वृद्ध हत्याको विरोधमा धनुषाको हंसपुर प्रहरी चौकी तोडफोड, गोली लागेर एकजना घाइते

10 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,पुष ६ गते ।  धनुषाको हंसपुर नगरपालिका-५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।सयौंको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ‌।प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् । एमाले कार्यकर्ता मण्डललाई उपचारका लागि अहिले जनकपुरधाम ल्याइँदैछ ।हंसपुर नगरपालिका-५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिए ।‘छुट्याउन गएका मण्डलकै टाउको फोडियो,’ हंसपुरका मेयर प्रदीप यादवले भने, ‘तर टाउको कसले फोड्यो थाहा भएन । उनी प्रहरी कार्यालय पनि पुगेका थिए । पछि उपचार गराउन अस्पताल गए । उपचारको क्रममा उनको मृत्यु भएको जानकारी पाएको छु ।’मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताउँदै मेयर यादवले भने, ‘गाउँलेले प्रहरीमाथि आरोप लगाएपनि यसको पुष्टि भएको छैन । यो रातिको घटना हो ।’उनका अनुसार मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताए ।उनले भने, ‘अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । थप प्रहरी पठाएका छौं । म पनि उतै लागेको छु ।’साभार : नेपाल प्रेस

12 comments
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

14 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

22 दिन पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

23 दिन पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

24 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

22 दिन पहिले

ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्..

जनकपुरधाम असोज ११ गते ।धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बार..

1 महीना पहिले

एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..

जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..

1 महीना पहिले

अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..

बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..

2 महीना पहिले

आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..

जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..

2 महीना पहिले

सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..

जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..

2 महीना पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..