४० करोड रकम हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ
3 वर्ष पहिले प्रकाशित
Smrititimes
विराटनगर,मंसिर ९ गते । बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका छन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन ।गएको साउनदेखि अम्बेले बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।उजुरी दिएपछि पटक पटक बचतकर्तासँग वार्ता भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति भएपनि रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।यसअघि तीन महिनायता बचत गरेको रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घर घेराउ समेत गरेका थिए ।पाँच हजार बढी सेवाग्राहीहरूको रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरिरहेको छ ।यता सहकारीले भने व्यापार व्यवसायमा इतिहासमै ठुलो सङ्कट र बैङ्कमा तरलताको अभाव रहेको कारण बचत कर्ताहरूले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको जनाएको छ ।बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाई छ ।साभार : नेपाल प्रेस
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
15 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
15 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
15 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
16 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
16 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
16 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..