मधेशका जिल्लामा चिसो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,पुष ३ गते ।  धनुषा, सिरहा, महोत्तरीसहित तराई मधेशका जिल्लामा चिसो ह्वातै बढेको छ । अत्यधिक कुहिरो लागेको छ । हल्का हावा चलेपछि चिसो बढेर जनजीवन प्रभावित बनेको हो ।बिहान ८ बजेसम्म पनि घाम लागेको छैन । कुहिरोले जताततै सेताम्मे देखिन्छ । १०/१५ मिटर वर पनि देख्न गाह्रो भएपछि सवारी साधन चलाउन पनि नसकिने अवस्था छ । यति धेरै कुहिरोबीच सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम छ ।चिसो बढेसँगै जनकपुरधाम बजार क्षेत्रमा पनि सर्वसाधारणको आवतजावत पातलिएको छ । गाउँघरमा मानिसहरू आगो (घुर) बालेर बसेका छन् । चिसोले विशेष गरी गरिब विपन्न वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । 

 गरिबीले न्यानो लुगा किनेर लगाउन नपाएकाले गरिब विपन्न वर्गका लागि चिसो हरेक वर्ष काल बनेर आउँछ । चिसोले कठाङ्ग्रिएर तराई मधेशमा हरेक वर्ष कैयौँ वृद्धवृद्धा र बालबालिकाले ज्यान गुमाउँछन् ।चिसोले गाई, गोरु, भैँसीसहितका घरेलु जनावरलाई पनि सताएको छ । किसानहरू गाई, गोरु, भैँसी र बाख्राहरूलाई चिसोबाट जोगाउन बाक्लो कपडाले ढाकेको र नजिकै आगो बालेको दृश्य गाउँघरमा देख्न सकिन्छ ।चिसो बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउन र ताजा तथा तातो र झोलिलो खानेकुरा बढी खान सर्वसाधारणलाई चिकित्सकहरूको सुझाव छ ।साभार : नेपाल प्रेस

12 comments
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

14 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

22 दिन पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

23 दिन पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

24 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

22 दिन पहिले

ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्..

जनकपुरधाम असोज ११ गते ।धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बार..

1 महीना पहिले

एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..

जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..

1 महीना पहिले

अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..

बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..

2 महीना पहिले

आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..

जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..

2 महीना पहिले

सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..

जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..

2 महीना पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..