरूको दर्तालगायतका विषयमा छानबिन भइरहेको जनाएको छ । अनुगमनका क्रममा क्लिनिक बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएको विषयलाई समेत गम्भीर रूपमा लिइएको टोलीको भनाइ छ ।

काउन्सिलको टोलीले आवश्यक प्रमाण तथा तथ्य संकलन गरी प्रचलित कानुन र सम्बन्धित निकायको नियमअनुसार थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

यसैबीच, स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको विषय भएकाले गौशाला नगरपालिकाको स्वास्थ्य शाखाले पनि नगर क्षेत्रमा सञ्चालनमा रहेका डेन्टल क्लिनिक तथा अन्य निजी स्वास्थ्य संस्थाको अवस्था, दर्ता, चिकित्सक तथा स्वास्थ्यकर्मीको योग्यता र सेवा मापदण्डको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय तह र संघीय नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुन सके मात्रै अवैध वा मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि समयमै निगरानी र कारबाही गर्न सकिने सरोकारवालाको भनाइ छ ।

अनुगमन टोलीसँगै नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजयकुमार शाह, नेपाल डेन्टल एसोसिएसन महोत्तरी–सर्लाहीका अध्यक्ष डा. गंगाराम खर्गा, नेपाल डेन्टल एसोसिएसन धनुषाका महासचिव डा. सुमन कर्ण, डा. राजेश शाहलगायत विज्ञ टोली पनि गौशाला पुगेको थियो ।

स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले निजी क्लिनिकको दर्ता र अनुमति मात्र नभई योग्य चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ कि छैन, आवश्यक उपकरण तथा पूर्वाधार छन् कि छैनन् र बिरामीको सुरक्षाका लागि तोकिएका मापदण्ड पालना भएका छन् कि छैनन् भन्ने विषयमा स्थानीय तहले समेत नियमित निगरानी गर्नुपर्ने देखिएको छ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

8 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

8 घन्टा पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

11 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

12 घन्टा पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

13 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

16 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्à¤..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्à¤..

28 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषाà..

1 महीना पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका सेà¤..

  जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आकà¤..

2 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..