अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि जानकी मन्दिरमै गरे विवाह
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम,पुष ३ गते । विवाह पञ्चमीको अवसरमा अनाजबाट ११ हजार ११ वर्ग फिटको राम-सीता प्रतिमा बनाउन भारतको मध्य प्रदेशबाट जनकपुरधाम आएका एक जोडीले जानकी मन्दिरमै विवाह गरेका छन् ।विश्व हिन्दू परिषद्ले सोमबार राति बिना दाइजो २१ जोडीको एक समारोहबीच जानकी मन्दिरमा सामूहिक विवाह गरायो । विवाह विधि भइरहँदा दुलाहाको भेषमा सज्जिर सतिष गुर्जर आइपुगे । विवाह समारोह हेर्न पुगेका सबैको ध्यान उनले तान्यो ।सतिषलाई देखेर सहभागी सबै चकित परे । किनकि सतिष अनाजबाटै सीता-रामको विशाल प्रतिमा बनाउने टिमको नेतृत्व गरेका थिए । उनी कोसँग विवाह गर्न लागेको कुरा बुझ्न सबै कौतूहल बने ।एक छिनमै पहिलेदेखि दुलहा-दुलहीबीच वैदिक परम्परा अनुसार माला फेराफेर भयो । जसलाई ‘स्वयम्वर’ भनिन्छ । स्वयंवर सकेपछि सतिषले भने, ‘यहाँ सीता-रामको प्रतिमा बनाउन आएका थियौँ । तर यो पवित्र भूमिमा विवाह गरे । सायद भगवानकै इच्छा थियो । यो मेरो लागि ठूलो सौभाग्य प्राप्त भयो । सतिषले भारतको मध्य प्रदेशकै यागिनी गुर्जरसंग विवाह गरेका हुन् । यागिनी पनि सतिषकै टिममा सीता-राम प्रतिमा बनाउन आएकी थिइन् । उनीहरू पहिलेदेखि एकअर्कालाई प्रेम गर्थिन् । तर बिहे नै गर्ने टुङ्गो थिएन ।सतिष र यागिनी एकै गाउँको रहेको बुझिएको छ । सतिषले यहाँ स्वयंवर गरेको र गाउँ पुगेपछि परम्परा अनुसार विवाह गर्ने बताए ।सामूहिक विवाह अगाडी सबै बेहुलालाई रथमा बाजागाँजासहित जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । त्यसपछि जानकी मन्दिरको प्राङ्गणमा राम-सीताको विवाह भएकै मण्डपमा उनीहरूलाई सामूहिक स्वयंवर गरियो ।विश्व हिन्दू परिषद्ले केहि वर्षदेखि बिना दाइजो विवाह पञ्चमीको अवसरमा सामूहिक विवाहको आयोजना गर्दै आएको छ । विवाह गरेका बेहुला र बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य आवश्यक वैवाहिक सरसमान परिषद्ले निःशुल्क उपलब्ध गराए ।यो सीता-रामको ११ हजार ११ वर्गफिटको प्रतिमा अनाजबाटै बनाएका थिए सतिष नेतृत्वको टीम । यो प्रतिमा विश्व रेकर्डको प्रतिक्षामा छ ।

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
1 दिन पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
1 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
5 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
1 महीना पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
1 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले