अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि जानकी मन्दिरमै गरे विवाह
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,पुष ३ गते । विवाह पञ्चमीको अवसरमा अनाजबाट ११ हजार ११ वर्ग फिटको राम-सीता प्रतिमा बनाउन भारतको मध्य प्रदेशबाट जनकपुरधाम आएका एक जोडीले जानकी मन्दिरमै विवाह गरेका छन् ।विश्व हिन्दू परिषद्ले सोमबार राति बिना दाइजो २१ जोडीको एक समारोहबीच जानकी मन्दिरमा सामूहिक विवाह गरायो । विवाह विधि भइरहँदा दुलाहाको भेषमा सज्जिर सतिष गुर्जर आइपुगे । विवाह समारोह हेर्न पुगेका सबैको ध्यान उनले तान्यो ।सतिषलाई देखेर सहभागी सबै चकित परे । किनकि सतिष अनाजबाटै सीता-रामको विशाल प्रतिमा बनाउने टिमको नेतृत्व गरेका थिए । उनी कोसँग विवाह गर्न लागेको कुरा बुझ्न सबै कौतूहल बने ।एक छिनमै पहिलेदेखि दुलहा-दुलहीबीच वैदिक परम्परा अनुसार माला फेराफेर भयो । जसलाई ‘स्वयम्वर’ भनिन्छ । स्वयंवर सकेपछि सतिषले भने, ‘यहाँ सीता-रामको प्रतिमा बनाउन आएका थियौँ । तर यो पवित्र भूमिमा विवाह गरे । सायद भगवानकै इच्छा थियो । यो मेरो लागि ठूलो सौभाग्य प्राप्त भयो । सतिषले भारतको मध्य प्रदेशकै यागिनी गुर्जरसंग विवाह गरेका हुन् । यागिनी पनि सतिषकै टिममा सीता-राम प्रतिमा बनाउन आएकी थिइन् । उनीहरू पहिलेदेखि एकअर्कालाई प्रेम गर्थिन् । तर बिहे नै गर्ने टुङ्गो थिएन ।सतिष र यागिनी एकै गाउँको रहेको बुझिएको छ । सतिषले यहाँ स्वयंवर गरेको र गाउँ पुगेपछि परम्परा अनुसार विवाह गर्ने बताए ।सामूहिक विवाह अगाडी सबै बेहुलालाई रथमा बाजागाँजासहित जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । त्यसपछि जानकी मन्दिरको प्राङ्गणमा राम-सीताको विवाह भएकै मण्डपमा उनीहरूलाई सामूहिक स्वयंवर गरियो ।विश्व हिन्दू परिषद्ले केहि वर्षदेखि बिना दाइजो विवाह पञ्चमीको अवसरमा सामूहिक विवाहको आयोजना गर्दै आएको छ । विवाह गरेका बेहुला र बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य आवश्यक वैवाहिक सरसमान परिषद्ले निःशुल्क उपलब्ध गराए ।यो सीता-रामको ११ हजार ११ वर्गफिटको प्रतिमा अनाजबाटै बनाएका थिए सतिष नेतृत्वको टीम । यो प्रतिमा विश्व रेकर्डको प्रतिक्षामा छ ।

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
12 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
12 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
12 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
12 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
12 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
12 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
