८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,असोज २७ गते ।  नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा प्रेस युनियनको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा सघन छलफल गरी असोज २६ र २७ गते सर्लाहीको लालबन्दीमा सम्पन्न भएकाे भेलाले ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गरेको हाे ।भेला पश्चात युनियनको मधेस प्रदेश महासचिव अजयकुमार साहले जारी गरेको घोषणापत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन नेपाल प्रेस युनियन मधेस प्रदेशका आठ वटै जिल्ला समितिलाई परिचालन गर्ने , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने , नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनलगायतका संस्थाहरूबीच भएको पूर्वसहमति विपरीतका कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणका नाममा भएका कतिपय गतिविधिबाट व्यावसायिक तथा मापदण्ड पुरा गरेका पत्रकारहरु वञ्चित भएकाले न्यायोचित रुपमा मापदण्ड अनुसार पत्रकारलाई सदस्यता दिने व्यवस्था मिलाउन पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएकाे छ।

त्यसैगरी घोषणापत्रमा नेपाल पत्रकार महासंघलाई सबै आस्था, विचार भएका पत्रकार सम्बद्ध संस्थाहरुलाई समेटेर नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने , व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवद्र्धनका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको पत्रकार प्रशिक्षण वर्ष २०८० लाई सफल बनाउन युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने ,सञ्चार माध्यम र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले सञ्चार माध्यमलाई दिने लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवद्र्धनमा विशेष जोड दिँदै पत्रकारको क्षमता विकासका लागि बजेटको व्यवस्था गर्न जोडदार माग समेत गरेकाे छ।

त्यस्तै सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्याद दिँदै लैगिङ्गकमैत्री बनाउन र गोलभेँडाको सहरका नामले परिचित सर्लाहीको लालबन्दी नगरमा कृषिक्षेत्रको दिगो विकासमार्फत् पर्यटन प्रवद्र्धनका ठोस तथा उपलब्धिमूलक काम गर्न सम्बद्ध निकायसँग माग गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ।

भेलामा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षद्वय जीवन भण्डारी, अनिल कर्ण र महासचिव दिलिप पौडलको उपस्थितिमा पत्रकारको सदस्यता शुद्धिकरण तथा क्षमता र दक्षता अभिवृद्धिको सन्दर्भमा नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा प्रदेशभरिको आठ वटै जिल्लाका प्रजातान्त्रिक पत्रकारको उपस्थिति रहेको थियो ।साभार : शिरीष न्युज


 

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

14 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

15 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

15 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले