श्रावण शुक्लपक्षको तेस्रो सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ, भदौ ४ गते । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ । कोषले महाशिवरात्रि र तीजमा जस्तै भक्तजनका लागि पशुपतिनाथमा विशेष व्यवस्था गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।बिहान तीनबजेदेखि नै पशुपतनिाथका चारै ढोका खुला गरिएको उहाँले बताउनुभयो । मन्दिरमा विगतका सोमबारजस्तै भक्तजनको भीड देखिएको छ । विशेषगरी सोमबारको व्रत गरेका महिला रातो र हरियो पहिरनमा सजिएर पशुपतिनाथलगायत शिवालयमा भेला भएका छन् । यसवर्ष सौरमास अनुसार साउनमा अधिकमास परेकाले सोमबारको व्रत गर्ने वा नगर्ने भन्नेमा द्विविधामा रहेका वर्तालुले अहिले भने खुलेर व्रत गरेका छन् ।

चान्द्रमासअनुसार भदौको ४ र ११ गतेको सोमबार शुक्लपक्षमा परेको छ । यसअघि श्रावण कृष्णपक्षका दुई सोमबार असार २५ गते र साउन १ गते परेको थियो । साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । यसैले भदौ १४ गतेसम्म श्रावण शुक्लपक्ष छ । श्रावणको सोमबार शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज पशुपतिानथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि भक्तजनको भीड देख्न सकिन्छ ।यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको छ । आज र भदौ ११ गतेको सोमबार पनि व्रत गरी साउनको सोमबारको व्रत लिनेले त्यसै दिन गोदान एवं पूर्णपात्र दान गरी साउने सोमबारको व्रत समापन गर्ने गर्छन् ।साभार : गोरखापत्र

12 comments
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

8 घन्टा पहिले

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

8 घन्टा पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

2 दिन पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

2 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

19 दिन पहिले

न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..

जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..

19 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

6 महीना पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..