विवाह पञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम ,मंसिर २८ गते । सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान् राम र आदर्श नारी सीताबिच विवाह भएको भनिएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाइन्छ ।मंगलबार पहिलो दिन जानकी नगर दर्शन गर्दै विधिवत् रूपमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव प्रारम्भ भएको थियो । बुधबार जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा सिताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झनास्वरुप फूलबारी लीला सम्पन्न भएको थियो । आज धनुष यज्ञमा राम सीताको धनुष लीला प्रतिकात्मक रूपमा देखाइने छ । त्यस पश्चात् रामको प्रतिकको रूपमा रहने बालकले आज धनुष तोड्ने छन् । धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ। त्यही मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाइने छ । धनुष यज्ञ बेलुका चार बजेदेखि जानकी मन्दिर परिसरमा मनाइने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताबिच विवाह भएको थियो । त्यसकै सम्झनामा राम जानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ ।यस्तै शुक्रबार चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौँ दिन अर्थात् पुस १ मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जन्तीको रूपमा भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी हुने गरेका छन् । अन्य वर्षहरूमा औपचारिक रूपमै जन्ती आउने कार्यक्रम रहे पनि यस वर्ष औपचारिक रूपमा जन्ती आउने कार्यक्रम नभएको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।महोत्सवमा नेपालको विभिन्न ठाउँहरूबाट पनि हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी हुने गरेको छ ।साभार : रातोपाटी

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
2 दिन पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
2 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
6 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
6 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
1 महीना पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
1 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
6 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले