कार्तिक पूर्णिमा र कमला-उत्तरवाहिनीको तीर्थाटन\'

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,मंसिर १२ गते । हिन्दू शास्त्रमा कार्तिक मासलाई पवित्र स्नान, दान, धर्म गरी पूण्य कमाउने एवम् मोक्ष प्राप्ति गर्ने महिनाको रूपमा उल्लेख गरेको पाइन्छ। विभिन्न खाले धार्मिक अनुष्ठानहरू जस्तो लक्ष्मी पूजा, छठ पूजा, हरिबोधनी-तुलसी विवाह, कार्तिक पूर्णिमा-कुमार पूजा आदि यसै मासमा पर्ने गर्दछ। यसमध्ये कार्तिक पूर्णिमा-कार्तिकस्नान र कार्तिक कुमार पूजाको छोटो चर्चा र स्थानीय उत्तराहिणी(उत्तरवाहिणी) मेला आजको यो आलेखमा समेटने सानो प्रयास गरिएको छ। हिन्दू शास्त्रमा पवित्र अनुष्ठान मानिने १२ पूर्णिमा(मलमासको समयमा कहिले १३ पनि हुने ) मध्ये कार्तिक पूर्णिमाको दिनलाई भगवान शिव-पूत्र कार्तिकेय(कुमार)को जन्मदिन र त्रिपुराशुर दैत्यको नाश भएको शुभदिनका रूपमा सम्झना गरिन्छ । यस पवित्र दिनमा चोखोनितो भई कुमार, लक्ष्मी आदिको आराधना गर्दा शक्ति, समृद्धिलगायतका मनोइच्छा पूरा हुने विश्वास छ। अत: यो शुभ दिनमा गंगा, कोशी, गण्डकी, कमला लगायतका पवित्र नदीहरूमा स्नान गरी मोक्ष प्राप्त गर्ने अभिलाषाका साथ श्रद्धालु भक्तहरूको ठूलो भिड लाग्ने गरेको छ। ती पवित्र नदीहरूमध्ये कमला-उत्तरवाहिणी स्नान र कार्तिक कुमारको पूजन कार्य पनि उल्लेखनीय छ। यसका लागि सिरहा र धनुषा जिल्लाको संगम एवम् हालको कर्जनहा नगरपालिका(सिरहा) वार्ड नं.१ मा पर्ने कमला उत्तरवाहिणी धाम निकै प्रशिद्ध छ। पूर्णिमा-स्नानका लागि सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर र भारत विहारबाट लाखौंको संख्यामा दर्शनार्थीहरू कमलाको उत्तरवाहिणी स्थानमा स्नान तथा मेला भर्न आउने गरेका छन्। पूर्णिमा स्नान पश्चात सक्नेले सोही नगीचको नन्दबाबाको कुटी रहेको सानो डाँडोमा गई नन्दबाबाको पनि दर्शन गर्ने गर्दछन् । 'नन्दबाबा'लाई ग्रामदेवताका रूपमा सो भेगका स्थानीयले पूज्ने गर्दछन्। स्थानीय किम्वदन्ति अनुसार उनी भगवान शिव तथा दुर्गाका उपासक थिए र निकै शक्तिशाली थिए। उनैले कमला नदीलाई आफूबसेको स्थानबाट बग्न नदिई विपरित दिशा अर्थात् उत्तरतर्फ बग्न जिरह गरेकोले कमला नदी सो स्थानमा दक्षिणबाट उत्तर बगेको जनविश्वाश छ। कमला नदीमा पूर्णिमा स्नान पश्चात् पूर्व-पश्चिम राजमार्गको बन्दीपुर(कर्जनहा न.पा.)मा निर्मित कार्तिकेय (भगवान कुमारजी)को मूर्तिमा दर्शन-पूजा गर्ने तथा सो स्थानमा लाग्ने स्थानीय मेला-जात्रा भर्ने चलन छ। धनुषा-सिरहाबाट सिन्धुली हुँदै रामेछाप तथा दोलखा, उदयपुर, ओखलढुंगा लगायतका जिल्ला प्रवेशको प्राचीन मार्गमा पर्ने यो स्थानमा स्थानीय जात्राको रूपमा वर्षौंदेखि प्रचलित सो पूर्णिमा मेलाको दिन सार्वजनिक विदा दिने, दर्शनार्थीहरूलाई मनोरञ्जनका लागि नाच कार्यक्रम, खेलकुद कार्यक्रम आयोजना गर्ने चलन छ। पूर्णिमा स्नान मेलाको अर्को सांस्कृतिक आकर्षण भनेको विभिन्न धार्मिक संगति र 'भक्ता'हरूले आफ्नो ज्ञानको शिद्धिका लागि गर्ने विविध भावभंगिमा पनि हो, जो हेर्न लायक हुन्छ। परम्परागत रूपमा नाच-गान गर्दै उत्तरवाहिणीमा पुगी स्नान गर्ने र शक्ति र समृद्धिका लागि आराधना गर्ने चलन छ। यसलाई कतै कहीं भूतमेलाको पनि नाम दिइएको छ। यसर्थ प्रस्तुत आलेख पढ्नुहुने सबै पाठकहरू प्रति कार्तिक-स्नानको चुले निम्तो वा यही समय मेला भर्न नसके अनुकूल समयमा भ्रमणका लागि आग्रह छ। निश्चय नै उत्तरवाहिणी क्षेत्रको स्थानीय स्तरमा ठूलो धार्मिक-सांस्कृतिक महत्व रहेको छ। कार्तिक स्नानलगायत, दाहसंस्कार एवम् विभिन्न मनोरञ्जन तथा पिकनिक स्थलका रूपमा समेत उत्तरवाहिणी क्षेत्रको महत्ता बढ्दै गएको छ। यस्ता पवित्र क्षेत्रलाई संरक्षण र प्रबर्द्धनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले ठोस गुरूयोजना बनाई अघि बढ्न किञ्चित पनि विलम्व गर्न हुन्न। यसबाट सो क्षेत्रको सर्वाङ्गिण विकासमा टेवा पुग्न जाने कुरामा दुईमत छैन। - मोति गिरी कर्जनहा-२, बन्दीपुर।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

14 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

14 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

15 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

15 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

15 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

15 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..