नवरात्रकाे पाँचौं दिन- स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,कार्तिक २ गते । बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको विधिपूर्वक पूजाआजा गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ । 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।दशैँको पाँचौं दिन आज पनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ ।राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ ।उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ ।महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो ।दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । साभार : नेपाल प्रेस

12 comments
जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..

जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..

1 दिन पहिले

जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..

जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..

1 दिन पहिले

कल सुकेपछि मखनाहा र इनर्वामा आपातकालीन खानेपानी वितरण

जनकपुरधाम साउन ६ गते । अहिलेको समयमा वर्षा नहुँदा पानीका मुहानहरु सुकिसकेको अवस्थामा खानेपानीको समस्यालाई तत्क..

1 दिन पहिले

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न

  जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..

4 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

8 दिन पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

8 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

8 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

1 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

2 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

2 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

2 महीना पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..