विवाहपञ्चमीको अवसरमा निःशुल्क स्वास्थ्य र भोजन शिविर

3 वर्ष पहिले प्रकाशित

Smrititimes

राहुल कुमार सिंह र सुर्यदेव मंडल

जनकपुरधाम, पुष १ गते ।  रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ विद्यापति चोकमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रको आयोजना र समाजसेवी प्राध्यापक शम्भुनाथ झाको अगुवाईमा सञ्चालन गरिएको सो शिविरबाट आईतवार दिउंसोसम्ममा झण्डै ३ सय जना स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन । महोत्सवमा पाल्नु हुने श्रद्धालुहरुको स्वास्थ्य सेवाको पहुँच अझै विस्तार गर्न आफनो पहलबाट यस खालका शिविर सञ्चालन गर्दै आएको समाजसेवी झाले बताए । विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका श्रद्धालुहरुकोे स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्षेनि यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए । निजी स्रोतबाट बिरामीलाई झण्डै लाखौं मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी झाले जानकारी दिए । यता रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा कमिटिले निःशुल्क भोजन शिविरको आयोजना गरेको छ । कमिटिले बाह्विघा रंगभुमि मैदानको उत्तरतर्फको द्वारमा निःशुल्क भोजन शिविरको आयोजना गरेको हो । महोत्वमा पाल्नु हुने श्रद्धालुहरुको लागि प्रत्येक वर्ष आफनो व्यतिmगत तर्फबाट निःशुल्क भोजन शिविरको आयोजना गर्दे आएको वडा कमिटिका सभापति बिमलेश सिंहले बताए । शिविरबाट सयौंको संख्यामा श्रद्धालुहरु लभान्वित हुदै आएको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाद्वारा समेत विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर,आवास व्यवस्थापन र शौचालयको समेत व्यवस्थापन गरिएको छ । रामजानकी विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी सरकारी र गैर सरकारी संघ संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन शिविर, आवास व्यवस्थापन , शौचालय र सूचना केन्द्र संचालनमा ल्याईएको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदै छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । महोत्सवमा लाखौंको संख्यामा श्रद्धालुहरु जनकपुर पुगेका छन ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

13 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

13 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

13 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

13 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

13 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

13 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..