कार्तिक पूर्णिमा र कमला-उत्तरवाहिनीको तीर्थाटन\'
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम,मंसिर १२ गते । हिन्दू शास्त्रमा कार्तिक मासलाई पवित्र स्नान, दान, धर्म गरी पूण्य कमाउने एवम् मोक्ष प्राप्ति गर्ने महिनाको रूपमा उल्लेख गरेको पाइन्छ। विभिन्न खाले धार्मिक अनुष्ठानहरू जस्तो लक्ष्मी पूजा, छठ पूजा, हरिबोधनी-तुलसी विवाह, कार्तिक पूर्णिमा-कुमार पूजा आदि यसै मासमा पर्ने गर्दछ। यसमध्ये कार्तिक पूर्णिमा-कार्तिकस्नान र कार्तिक कुमार पूजाको छोटो चर्चा र स्थानीय उत्तराहिणी(उत्तरवाहिणी) मेला आजको यो आलेखमा समेटने सानो प्रयास गरिएको छ। हिन्दू शास्त्रमा पवित्र अनुष्ठान मानिने १२ पूर्णिमा(मलमासको समयमा कहिले १३ पनि हुने ) मध्ये कार्तिक पूर्णिमाको दिनलाई भगवान शिव-पूत्र कार्तिकेय(कुमार)को जन्मदिन र त्रिपुराशुर दैत्यको नाश भएको शुभदिनका रूपमा सम्झना गरिन्छ । यस पवित्र दिनमा चोखोनितो भई कुमार, लक्ष्मी आदिको आराधना गर्दा शक्ति, समृद्धिलगायतका मनोइच्छा पूरा हुने विश्वास छ। अत: यो शुभ दिनमा गंगा, कोशी, गण्डकी, कमला लगायतका पवित्र नदीहरूमा स्नान गरी मोक्ष प्राप्त गर्ने अभिलाषाका साथ श्रद्धालु भक्तहरूको ठूलो भिड लाग्ने गरेको छ। ती पवित्र नदीहरूमध्ये कमला-उत्तरवाहिणी स्नान र कार्तिक कुमारको पूजन कार्य पनि उल्लेखनीय छ। यसका लागि सिरहा र धनुषा जिल्लाको संगम एवम् हालको कर्जनहा नगरपालिका(सिरहा) वार्ड नं.१ मा पर्ने कमला उत्तरवाहिणी धाम निकै प्रशिद्ध छ। पूर्णिमा-स्नानका लागि सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर र भारत विहारबाट लाखौंको संख्यामा दर्शनार्थीहरू कमलाको उत्तरवाहिणी स्थानमा स्नान तथा मेला भर्न आउने गरेका छन्। पूर्णिमा स्नान पश्चात सक्नेले सोही नगीचको नन्दबाबाको कुटी रहेको सानो डाँडोमा गई नन्दबाबाको पनि दर्शन गर्ने गर्दछन् । 'नन्दबाबा'लाई ग्रामदेवताका रूपमा सो भेगका स्थानीयले पूज्ने गर्दछन्। स्थानीय किम्वदन्ति अनुसार उनी भगवान शिव तथा दुर्गाका उपासक थिए र निकै शक्तिशाली थिए। उनैले कमला नदीलाई आफूबसेको स्थानबाट बग्न नदिई विपरित दिशा अर्थात् उत्तरतर्फ बग्न जिरह गरेकोले कमला नदी सो स्थानमा दक्षिणबाट उत्तर बगेको जनविश्वाश छ। कमला नदीमा पूर्णिमा स्नान पश्चात् पूर्व-पश्चिम राजमार्गको बन्दीपुर(कर्जनहा न.पा.)मा निर्मित कार्तिकेय (भगवान कुमारजी)को मूर्तिमा दर्शन-पूजा गर्ने तथा सो स्थानमा लाग्ने स्थानीय मेला-जात्रा भर्ने चलन छ। धनुषा-सिरहाबाट सिन्धुली हुँदै रामेछाप तथा दोलखा, उदयपुर, ओखलढुंगा लगायतका जिल्ला प्रवेशको प्राचीन मार्गमा पर्ने यो स्थानमा स्थानीय जात्राको रूपमा वर्षौंदेखि प्रचलित सो पूर्णिमा मेलाको दिन सार्वजनिक विदा दिने, दर्शनार्थीहरूलाई मनोरञ्जनका लागि नाच कार्यक्रम, खेलकुद कार्यक्रम आयोजना गर्ने चलन छ। पूर्णिमा स्नान मेलाको अर्को सांस्कृतिक आकर्षण भनेको विभिन्न धार्मिक संगति र 'भक्ता'हरूले आफ्नो ज्ञानको शिद्धिका लागि गर्ने विविध भावभंगिमा पनि हो, जो हेर्न लायक हुन्छ। परम्परागत रूपमा नाच-गान गर्दै उत्तरवाहिणीमा पुगी स्नान गर्ने र शक्ति र समृद्धिका लागि आराधना गर्ने चलन छ। यसलाई कतै कहीं भूतमेलाको पनि नाम दिइएको छ। यसर्थ प्रस्तुत आलेख पढ्नुहुने सबै पाठकहरू प्रति कार्तिक-स्नानको चुले निम्तो वा यही समय मेला भर्न नसके अनुकूल समयमा भ्रमणका लागि आग्रह छ। निश्चय नै उत्तरवाहिणी क्षेत्रको स्थानीय स्तरमा ठूलो धार्मिक-सांस्कृतिक महत्व रहेको छ। कार्तिक स्नानलगायत, दाहसंस्कार एवम् विभिन्न मनोरञ्जन तथा पिकनिक स्थलका रूपमा समेत उत्तरवाहिणी क्षेत्रको महत्ता बढ्दै गएको छ। यस्ता पवित्र क्षेत्रलाई संरक्षण र प्रबर्द्धनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले ठोस गुरूयोजना बनाई अघि बढ्न किञ्चित पनि विलम्व गर्न हुन्न। यसबाट सो क्षेत्रको सर्वाङ्गिण विकासमा टेवा पुग्न जाने कुरामा दुईमत छैन। - मोति गिरी कर्जनहा-२, बन्दीपुर।

जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..
जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..
4 घन्टा पहिले
जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..
जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..
4 घन्टा पहिले
कल सुकेपछि मखनाहा र इनर्वामा आपातकालीन खानेपानी वितरण
जनकपुरधाम साउन ६ गते । अहिलेको समयमा वर्षा नहुँदा पानीका मुहानहरु सुकिसकेको अवस्थामा खानेपानीको समस्यालाई तत्क..
5 घन्टा पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
3 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
7 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
7 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
7 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले