कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं ,असोज २५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शनका लागि जाने भएका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ ।नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ (गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गर्ने जनाइएको छ । त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल गर्नेछन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ ।मोदीले त्यहाँ उनले भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गर्नेछन् । दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन कार्यक्रम तय भएको छ ।उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन ।सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्तासमेत यो बारे बेखवर जस्तै छन् । सीमा क्षेत्रमा पनि सन्नाटा छ ।
साभार : नेपाल प्रेस
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
14 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
14 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
15 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
15 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
25 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
26 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
3 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
3 महीना पहिले