
त्रेतायुगकै झझल्को दिने गरी जनकपुरधाममा आज राम र सीताबीच विवाह हुँदै
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम,पुष १ गते । त्रेतायुगकै झझल्को दिने गरी जनकपुरधाममा आज भगवान् राम र देवी सीताबीच विवाह गरिदैंछ । भगवानको सांकेतिक विवाह समारोह हेर्न जनकपुरधाममा लाखौँ श्रद्धालु उर्लिएका छन् ।मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् आजकै दिन त्रेतायुगमा राम-सीताको स्वयंवर तथा विवाह भएको थियो । राम तथा सीताको विवाहको वर्षगाँठको रूपमा जनकपुरधाममा विगत लामो समयदेखि साताव्यापी विवाह पञ्चमीको उत्सव मनाउने गरिन्छ । यसको सबै तयारी जानकी मन्दिरले गर्छ ।रामायण ग्रन्थका अनुसार भगवान् राम भारत अयोध्याका राजा दशरथका पुत्र र सीता मिथिलाका राजा जनककी पुत्री थिइन् । कसैले हल्लाउन पनि नसक्ने ‘शिव धनुष’ तोड्न सफल भएपछि भगवान् रामको सीतासँग विवाह भएको थियो । त्यसैले मिथिलाञ्चलमा राम-सीताको विवाह निकै उत्साह तथा आस्थाका साथ मनाउने गरिन्छ । विवाह पञ्चमी मनाउन मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।पौराणिक ग्रन्थहरूका अनुसार भगवान् राम तथा देवी सीता भगवान् विष्णु तथा देवी लक्ष्मीका अवतार हुन् । साधुसन्तहरु भन्छन्- दुवैले समाजमा आदर्श तथा मर्यादित जीवनलाई उदाहरणीय बनाउनका लागि मानवको अवतार लिएका थिए ।विवाह पञ्चमी अन्तर्गत शनिवार बेलुका जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा राम र सीताको मटकोर गरियो । गंगासागर पोखरीको माटो लगेर जानकी मन्दिरमा बेदी बनाइएको छ । त्यहां नै भगवान् रामले सीतालाई सिन्दुरदान गरिनेछन् ।
जनकपुरधाम हिजैदेखि श्रद्धालुले खचाखच भरिएको छ । जताततै साधुसन्त भेटिन्छन्, भगवान् राम र सीताको वैवाहिक गीत गुन्जिरहेको छ । जानकी मन्दिरमा श्रद्धालुहरू लोकगित र नृत्यमा रमाइरहेका छन् । लाग्छ- आज साँच्चै भगवान् राम र सीताबीच विवाह हुँदैछ ।जनकपुरधाममा आज दुई लाख बढी श्रद्धालु आउने अनुमान गरिएको छ । हुन त रातिदेखि नै हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आइपुगेका छन् । उनीहरू जानकी मन्दिर परिसरमा खुल्ला आकाश मुनी रात बिताए ।
कठाङ्ग्रिदो चिसोमा श्रद्धालुहरू खुल्ला आकाश मुनी सुतेको फोटोहरू सार्वजनिक भएपछि जनकपुरधाम उपमहानगरपालिका, प्रदेश र संघीय सरकारको आलोचना भइरहेको छ । हरेक वर्ष ठूलो संख्यामा साधुसन्त तथा श्रद्धालुहरू विवाह पञ्चमी मेला भर्न जनकपुरधाम आउने गरेपनि सम्बन्धित निकाय व्यवस्थापन गर्न चुक्ने गरेको धेरैको गुनासो छ ।विवाह पञ्चमी महोत्सवमा श्रद्धालुहरूको सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । करिब १३ सय नेपाल प्रहरी, साढे ६ सय सशस्त्र प्रहरी र सयौंको संख्यामा ट्राफिक प्रहरी परिचालन भएका हुन् । जिल्ला प्रहरी कार्यालयले भीडलाई ड्रोन र सिसिटिभी क्यामेराबाट समेत निगरानी गरिरहेको जनाएको छ ।ट्राफिक प्रहरीले बजार क्षेत्रमा आज बाहिरका सवारी साधन आउन दिएका छैनन् । जताततै मानिसकै भीड रहने भएकाले ठूलो गाडीलाई चारैतीर एक किलोमीटर परै रोक्न ट्राफिक प्रहरी खटेका छन् ।
यस्तो छ राम-सीता विवाह कथा
रामायण ग्रन्थका अनुसार सीताको जन्म धर्तीबाट भएको हो । मिथिलाका राजा जनक जब हलो जोतिरहेका थिए, तब उनले एउटी सानी बच्चीलाई फेला पारे । उनैलाई सीता नामकरण गरियो । र, छोरीको रूपमा लालन-पालन गरे ।बाल्यकालमै सीताले मन्दिरमा राखिएको शिव धनुषलाई निकै सहजताले उठाएकी थिइन् । उक्त धनुषलाई त्यो बेलासम्म परशुरामका अतिरिक्त अन्य कुनै पनि व्यक्तिले उठाउन सकेका थिएनन् । त्यसपछि राजा जनकले जो व्यक्तिले शिवको उक्त धनुष उठाउँछ, उसैसँग छोरी सीताको विवाह गरिने निर्णय लिए ।त्यसपछि सीताको स्वयंवरको दिन निश्चित गरिएको थियो र सबै ठाउँमा उक्त सन्देश पनि पठाइयो । त्यो बेला भगवान् राम तथा लक्ष्मण त्यही स्वयंवरमा पुगेका थिए । थुप्रै राजाहरू धनुष हल्लाउन पनि सकेनन् । राजा जनक चिन्तित बने, करुण शब्दमा आफ्नो पीडा वशिष्ठसँग पोखे- कोही पनि मेरी छोरीको योग्य छैनन् त ?
त्यसपछि महर्षि वशिष्ठले भगवान् रामलाई धनुष उठाउन आदेश दिए । गुरुको आज्ञा पालना गर्दै भगवान् श्रीरामले धनुष उठाए र तीन टुक्रा पारे । त्यसपछि सीताका लागि योग्य बर राम ठहरिए र उनीहरुबीच स्वंयवर तथा विवाह भयो ।राम र सीतालाई प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रूपमा लिने गरिन्छ । मिथिलाञ्चलमा राम र सीतालाई आदर्श श्रीमान्-श्रीमतीको रूपमा स्वीकारिएको छ र उनीहरुकै पूजा गरिन्छ । यसैलाई मध्यनजर गर्दै राम-सीताको विवाहको वर्षगाँठलाई जनकपुरधाममा उत्सवको रूपमा मनाइँदै आएको छ ।साभार : नेपाल प्रेस

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
2 दिन पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
2 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
6 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
6 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
1 महीना पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
1 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
6 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..