शान्ति पुनस्र्थापना केन्द्रको सामाजिक लेखा परिक्षण सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम असोज २६ गते । मानव बेचविखन तथा ओसारपोसारको विरोधमा काम गर्दै आएको शान्ति पुनस्र्थापना गृह जनकपुरधाम शाखाको वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संस्थाको राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको अध्यक्षतामा भएको सो सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै नगराईन नगरपालिकाका मेयर विनय कुमार यादवले मानव बेचबिखन अहिलेको समयमा समुदायको लागि चुनौती रहेको बताउदै पालिकाले गर्ने काम सो संस्थाले गरिरहेको बताउनु भयो। उहाँले मानव बेचबिखन तथा ओसारपोसारका विरुद्धमा मानिसहरुलाई जागरुक गराउनु पर्ने समेत बताउनु भयो । भारतको सीमा संग जोडिएको सो पालिकामा समेत केन्द्रले जनचेतनामुलक काम गर्दै जटही नाकाबाट धेरै जनालाई बेचविखन हुनबाट बचाएको समेत बताउनु भयो । कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले केन्द्रले गरेको काम सराहनीय रहेको बच्दै अरु नाकाहरुमा समेत कार्य क्षेत्र विस्तार गर्नुपर्ने सुझाब दिनुभयो । उहाँले पहिला नेपालबाट भारत तथा चीन तिर मानव तस्करी हुन्थ्यो भन्ने अचेत विभिन्न बाहानामा तेस्रो मुलुकहरुमा समेत मानव तस्करी बढिरहेकोमा थप जागरुक हुनु्पर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै जनकपुर रेल्वे भन्सारका सशस्त्र प्रहरी नायव उपरिक्षक हर्कबहादुर शाहीले सो संस्थाको समन्वयमा रेल्वे स्टेशनबाट समेत केहि जनालाई मानव बेचबिखनबाट बचाएको बताउदै आफुहरु सदैब सहयोगका लागि तयार रहेको बताउनु भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रहरी निरिक्षक चन्द्रकला भट्टराईले छोटो समयमा जनकपुरधाममा शान्ति पुनस्र्थापना केन्द्रले प्रभावकारी रुपमा काम गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय बालअधिकार परिषदका मधेश प्रदेश संयोजक संजिव महतोले महिलाको मात्र नभई बालबालिकाहरुको समेत बेचबिखन तथा ओसार पोसार भईरहेकोले यस तर्फ समेत ध्यान दिन आग्रह गर्नुभयो । सो कार्यक्रममा संस्थाका क्षेत्रीय प्रमुख संजय सिँहले संस्थाले गरिरहेको बामका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । विगत चार महिना देखि सक्रिय रुपमा जनकपुरधाममा काम गरिरहेको सो संस्थाले मानव बेचबिखन तथा ओसारपोसारको विरुद्धमा सीमा निगरानी, सचेतनामुलक कार्यक्रम क्षमता अभिवृद्धि कार्यक्रम आवधिक गृह संचालन जस्ता क्रियाकलापहरु गर्दै आएको केन्द्रको जिल्ला कार्यक्रम संयोजक रिना झाले जानकारी दिनुभयो । केन्द्रका जनकपुरधाम शाखाले मानव बेचबिखन तथा ओसारपोसारको जोखिम पुर्ण यात्रामा रहेका ४१ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्धार गरी पारिवारिक पुनर्मिलन गराएको जनाइएको छ ।शाखाले सिमा क्षेत्रमा २ सय ३२ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचबिखन तथा ओसार पोसरा विरुद्धको सूचना तथा परामर्श सेवा प्रदान गरेको भने ३ जना माथि मुद्धा समेत दर्ता भएको केन्द्रका जनकपुर शाखा प्रमुख झाले जानकारी दिनुभयो ।केन्द्रको पहलमा बेचबिखनमा परेका एक जनालाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गराइएको छ । अहिले शान्ति पुनस्र्थापना केन्द्रले जनकप्ुरधामको रेल्वे स्टेशन, बस पार्क तथा जठही नाकामा काम गरिरहेको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

14 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

15 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

15 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले