गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद र २० हजार जरिवाना
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई उच्च अदालत जनकपुरधामले जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
आठ वर्ष पुरानो धनुषाको जनकनन्दिनी गाउँपालिका–२ मा १२ वर्षीया बालिकामाथि भएको बलात्कारसम्बन्धी घटनामा चिकित्सकद्वयले तयार पारेको प्रारम्भिक मेडिकल रिपोर्टमा बलात्कार भएको देखिने लक्षण नरहेको उल्लेख गरिएको थियो। पीडित पक्षले उक्त रिपोर्टप्रति असन्तुष्टि जनाएपछि बालिकाको पुनः स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा गरिएको थियो। दोस्रो परीक्षणमा भने शरीरमा चोटपटक तथा यौनजन्य हिंसासँग सम्बन्धित लक्षणहरू देखिएको रिपोर्ट आएको थियो।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरी मुद्दा अघि बढाएको थियो। विशेष अदालतले यसअघि चिकित्सकद्वयलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि उच्च अदालत जनकपुरधामले सजाय घटाउँदै जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना कायम गरेको हो।
उच्च अदालतको फैसलाअनुसार उनीहरूले यसअघि पुर्पक्षका क्रममा थुनामा बिताएको दुई दिनको अवधि कैद सजायबाट कट्टा गरिनेछ। साथै, पुर्पक्षका क्रममा राखिएको जनही २० हजार रुपैयाँ धरौटीबाट जरिवानाको रकम असुल गर्ने आदेशसमेत भएको छ।
अदालतले यो मुद्दालाई चिकित्सकीय प्रतिवेदनको विश्वसनीयतासँग मात्र सीमित नराखी नेपालको चिकित्सा–कानुनी प्रणालीमा सुधारको आवश्यकता समेत औँल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगलाई चिकित्सा–कानुनी परीक्षण, फरेन्सिक मेडिसिन, प्रतिवेदनको गुणस्तर, विशेषज्ञ जनशक्ति तथा प्रमाण संकलन र अभिलेखीकरण प्रणाली सुधार गर्न विभिन्न निर्देशन दिएको छ।
यस फैसलाले यौनजन्य अपराधको अनुसन्धानमा मेडिकल प्रतिवेदनको विश्वसनीयता र चिकित्सकको व्यावसायिक जिम्मेवारीको विषयलाई पुनः बहसमा ल्याएको छ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
8 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
9 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
9 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
9 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
24 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्à¤..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्à¤..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषाà..
1 महीना पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फà¤..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
2 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
2 महीना पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका सेà¤..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आकà¤..
2 महीना पहिले