४० करोड रकम हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ

1 वर्ष पहिले प्रकाशित

Smrititimes

विराटनगर,मंसिर ९ गते ।  बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका छन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन ।गएको साउनदेखि अम्बेले बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।उजुरी दिएपछि पटक पटक बचतकर्तासँग वार्ता भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति भएपनि रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।यसअघि तीन महिनायता बचत गरेको रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घर घेराउ समेत गरेका थिए ।पाँच हजार बढी सेवाग्राहीहरूको रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरिरहेको छ ।यता सहकारीले भने व्यापार व्यवसायमा इतिहासमै ठुलो सङ्कट र बैङ्कमा तरलताको अभाव रहेको कारण बचत कर्ताहरूले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको जनाएको छ ।बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाई छ ।साभार : नेपाल प्रेस

12 comments
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

15 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

15 दिन पहिले

न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..

जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..

15 दिन पहिले

धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..

जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..

22 दिन पहिले

भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..

जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..

1 महीना पहिले

लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..

जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

1 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

5 महीना पहिले