विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत शिक्षाको मुलधारमा ल्याईने
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २५ गते ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिकाईको माध्यमले औपचारिक शिक्षाको मुलधारमा ल्याउन पहल भईरहेको छ । प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालय मधेश प्रदेशको समन्वयमा समग्र जनउत्थान केन्द्र लहान सिरहाको आयोजनामा जनकपुरधाममा भएको द्रुत सिकाई कार्यक्रम अभियानमा एक्यवद्धता निर्माण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा अनौपचारिक शिषा तथा आजीवन सिकाई सम्बनधी नीतिगत कानुनी व्यवस्था सम्बन्धमा जोड दिइएको छ । केन्द्रका अध्यक्ष राभरोसी महतोको अध्यक्षता तथा केयर नेपालको सहयोगमा भएको उक्त गोष्ठीमा शिक्षा तथा किशोरी सशक्तिकरण कार्यक्रमका व्यवस्थापक रविन्द्र कुमालले वर्तमान शिक्षाको अवस्थामा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई अनौपचारिक शिक्षा तथा आजीवन सिकाई सम्बनधी नीतिगत व्यवस्थाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास निर्देशनालयका सहसचिव किशोरी कापरले सघीय शिक्षा ऐनको पर्खाईमा रहेको मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले तत्कालका लागि २०८१ फाागुन १२ गते प्रदेश शिक्षा नीति तयार पारेका जानकारी गराउदै सो नीतिको आधारमा शिक्षा सम्बन्धी गतिबिधि अगाडी बढाइने बताउनु भयो । उहाँले मातृभाषाका आधारभूत शिक्षाको एैन अनुसार प्रदेशमा मैथिली भाषामा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार भईसकेको जानकारी समेत दिनुभयो । शिक्षा नीतिमा विद्यालय बाहिर रहेका बालबालिकाहरुको विषयमा उल्लेख नभएपनि कार्यनीति बनाई अगाडी बढ्ने जानकारी दिनुभयो । आयोजक संस्थाका कार्यकारी निर्देशक अनिता चौधरीले संचालन गर्नुभएको सो गोष्ठीमा कार्यक्रम संयोजक देव कुमार महतोले कार्यक्रमको उद्देश्य माथि प्रकार पार्नुभएको थियो । द्ुत सिकाई कार्यक्रम अन्तरगत समग्र जनउत्थान केन्द्रले सिरहा जिल्लाको चार वटा पालिकामा कार्यक्रम संचालन गर्नुका साथै मधेश प्रदेशका चार वटा जिल्लामा केयर नेपालको सहयोगमा विद्यलाय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय पुर्याउने अभियानमा रहेको जनाइएको छ ।
२०८५ सम्म प्रदेशलाई पुर्ण सक्षर घोषणा गर्नुपर्ने भएकाले यो अभियान द्रुत गतिमा संचालन भईरहेको आयोजकले जनाएको छ । सो कार्यक्रममा बोल्दै प्याबसनका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सचिव विश्वलाल सिँहले सरकार तथा गैरसरकारी संस्थाहरुले सामुदायिक विद्यालय जस्तै संस्थागत विद्यालयहर संग समेत समन्वय गरी शिक्षाका क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
उहाँले मधेश प्रदेशमा विद्यालय बाहिर रहेका संख्याको प्रस्तुत तथ्यांक गलत रहेको बताउदै विना दर्ता संचालनमा रहेका नीजि विद्यलायहरुमा अध्ययनरत विद्यार्थीहरुको तथ्यांक नै नरहेको जनाउनु भयो । जनकपुरधाममा ४० तथा मधेश प्रदेशमा ७ सय भन्दा बढी विना दर्ताका विद्यालयहरु संचालन भईरहेकाले सो विद्यालयहरुमा रहेका विद्यार्थीहरुको ईमिस नै नरहेकाले डाटा नै फितले रहेको उहाँको भनाई छ । सो कार्यक्रममा सहभागी गैरसरकारी संस्था पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मंडलले द्ूत सिकाईको यो अभियानमा आफुहरुको पुर्ण सहमती रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा क्षेत्र संग सम्बन्धीत गैर सरकारी संस्था, विद्यालयहरु, सरकारी संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
3 दिन पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
3 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
4 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
4 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
4 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
11 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
18 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
18 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
18 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..
21 दिन पहिले