अहिलेपनि कोभिडको महामारिले गर्दा कार्यक्रम गर्न असहज भइरहेको छ ।

5 वर्ष पहिले प्रकाशित

Smrititimes

 

तामाकोशी गाउँपालिले लक्षित बर्गका लागि के कस्ता कार्यक्रम संचालन गरेको छ । लक्षित बर्गको अवस्था कस्तो छ ? परिर्वतन के भएको छ ? आगामि योजना के कस्ता छन् ? लगाएतको विषयमा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी. सँग गरिएको कुराकानि ..........


    हिजो आज के गर्दै हुनुहुन्छ ? तामाकोशी गाउँपालिकाको समग्र गतिविधिको छोटकरिमा बताइ दिनुहोस् न ?
आजभोलि गाउँपालिकाको काममा नै व्यस्त छु । गाउँपालिकाले विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ । कार्यक्रमहरु भइरहेका छन् । विकास र्निमाणका कामहरु पनि संचालन भइरहेका छन् । योजना तथा कार्यक्रमको अनुगमन गर्ने, सुधारको निमिक्त सरसल्लाह दिने । स्वस्थ्य शाखाका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । कसरी गुणस्तरीय काम गर्न सकिन्छ भनेर विभिन्न योजनाहरु बनाइरहेका छौं । अपाङगका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छौं । उनीहरुलाई सेवा प्रधान गर्न पालिका लागि रहेको छ । उहाँहरुको परिचय पत्र वितरणको लागि शिविर नै संचालन गरेर परिचय पत्र वितरण गरेका छौं , विमाका बारेमा सोचिरहेका छांै । त्यसैगरी गरिब घरधुरी पहिचानका लागि कामहरु भइरहेका छन् । शिक्षा क्षेत्रलाई सवल र सक्षम बनाउँन शैक्षिक सुधारका लागि विभिन्न तालिमहरु संचालन लगाएत विभिन्न योजना बनाई कार्यन्वयनमा लाने काम गरिएको छ । विद्यालयलाई आवश्यताका आधारमा अनुगमन गरेर सुधारका काम भइरहेका छन् । कृषि क्षेत्रलाई सवल बनाउँन प्रभावकारी ढंगले अगाडि बढाइरहेका छौं । कृषि पकेट क्षेत्र निर्धारण गरि कार्यक्रमहरु अगाडि बढाइरहेका छांै । बाख्रा पालन, वुङगुर पालन,गाइर्, भैसी पालन, तरकारी खेती, तोकिएको क्षेत्रमा संचालन हुने गरि काम गरिरहेका छौ । कृषि पेशामा लागेका किसानको लागि के गर्न सकिन्छ भनेर खोजी गरि कार्यक्रमहरुमा सहयोग गर्ने, आवश्यक कार्यविधि तयार पार्ने लगाएतका काम भइरहेका छन् ।

  कृषि अनुदानका कुरा गरिरहँदा विगतमा प्रभावकारी देखिएन नि ? योजना के छ ?
हामीले प्रभावकारी बनाउँनको निमित्त हावापानी अनुसारको कृषि पेशा र पशुपालन गर्न, फलफूलखेती गर्न प्रचुर मात्रमा सम्भावना भएकाले हामीले सोही कुरालाई मध्येनजर गर्दै योजना तयार पारेका छौ अब सोही अनुसारका कार्यक्रमहरु संचालन गर्ने छांै । व्यवसायिक, आत्मानिर्भर, आर्थिक उन्नति गरि सवल र सक्षम बनाउँने योजनामा छौ । गत बर्षदेखि नै कृषिमा अनुदानका कार्यक्रम अगाडि बढाएका थियौं प्रभावकारी हुँदैभएन भन्ने होइन, तर केही फट्याइँ पनि भएका छन् त्यसलाई अनुगमन गरि प्रतिवेदनको आधारमा कारवाहिको दायरामा राख्ने छांै ।
  के अव यो बर्ष देखि कार्यन्वयनमा आउलान् त ?
कार्यन्वयन आगाडिदेखि भएको छ केही नगर्ने व्यक्तिहरुले गर्नु भएको छैन अब अगाडिबढाउँनु पर्छ । कि अनुदान फिर्ता गर्नु पर्छ । अनुगमन पछि प्रकृया अगाडि बढाउँने छौ ।

   तामाकोशी गाउँपालिकाले लक्षित बर्गको लागि के कस्तो कार्यक्रम संचालन गरेको छ ? अवस्था फेरिएको छ त ?
तामाकोशी गाउँपालिमा लक्षित बर्ग भन्नाले महिला, दलित, जनजाति, अपाङग, जेष्ठ नागरिक, बालबालिका अल्पसंख्यक पनि हुनुहुन्छ । थामी र माझीहरुका लागि धेरै कार्यक्रमहरु अगाडि बढाएका छौ । उहाँहरुको सामाजिक, आर्थिक, जिवन यापन लगाएतलाई मध्ये नजर गर्दै उहाँहरुका लागि शिविर संचालन, औषधि वितरण, घरमै उपचार, परिपत्र वितरण, तालिम, विभिन्न सामाग्री वितरण, जनचेतनामूलक कार्यक्रम, आय आर्जनका कार्यक्रम संचालन गरेका छौ । पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । स्थानीय सरकार प्रत्येक लक्षितवर्गका हितमा लागि परेको छ । उहाँहरुले अहिले धेरै सजिलो भएको महसुस गर्नुभएको छ । आर्थिक रुपमा सवल बनाउँन विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।

