मधेश प्रदेशमा फैलिँदै डेंगु सङ्क्रमण

3 वर्ष पहिले प्रकाशित

Smrititimes

ढल्केवर । मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ ।स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जिवकुमार झाले साउनको सुरुवातयता २२ जनामा डेंग सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीय तहबाट यतिजनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘‘स्थानीय तह तथा नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका एवम् उपचारमा रहेका बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ । साथै सङ्क्रमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम भइरहेको छ ।धनुषाको ढल्केवरका चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्याङ्कभन्दा डेंगु रोगका बिरामीको सङ्ख्या निकै बढी भएको बताउनुभयो । उहाँले यही ठाउँमा १० दिनको अवधिमा १४ जनामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘‘यसपाली मधेश प्रदेशका जिल्लामा वर्षा कम भएकाले यो सङ्क्रमण अहिलेसम्म नियन्त्रणमा छ । वर्षा भएपछि बढ्न सक्छ । वर्षाको पानी खाल्डाखुल्डी, नाला, खेतबारीलगायत जताततै जमेपछि लामखुट्टेमा सङ्ख्या वृद्धि हुन्छ । लामखुट्टे बढेसँगै डेंगु रोगका सङ्क्रमित पनि बढ्नसक्छ । स्थानीय सरकार र स्वयम् जनता आफैँ नियन्त्रणको उपायमा लागेन भने यसले भयावहरुप लिने चिकित्सक महतोको भनाइ छ ।प्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनिषकुमार पाण्डेयले भयावहको स्थिति नभएपनि विगत एक महिनादेखि दिन बिराएर दुई–तीन जनामा यो सङ्क्रमण देखिने गरेको बताउनुभयो । उहाँले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको बताउँदै स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी दिनुभयो ।मधेश सरकारका स्वासथ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्रप्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार  र डेंगु सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा औषधि व्यवस्थापन गरिएको र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको जानकारी दिनुभयो ।डेंगुका सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अस्पतालका अधिकारीहरुलाई गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले बताउनुभयो ।उहाँले डेंगुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सको सल्लाहअनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जन्म नदिन, लामखुट्टेको लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाईलाई आग्रह गर्नुभयो ।लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीयले लगाएका छन् । वर्षा सकिएपछि मात्रै देखा पर्ने डेंगु अहिले नै देखिन थालेको छ । तर अहिलेसम्म स्थानीय सरकार नियन्त्रणको भूमिका गम्भीरतापूर्वक नदेखिएको ढल्केवरका रामजी साहको भनाइ छ ।साभार : गोरखापत्र

12 comments
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

13 घन्टा पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

13 घन्टा पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

2 दिन पहिले

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

2 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

2 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

11 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

24 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले