असल र सच्चा नागरिक निर्माणमा शिक्षकहरूको भूमिका अतुलनीय : नेतृ महतो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

 राहुल कुमार सिंह

जनकपुरधाम, असोज २७ गते । नेकपा एमालेकी नेतृ एवम धनुषा क्षेत्र नं. ३ का प्रतिनीधि सभा सदस्य जुली कुमारी महतोले देश र समाजले चरित्रवान व्यक्तिहरूको छायाँमा मात्र आफूहरूलाई सुरक्षित महसुस गर्ने भएकाले असल र सच्चा नागरिक निर्माणमा शिक्षकहरूको भूमिका अतुलनीय रहेको बताएकी छिन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण समारोहलाई शनिवार सम्बोधन गर्दै नेतृ महतोले विद्यालय र शिक्षकहरूले नै विद्यार्थीहरूलाई नेकीवादीको ज्ञान दिई संस्कारवान नागरिकमा परिणत गर्नुपर्नेमा जोड दिईन । उनले भनिन् शिक्षाको मुख्य आधार शिक्षक हुन् । शिक्षक विद्यार्थीको व्यक्तित्वको सृष्टिकर्ता मात्र होइनन्, राष्ट्र निर्माणकर्ता पनि हुन् । एउटा राष्ट्रको छवि यसका नागरिकहरूमा निहित हुन्छ । देशको विकासमा भविष्यका नागरिकहरू रचना गर्ने शिक्षकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । अनादिकालदेखि नै शिक्षकको महत्वको उसले केवल प्रदान गरेको ज्ञानको कारण प्रशंसा गरिएको छ । आज पनि शिक्षकहरूले देशको भविष्यलाई समर्पणका साथ विद्यार्थीहरूको भविष्य निर्माण गर्न सक्दछन् । शिक्षकको भूमिका विद्यार्थीहरुमा मात्र सीमित छैन् । विद्यार्थीहरूलाई सिकाउनु बाहेक, सामाजिक जिम्मेवारी सम्बन्धी जिम्मेवारीहरूको बारेमा सचेत गराउनु र उनीहरूलाई समाज निर्माण गर्न सक्षम बनाउनु शिक्षकको जिम्मेवारी हो । नेपालको शैक्षिक विकासमा नीजि विद्यालयको ठुलो योग्दान रहेको बताउंदै उनले आफूलाई आफैंसँग प्रतिष्पर्धी बनाउंदै विश्वस्तरको शिक्षा दिलाउन निजी स्कुल सफल देखिएकाले नेपालजस्तो विकासशील मुलुकमा निजी स्कुलको विकल्प नदेखिएको बताईन् । उनले हाल आएर निजी स्कुल प्रति विभिन्न बहानामा निरुत्साहित गर्ने गरी गतिविधि बढेको भन्दै शिक्षा जस्तो संवेदनशील विषयमा सतही रुपमा सोचेर अघि बढ्दा वा नीति बनाउँदा ठूलो दुर्घटना हुन सक्दछ बताईन । कार्यक्रममा मधेश प्रदेश सभा सदस्य रामसरोज यादवले शिक्षाको मुख्य आधार शिक्षक विद्यार्थीको व्यक्तित्वको सृष्टिकर्ता मात्र होइनन्, राष्ट्र निर्माणकर्ता समेत रहेको बताए । अनादिकालदेखि नै शिक्षकको महत्व उसले केवल प्रदान गरेको ज्ञानको कारण प्रशंसा गरिएको भन्दै उनले आज पनि शिक्षकहरूले देशको भविष्यलाई सम्र्पणका साथ विद्यार्थीहरूको भविष्य निर्माण गर्न सक्ने भएकाले विद्यार्थीहरूलाई सिकाउनु बाहेक, सामाजिक जिम्मेवारी सम्बन्धी जिम्मेवारीहरूको बारेमा सचेत गराउनु र उनीहरूलाई समाज निर्माण गर्न सक्षम बनाउन तर्फ समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा मधेश प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले शिक्षकहरू राष्ट्रिय संस्कृतिको फूलबारी सजाउने सिपालु बगैंचे भएको बताएका छन । उनले भने शिक्षकहरु संस्कृति र संस्कारका जरामा मल हाल्छन् र आफ्नो श्रम र पसिनाले सिञ्चन गरेर तिनलाई जीवन्त र शक्तिशाली बनाइदिन्छन् । यहाँ संस्कार र संस्कृतिका जरा भनेका विद्यार्थी हुन् । पूर्वीय संस्कृतिमा शिक्षकलाई एक आध्यात्मिक नेता तथा समाज सुधारकको मान्यता दिनुको मूल आधार नै यही हो । उनले भने एक कुशल शिक्षकले प्रत्येक विद्यार्थीलाई सबै विषयहरूमा उत्तम शिक्षा दिई उनीहरूलाई एक राम्रो डाक्टर, इन्जिनियर, न्यायिक र प्रशासनिक अधिकारी बनाउने र उसलाई राम्रो मान्छे बनाउने कार्य गर्दछ । तसर्थ, शिक्षकको कर्त्तव्य हो कि शुरुदेखि नै उसले विद्यार्थीको आधारशिलालाई सुदृढ गर्दै सुन्दर र सभ्य समाज निर्माण गर्न आफ्नो महत्वपूर्ण भूमिका पूरा गर्नुपर्दछ । कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय अध्यक्ष पाण्डव हमाल , निवर्तमान अध्यक्ष अवधेश तिवारी , जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ , मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको अधिवेशनबाट निर्वाचित नव पदाधिकारीहरुलाई शपथग्रहण तथा पद हस्तान्तरण गरिएको छ । अधिवेशनबाट अध्यक्षमा आशिष झा , उपाध्यक्षमा प्रमोद अग्रवाल , अनिल अग्रवाल सचिवमा दिपेन्द्र कुमार चौधरी , कोषाध्यक्षमा अभिषेक चौधरी , सह—सचिवमा कञ्चन कर्ण र सह कोषाध्यक्षमा अताबुल अहमद निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा महेन्द्र महतो , राजु यादव , डा.सन्तोष कुमार कर्ण , मिरा पाण्डे र सुर्यनाथ गोईत रहेका छन ।

12 comments
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

4 घन्टा पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

4 घन्टा पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

5 घन्टा पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..