विवाहपञ्चमीको अवसरमा निःशुल्क स्वास्थ्य र भोजन शिविर

2 वर्ष पहिले प्रकाशित

Smrititimes

राहुल कुमार सिंह र सुर्यदेव मंडल

जनकपुरधाम, पुष १ गते ।  रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ विद्यापति चोकमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रको आयोजना र समाजसेवी प्राध्यापक शम्भुनाथ झाको अगुवाईमा सञ्चालन गरिएको सो शिविरबाट आईतवार दिउंसोसम्ममा झण्डै ३ सय जना स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन । महोत्सवमा पाल्नु हुने श्रद्धालुहरुको स्वास्थ्य सेवाको पहुँच अझै विस्तार गर्न आफनो पहलबाट यस खालका शिविर सञ्चालन गर्दै आएको समाजसेवी झाले बताए । विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका श्रद्धालुहरुकोे स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्षेनि यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए । निजी स्रोतबाट बिरामीलाई झण्डै लाखौं मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी झाले जानकारी दिए । यता रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा कमिटिले निःशुल्क भोजन शिविरको आयोजना गरेको छ । कमिटिले बाह्विघा रंगभुमि मैदानको उत्तरतर्फको द्वारमा निःशुल्क भोजन शिविरको आयोजना गरेको हो । महोत्वमा पाल्नु हुने श्रद्धालुहरुको लागि प्रत्येक वर्ष आफनो व्यतिmगत तर्फबाट निःशुल्क भोजन शिविरको आयोजना गर्दे आएको वडा कमिटिका सभापति बिमलेश सिंहले बताए । शिविरबाट सयौंको संख्यामा श्रद्धालुहरु लभान्वित हुदै आएको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाद्वारा समेत विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर,आवास व्यवस्थापन र शौचालयको समेत व्यवस्थापन गरिएको छ । रामजानकी विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी सरकारी र गैर सरकारी संघ संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन शिविर, आवास व्यवस्थापन , शौचालय र सूचना केन्द्र संचालनमा ल्याईएको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदै छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । महोत्सवमा लाखौंको संख्यामा श्रद्धालुहरु जनकपुर पुगेका छन ।

12 comments
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न

  जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..

1 दिन पहिले

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न

  जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..

1 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

5 दिन पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

5 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

1 महीना पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

1 महीना पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

5 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

1 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

1 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

1 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

1 महीना पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

2 महीना पहिले