त्रेतायुगकै झझल्को दिने गरी जनकपुरधाममा आज राम र सीताबीच विवाह हुँदै
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,पुष १ गते । त्रेतायुगकै झझल्को दिने गरी जनकपुरधाममा आज भगवान् राम र देवी सीताबीच विवाह गरिदैंछ । भगवानको सांकेतिक विवाह समारोह हेर्न जनकपुरधाममा लाखौँ श्रद्धालु उर्लिएका छन् ।मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् आजकै दिन त्रेतायुगमा राम-सीताको स्वयंवर तथा विवाह भएको थियो । राम तथा सीताको विवाहको वर्षगाँठको रूपमा जनकपुरधाममा विगत लामो समयदेखि साताव्यापी विवाह पञ्चमीको उत्सव मनाउने गरिन्छ । यसको सबै तयारी जानकी मन्दिरले गर्छ ।रामायण ग्रन्थका अनुसार भगवान् राम भारत अयोध्याका राजा दशरथका पुत्र र सीता मिथिलाका राजा जनककी पुत्री थिइन् । कसैले हल्लाउन पनि नसक्ने ‘शिव धनुष’ तोड्न सफल भएपछि भगवान् रामको सीतासँग विवाह भएको थियो । त्यसैले मिथिलाञ्चलमा राम-सीताको विवाह निकै उत्साह तथा आस्थाका साथ मनाउने गरिन्छ । विवाह पञ्चमी मनाउन मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।पौराणिक ग्रन्थहरूका अनुसार भगवान् राम तथा देवी सीता भगवान् विष्णु तथा देवी लक्ष्मीका अवतार हुन् । साधुसन्तहरु भन्छन्- दुवैले समाजमा आदर्श तथा मर्यादित जीवनलाई उदाहरणीय बनाउनका लागि मानवको अवतार लिएका थिए ।विवाह पञ्चमी अन्तर्गत शनिवार बेलुका जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा राम र सीताको मटकोर गरियो । गंगासागर पोखरीको माटो लगेर जानकी मन्दिरमा बेदी बनाइएको छ । त्यहां नै भगवान् रामले सीतालाई सिन्दुरदान गरिनेछन् ।
जनकपुरधाम हिजैदेखि श्रद्धालुले खचाखच भरिएको छ । जताततै साधुसन्त भेटिन्छन्, भगवान् राम र सीताको वैवाहिक गीत गुन्जिरहेको छ । जानकी मन्दिरमा श्रद्धालुहरू लोकगित र नृत्यमा रमाइरहेका छन् । लाग्छ- आज साँच्चै भगवान् राम र सीताबीच विवाह हुँदैछ ।जनकपुरधाममा आज दुई लाख बढी श्रद्धालु आउने अनुमान गरिएको छ । हुन त रातिदेखि नै हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आइपुगेका छन् । उनीहरू जानकी मन्दिर परिसरमा खुल्ला आकाश मुनी रात बिताए ।

कठाङ्ग्रिदो चिसोमा श्रद्धालुहरू खुल्ला आकाश मुनी सुतेको फोटोहरू सार्वजनिक भएपछि जनकपुरधाम उपमहानगरपालिका, प्रदेश र संघीय सरकारको आलोचना भइरहेको छ । हरेक वर्ष ठूलो संख्यामा साधुसन्त तथा श्रद्धालुहरू विवाह पञ्चमी मेला भर्न जनकपुरधाम आउने गरेपनि सम्बन्धित निकाय व्यवस्थापन गर्न चुक्ने गरेको धेरैको गुनासो छ ।विवाह पञ्चमी महोत्सवमा श्रद्धालुहरूको सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । करिब १३ सय नेपाल प्रहरी, साढे ६ सय सशस्त्र प्रहरी र सयौंको संख्यामा ट्राफिक प्रहरी परिचालन भएका हुन् । जिल्ला प्रहरी कार्यालयले भीडलाई ड्रोन र सिसिटिभी क्यामेराबाट समेत निगरानी गरिरहेको जनाएको छ ।ट्राफिक प्रहरीले बजार क्षेत्रमा आज बाहिरका सवारी साधन आउन दिएका छैनन् । जताततै मानिसकै भीड रहने भएकाले ठूलो गाडीलाई चारैतीर एक किलोमीटर परै रोक्न ट्राफिक प्रहरी खटेका छन् ।
यस्तो छ राम-सीता विवाह कथा
रामायण ग्रन्थका अनुसार सीताको जन्म धर्तीबाट भएको हो । मिथिलाका राजा जनक जब हलो जोतिरहेका थिए, तब उनले एउटी सानी बच्चीलाई फेला पारे । उनैलाई सीता नामकरण गरियो । र, छोरीको रूपमा लालन-पालन गरे ।बाल्यकालमै सीताले मन्दिरमा राखिएको शिव धनुषलाई निकै सहजताले उठाएकी थिइन् । उक्त धनुषलाई त्यो बेलासम्म परशुरामका अतिरिक्त अन्य कुनै पनि व्यक्तिले उठाउन सकेका थिएनन् । त्यसपछि राजा जनकले जो व्यक्तिले शिवको उक्त धनुष उठाउँछ, उसैसँग छोरी सीताको विवाह गरिने निर्णय लिए ।त्यसपछि सीताको स्वयंवरको दिन निश्चित गरिएको थियो र सबै ठाउँमा उक्त सन्देश पनि पठाइयो । त्यो बेला भगवान् राम तथा लक्ष्मण त्यही स्वयंवरमा पुगेका थिए । थुप्रै राजाहरू धनुष हल्लाउन पनि सकेनन् । राजा जनक चिन्तित बने, करुण शब्दमा आफ्नो पीडा वशिष्ठसँग पोखे- कोही पनि मेरी छोरीको योग्य छैनन् त ?
त्यसपछि महर्षि वशिष्ठले भगवान् रामलाई धनुष उठाउन आदेश दिए । गुरुको आज्ञा पालना गर्दै भगवान् श्रीरामले धनुष उठाए र तीन टुक्रा पारे । त्यसपछि सीताका लागि योग्य बर राम ठहरिए र उनीहरुबीच स्वंयवर तथा विवाह भयो ।राम र सीतालाई प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रूपमा लिने गरिन्छ । मिथिलाञ्चलमा राम र सीतालाई आदर्श श्रीमान्-श्रीमतीको रूपमा स्वीकारिएको छ र उनीहरुकै पूजा गरिन्छ । यसैलाई मध्यनजर गर्दै राम-सीताको विवाहको वर्षगाँठलाई जनकपुरधाममा उत्सवको रूपमा मनाइँदै आएको छ ।साभार : नेपाल प्रेस

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
13 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
13 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
13 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
13 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
13 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
13 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..