नेपाल एयरलाइन्स भन्छ– जहाजले छाडेको होइन यात्रुहरू आफै छुटेका हुन् !

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ ,मंसिर १४ गते । बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको छ । तर, यता नेपाल एयरलाइन्सले भने जहाजले नभएर यात्रुहरू आफैँ छुटेको प्रतिक्रिया दिएको छ । ‘जहाजले छाडेको होइन यात्रुहरू आफैँ छुटेका हुन्’ नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले रातोपाटीसँग भने ।‘जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै जानकारी गराइएको थियो । फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पुर्‍याइएको हो । तर, केही यात्रुहरू संवेदनशील नभइदिँदा छुट्नु भएको हो’ पौडेलले भने । एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका रहेको थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको थियो । एयरलाइन्सको ११ः३० को उडानलाई ९ः३० मा सारिएको सबैमा सूचना गरिएको प्रवक्ता पौडेलको भनाइ छ । तर, २५० जना यात्रुहरूले सूचना अनुसार नै समयमा नै उडानका लागि एयरपोर्ट आएको तर बाँकी ३१ जना नआएको प्रवक्ता पौडेलले रातोपाटीसँग बताए ।  तथापि, ढिला गरी आउने ३१ यात्रुलाई एयरलाइन्सले होटलमा लगेर राखेको र आज पुनः अर्को उडानमार्फत दुबई पठाउन लागिएको उनले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार आज बेलुकाको नेपाल एयरलाइन्सकै ११ः३० कै अर्को जहाजमार्फत छुटेका यात्रुहरूलाई दुबई पठाउन लागिएको र सम्भव भएसम्म अन्य जहाजहरूमार्फत समेत पठाउने तयारी नेपाल एयरलाइन्स गरिरहेछ ।  

साभार : रातोपाटी

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

15 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

15 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

15 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

15 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

15 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

15 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..