विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत शिक्षाको मुलधारमा ल्याईने

8 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ २५ गते ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिकाईको माध्यमले औपचारिक शिक्षाको मुलधारमा ल्याउन पहल भईरहेको छ । प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालय मधेश प्रदेशको समन्वयमा समग्र जनउत्थान केन्द्र लहान सिरहाको आयोजनामा जनकपुरधाममा भएको द्रुत सिकाई कार्यक्रम अभियानमा एक्यवद्धता निर्माण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा अनौपचारिक शिषा तथा आजीवन सिकाई सम्बनधी नीतिगत कानुनी व्यवस्था सम्बन्धमा जोड दिइएको छ । केन्द्रका अध्यक्ष राभरोसी महतोको अध्यक्षता तथा केयर नेपालको सहयोगमा भएको उक्त गोष्ठीमा शिक्षा तथा किशोरी सशक्तिकरण कार्यक्रमका व्यवस्थापक रविन्द्र कुमालले वर्तमान शिक्षाको अवस्थामा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई अनौपचारिक शिक्षा तथा आजीवन सिकाई सम्बनधी नीतिगत व्यवस्थाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो ।

सो कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास निर्देशनालयका सहसचिव किशोरी कापरले सघीय शिक्षा ऐनको पर्खाईमा रहेको मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले तत्कालका लागि २०८१ फाागुन १२ गते प्रदेश शिक्षा नीति तयार पारेका जानकारी गराउदै सो नीतिको आधारमा शिक्षा सम्बन्धी गतिबिधि अगाडी बढाइने बताउनु भयो । उहाँले मातृभाषाका आधारभूत शिक्षाको एैन अनुसार प्रदेशमा मैथिली भाषामा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार भईसकेको जानकारी समेत दिनुभयो । शिक्षा नीतिमा विद्यालय बाहिर रहेका बालबालिकाहरुको विषयमा उल्लेख नभएपनि कार्यनीति बनाई अगाडी बढ्ने जानकारी दिनुभयो । आयोजक संस्थाका कार्यकारी निर्देशक अनिता चौधरीले संचालन गर्नुभएको सो गोष्ठीमा कार्यक्रम संयोजक देव कुमार महतोले कार्यक्रमको उद्देश्य माथि प्रकार पार्नुभएको थियो । द्ुत सिकाई कार्यक्रम अन्तरगत समग्र जनउत्थान केन्द्रले सिरहा जिल्लाको चार वटा पालिकामा कार्यक्रम संचालन गर्नुका साथै मधेश प्रदेशका चार वटा जिल्लामा केयर नेपालको सहयोगमा विद्यलाय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय पुर्याउने अभियानमा रहेको जनाइएको छ ।

२०८५ सम्म प्रदेशलाई पुर्ण सक्षर घोषणा गर्नुपर्ने भएकाले यो अभियान द्रुत गतिमा संचालन भईरहेको आयोजकले जनाएको छ । सो कार्यक्रममा बोल्दै प्याबसनका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सचिव विश्वलाल सिँहले सरकार तथा गैरसरकारी संस्थाहरुले सामुदायिक विद्यालय जस्तै संस्थागत विद्यालयहर संग समेत समन्वय गरी शिक्षाका क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले मधेश प्रदेशमा विद्यालय बाहिर रहेका संख्याको प्रस्तुत तथ्यांक गलत रहेको बताउदै विना दर्ता संचालनमा रहेका नीजि विद्यलायहरुमा अध्ययनरत विद्यार्थीहरुको तथ्यांक नै नरहेको जनाउनु भयो । जनकपुरधाममा ४० तथा मधेश प्रदेशमा ७ सय भन्दा बढी विना दर्ताका विद्यालयहरु संचालन भईरहेकाले सो विद्यालयहरुमा रहेका विद्यार्थीहरुको ईमिस नै नरहेकाले डाटा नै फितले रहेको उहाँको भनाई छ । सो कार्यक्रममा सहभागी गैरसरकारी संस्था पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मंडलले द्ूत सिकाईको यो अभियानमा आफुहरुको पुर्ण सहमती रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा क्षेत्र संग सम्बन्धीत गैर सरकारी संस्था, विद्यालयहरु, सरकारी संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

12 comments
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

56 मिनट पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

56 मिनट पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

2 घन्टा पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

3 घन्टा पहिले

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

4 घन्टा पहिले

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..

काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..

4 दिन पहिले

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..

  जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..

8 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

15 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

2 महीना पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

2 महीना पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

2 महीना पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

3 महीना पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..