औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष्पक्ष छानबिनको माग
45 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयलाई लिएर भएको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही नगर समितिले निष्पक्ष छानबिनको माग गरेको छ । रास्वपा औरही नगर समितिले विज्ञप्ति जारी गर्दै विकास निर्माणका विषयमा पहल गर्न नगरपालिका पुगेका स्थानीय युवा तथा किसान र नगर प्रमुखबीच विवाद बढ्दै गएपछि झडप भएको दाबी गरेको छ । समितिले घटनाका क्रममा पालिकाका मेयरले प्रदीपकुमार खड्काले स्थानीयलाई अपमानजनक शब्द प्रयोग गरिएको, झडपको अवस्था सिर्जना गरिएको तथा नगर परिसरमा बोलाइएका बाउन्सरमार्फत कुटपिट भएको आरोपसमेत लगाएको छ ।
समितिले घटनाको वास्तविकता सार्वजनिक गर्न नगरपालिकाभित्र तथा घटनास्थलमा रहेका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, भिडियो प्रमाण र सबै पक्षका भनाइलाई आधार बनाउनुपर्ने जनाएको छ । साथै, घटनामा प्रहरीको भूमिका, पक्राउ प्रक्रिया र सुरक्षा व्यवस्थाबारे समेत निष्पक्ष छानबिन गर्न माग गरिएको छ । रास्वपा औरही नगर समितिका सभापति संजित यादव र सचिव धिरजकुमार मण्डलद्वारा जारी विज्ञप्तिमा छानबिन अवधिभर नगर प्रमुख प्रदीपकुमार खड्कालाई पदबाट अलग राख्न वा पदमुक्त गर्न माग गरिएको छ । समितिले दोषी जोसुकै भए पनि प्रमाणका आधारमा कारबाही गर्नुपर्ने र निर्दोषलाई राजनीतिक प्रभावका आधारमा दोषी नबनाउन आग्रह गरेको छ ।
यसैबीच, रास्वपाका सांसद दिपककुमार साहले पनि औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडानको विषयमा भएको घटनाबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएका छन्। बुधबार संसद्मा बोल्दै साहले विकासका विषयमा छलफल गर्न नगर प्रमुखसमक्ष पुगेका युवाहरू र सम्बन्धित पक्षबीच विवाद बढ्दै जाँदा झडप भएको तथा चार जना युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको बताएका छन्।
सांसद साहले विकासको माग राख्दै स्थानीय सरकारसमक्ष पुग्नु र प्रश्न गर्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरे। उनका अनुसार विकास निर्माणका विषयलाई राजनीतिक मुद्दा नबनाई जनतालाई सहज हुने गरी अघि बढाउनुपर्छ।
साहले गृह प्रशासन र सम्बन्धित निकायलाई तत्काल पहल गरी शान्ति कायम गर्न तथा घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।
हाल घटनामा संलग्न विभिन्न पक्षका आरोप तथा दाबीहरूबारे आधिकारिक अनुसन्धानको पूर्ण निष्कर्ष सार्वजनिक भइसकेको छैन। त्यसैले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान र सम्बन्धित निकायको अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने देखिन्छ।
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
45 मिनट पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
45 मिनट पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
23 घन्टा पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
23 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
2 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
2 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
7 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
8 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
8 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
11 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
14 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
15 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..