   लक्षित बर्गले गर्व गर्ने ठाउँ छ  त ?
गर्वगर्ने ठाउँ छ । हामीले धेरै काम गरेका छौ । यो बुझ्न सकिन्छ । सोध्न सकिन्छ । हामी यसमा ढुक्क छौ ।
   आगामि दिनमा के कस्ता कार्यक्रम संचालन गर्ने योजनामा हुनुहुन्छ ?
हामी अझैपनि प्रभावकारी ढङ्गबाट काम गर्ने योजनामा छांै । विभिन्न नयाँ नयाँ योजनाहरु बनाएर अगाडि बढ्ने छौं । बढिभन्दा बढि उहाँहरुको लागि काम गर्ने छांै । मानसिक रुपमा समस्या भएका व्यक्ति, समाजको हेराइमा परिर्वतन, स्वस्थ्या, शिक्षा, आर्थिक अवस्थालाई मध्येनजर गर्दै काम गर्ने योजना बनाएका छांै ।
    तामाकोशी गाउँपालिकामा महिलाको अवस्था कस्तो देख्दैहुनुहुन्छ ? परिर्वतन के पाउँनु भयो ? आर्थिक, सामाजिक, शैक्षिक अवस्था के कस्तो छ ?
पहिले भन्दा अलि फरक छ । अलि माथि आउँनु भएको छ । समय पनि फरक आएको छ । नीति नियम बनेका छन् । गाउँस्तरमा कार्यन्वयन कम भएका छन् । यस्लाई तल्लो तहसम्म कार्यन्वयन गर्नु पर्छ । पहिला पहिला लक्षित बर्गको कार्यक्रमपनि केही टाँठाबाठाको पहुँचमा थियो । अहिले त्यस्तो छैन । पत्येक कार्यक्रम विभिन्न माध्यमबाट तल्लो तह सम्म पुगेको छ । बजेट पनि विभिन्न बहानामा अन्तै लगानी गरिन्थ्र्यो अहिले त्यस्तो छैन । उहाँहरुको लागि आएको बजेट उहाँहरुकै लागि खर्च गर्ने काम हामीले गरेका छौ । आगामि दिनमा यस्लाई झन प्रभावकारी तरिकाले काम गर्ने योजनामा छांै ।

    एक पिडित महिलाले आफ्नो पीडा व्यक्त गर्न पालिकामा कस्तो संयन्त्र छ ?
अहिले बुहारी, बहिनी, भतिजी जे भएपनि वडा समितिमा दुई जना महिला सदस्य हुनुहुन्छ । पिडितले उहाँहरुसँग समुन्वय गरि आफ्नो पीडा राख्नुभयो भने उहाँहरु मार्फत पनि आउँन सकिन्छ । अहिले त्यति धेरै समस्या छैन । स्थानिय स्तरमा शिक्षक, वडा समिति, समाजसेवी मार्फत पनि ल्याउँन सकिन्छ । त्यतिमात्र हैन हामी स्वयम पीडित महिला भएको ठाउँमा पुगेर बुझ्ने गरेका छांै । हामीले न्यायिक समितिमा मात्र हैन गाउँठाउँ टोल बस्ती सम्म पुगेर हेर्ने, बुझ्ने गरेका छांै ।

    समस्या छ भन्ने थाहापाउँने वित्तिकै स्थानिय सरकारले सम्बोधन गरेको छ भन्न खोज्नु भएको हो ?
हो । सबैकोमा पुग्न नसकिएको होला । कोही छुट्नु भएको होला । तर हामीले अहिले सम्म समस्या समधान गर्न भरपुर प्रयास गरेका छौ ।  कार्यक्रम नै गरिदैन भन्न मिल्दैन । हामीले धेरै कार्यक्रम गरेका छांै । हामीलाई लाग्छ पालिका भित्रका धेरै लक्षित वर्ग समेटिनु भएको छ । गत बर्ष कोभिडले गर्दा गर्न सकेनौं । यो बर्ष कार्यक्रमहरु भइरहेका छन् । यो सबैलाई जानकारी नै छ । हामीले व्यूटिसियन तालिम, उद्घोषण तालिम, प्रस्तावना लेखन, अभिमुखीकरण कार्यक्रम, सशत्तीकरणको कार्यक्रम, लोकल कुखुरा तालिम, आर्थिक सहयोगका कार्यक्रम गरेकाछांै  । अन्य बर्गमा पनि हामीले कार्यक्रम गरेका छांै  । हामीले गाडी, मोटरसाइकल चलाउँने तालिम जस्ता कार्यक्रमहरु आगाडि सारेका छांै । महिला आफै सक्षम हुनका लागि सक्रिय सहभागिता जनाउँनु पर्छ । आय  आर्जनका लागि हामीले स्यानेटरी प्याड, माक्स, डल बनाउँने तालिम संचालन गर्ने र बजारको व्यवस्थ गर्ने यो बर्षको कार्यक्रममा समेटिएको छ । गृहिणी महिलाहरुका लागि पनि भिन्न कार्यक्रमहरु संचालन हुने छन् । प्रत्येक वडामा कम्पुटर तालिम संचालन गरेका छांै । यसमा सहभागि भएर लाभ लिइरहनु भएको छ । हामीले वडा स्तरीय र पालिका स्तरीय थुप्रै काम गरेका छांै ।  अहिलेपनि कोभिडको महामारिले गर्दा कार्यक्रम गर्न असहज भइरहेको छ । समस्याको समधान हुने वित्तिकै सवै कार्यक्रम गर्ने छौ ।  

12 comments
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

1 दिन पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

1 दिन पहिले

भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..

जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..

1 दिन पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

1 दिन पहिले

सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..

जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..

1 दिन पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

2 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

8 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

29 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

29 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..