
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
1 वर्ष पहिले प्रकाशित
Smrititimes


काठमाडौँ ,मंसिर १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति उनले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताए ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । राष्ट्रपति पौडेलले दिवसका सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्द्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेका छन् ।“यस वर्षका अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धतालाई बलियो बनाएको छ”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । उनले यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवाल सम्बोधन हुनुपर्ने
यसै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवालहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले नेपाल सरकारलगायत विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाहले गर्दै आएको पैरवीहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।“उहाँहरूलाई अर्काको भर नपर्ने गरी जीवनयापन गर्ने सीप र दक्षता प्रदान गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउन पनि आवश्यक छ, किनभने उहाँहरूको सीप, सेवा र क्षमता राज्यको दिगो विकासमा उत्तितै महत्वपूर्ण छ, अपाङ्गता भएका व्यक्तिमैत्री भौतिक संरचना निर्माण र कानूनको पालना सबैले गर्नु पर्दछ”, सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन् ।साभार : नेपाल प्रेस

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
5 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
5 दिन पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
5 दिन पहिले
धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..
जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..
13 दिन पहिले
भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..
जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..
1 महीना पहिले
लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..
जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..
1 महीना पहिले
लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..
जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..
1 महीना पहिले
संविधान संशोधन बटमलाइन भन्दै मधेशी दलहरुको संघिय लोकता..
जनकपुरधाम चैत २१ गते । संविधान संशोधनलगायत २६ वटा उद्देश्य राखेर तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरे..
1 महीना पहिले
मधेशी नेताहरुको सहभागीतामा अध्यादेशबारे छलफल
जनकपुरधाम ३ गते फागुन ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष ने..
3 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..
देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..
4 महीना पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..