बरहथवा गोलीकाण्ड: दोषीमाथि कडा कारबाही गर्ने सिडिओको प्रतिबद्धता
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम,पुष २१ गते । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ धमलाले स्थानीयवासीसँग संयमता अपनाउन अपिल गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मानवीय क्षतिको उचित सम्बोधनको प्रतिवद्धता व्यक्त गरेका छन् ।उक्त घटनालाई लिएर थप अप्रिय घटना घटन नदिनेतर्फ जिल्ला सुरक्षा समिति संवेदनशील रहेको व्यहोरा उनको अपिलमा उल्लेख छ । वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भईरहेको उनको भनाई छ ।मृतक साहको शव अहिलेसम्म सडकमै छ । पीडित परिवारले साहलाई शहिद घोषणा, बरहथवाका मेयर र गोली चलाउनेलाई कारबाही, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मृतकको नामबाट नामाकरण र शालिक निर्माण गर्नुपर्नेसहितका माग राखेका छन् ।वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि शुक्रवार ५ दलले आन्दोलन गरेको थियो । आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा व्यवसायी साहलाई लागेपछि तत्कालै मृत्यू भयो ।मृतक साह आन्दोलनमा थिएनन् । आन्दोलन अझ उग्ररुप लिएपछि प्रशासनले आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । आज विहान ८ बजेदेखि प्रशासनले भोली विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।साभार : नेपाल प्रेस

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
16 घन्टा पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
16 घन्टा पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
5 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
1 महीना पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
1 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले