‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट प्रस्थान, मेयर सिंहले पनि पठाए कोसेली !
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,पुष २० गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट आज प्रस्थान गरेको छ ।जानकी मन्दिरका छोटा महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भार (कोसेली) बोकेर अयोध्या हिँडेका हुन् । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति विरगञ्ज पुगेर विश्राम गरियो ।आज बिहान उक्त टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरिएको छ । टोलीमा सहभागी साधुसन्त र सहभागीलाई वीरगञ्जका मेयर राजेशमान सिंह र सुरक्षा अधिकारीहरूले बिदाइ गरे । उनीहरूले पनि राम मन्दिर प्राण प्रतिष्ठाका लागि कोसेली पठाएका हुन् ।रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्यासम्म पुग्ने जानकी मन्दिरका छोटा महन्त दासले बताए । सुनचाँदीका गरगहना, विभिन्न प्रकारका मिठाई, लुगा र फर्निचरका समानसहितका ११ सय बढी भार (कोसेली) शनिवार बिहान राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने उनको भनाई छ ।राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राम मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिकमा तोकिएको छ ।जनकपुरधाम भगवान श्रीरामको ससुराल र माता सीताको माइत रहेकाले यहाँबाट मन्दिरको प्राण प्रतिष्ठाका लागि कोसेली लगिँदै छ । बाजागाजा र झाँकीसहितको भार यात्रामा हजारौँ साधुसन्त र श्रद्धालु सहभागी छन् ।
साभार : नेपाल प्रेस
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
2 दिन पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
2 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
14 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
22 दिन पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
22 दिन पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
24 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
22 दिन पहिले
ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्..
जनकपुरधाम असोज ११ गते ।धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बार..
1 महीना पहिले
एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..
जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..
1 महीना पहिले
अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..
बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..
2 महीना पहिले
आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..
जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..
2 महीना पहिले
सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..
जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..
2 महीना पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..