मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ २५ गते ।
महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हिँसा भईरहेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । ओरेकको महिला हिँसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्तीमा जनाइएका अनुसार घर भित्र पनि महिलाहरु माथि हिँसा अहिले पनि भईनै रहेको जनाइएको छ । हिंसा रहित जीवन यापनका लागि तथ्यगत पैरवी गर्दै आएको ओरेकले विभिन्न सामुदायिक संस्था, महिला समुह, युवा तथा किशोरी समुहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिदै आइरहेको विज्ञप्तीमा उल्लेख छ । जस अन्तर्गत मधेश प्रदेशका धनुषा र सर्लाही जिल्लाबाट जनवरीदेखि मार्च २०२५ सम्म अभिलेखिकरण गरिएका तथ्याङ्कलाई त्रैमासिक प्रतिवेदनको रुपमा प्रकाशन गरेको छ ।
यस समयावधिमा मधेश प्रदेशको धनुषा र सर्लाहीमा महिला हिंसा सम्बन्धी कुल ६१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण गरिएको छ । उक्त घटनाहरुलाई विश्लेषण गर्दा सबै भन्दा बढी ५४ प्रतिशत (३३ जना) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिन्छ, जसमा ७७ प्रतिशत महिलाहरु साक्षर रहेका छन् । घरेलु हिंसा गर्ने आरोपितमा सबैभन्दा बढी ४९ प्रतिशत श्रीमानहरु रहेका छन् भने ७५ प्रतिशत घरेलु हिंसाका घटना मधेशी समुदायका परिवारमा भएको तथ्याङ्कले बताउँछ । महिलामाथि हुने हिंसाका घटनामा यौन हिंसा २३ प्रतिशत भएको पाइएको छ, जसमा ४४ प्रतिशत बलात्कारका घटना रहेका छन् । नेपाल प्रहरीको यस आर्थिक वर्ष सार्वजनिक वार्षिक तथ्याङ्क अनुसार पनि देशभर वार्षिक रूपमा १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् । अध्ययनरत वा काम गर्ने महिलामाथि बढ्दो हिंसाले समाजमा विद्यमान पितृसत्तात्मक सोच र मानसिकतालाई उजागर गर्दछ । जसले महिलाको महिलाको स्वतन्त्रता र स्वनिर्णयलाई स्वीकार गर्न नसकेको विभेदकारी सोच प्रष्ट देखिन्छ । महिला जब आफ्नो हक र सम्मानको लागि आवाज उठाउँछन् तब उनीहरूलाई अझ बढी हिंसा, सामाजिक बहिष्कार, र चरित्रहत्या जस्ता थप दमनात्मक व्यवहारको सामना गर्नुपरेको छ।
घरेलु हिंसा, वैवाहिक बलात्कार, र सार्वजनिक रूपमा चरित्र हत्या जस्ता घटनाहरूलाई केवल व्यक्तिगत समस्याका रूपमा व्याख्या गर्नु मात्र सतही दृष्टिकोण हो; यी हिंसाहरू संरचनागत विभेद, राज्यको जबाफदेहितामा कमि, र महिलामाथिको ऐतिहासिक विभेद र नियन्त्रणको गहिरो परिणाम हो । तसर्थ जबसम्म राज्यले पीडित तथा प्रभावित मैत्री न्याय प्रणाली सुनिश्चित गर्दैन, सामाजिक सोचमा परिवर्तन हुँदैन, र महिला स्वतन्त्रताको सम्मान गरिँदैन, तबसम्म महिलाहरु असुरक्षित नै रहन्छन् । त्यसैले, हिंसामुक्त समाज निर्माणका लागि संरचना, नीति, र मानसिकता, तीनै तहमा आमूल परिवर्तन अपरिहार्य रहेको ओरेकका मधेश प्रदेश संयोजक विणा कुमारी सिँहले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

4 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

4 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

1 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

13 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

20 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

21 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

21 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

29 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..